निर्णय नं. १४९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०९/२४ २२८५ निर्णय नं. १४९५ ने.का.प. २०३८ अङ्क ९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रसाद सिंह सम्वत् ०३८ सालको रि.फु.नं. ६९ आदेश भएको मिति : ०३८।९।२४।६ मा निवेदक : का.जि.न.पं. वडा नं. १७ क्षेत्रपाटी धोवीचौर बस्ने सुन्दरमान श्रेष्ठ विरुद्ध विपक्षी : नेपाल औद्योगिक कर्पोरेशनको जनरल मेनेजर, दरवार मार्ग काठमाडौं विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कर्मचारी मरेपछि त्यसको सेवा थामिदिने कुरा स्वतः समाप्त हुने हुँदा अ.बं.६२ (३) नं. अनुसार मुद्दा सकार गराएको नै कानूनबमोजिम भएको भन्न नमिल्ने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अ.श्री मुकुन्द रेग्मी र विद्वान अ.श्री नारायणबल्लभ पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल आदेश न्या. बासुदेव शर्मा : स.अ.डिभिजन बेञ्चका मा.न्या. हरूको राय मतैक्य हुननसकी प्रस्तुतमुद्दा यसबेञ्च समक्ष पेश हुनआएको रहेछ । २. लोकसेवा आयोगको सिफारिसमा ०१४ सालमा निर्वाचन आयोगमा र ०१७ सालमा कानून तथा न्यायमन्त्रालयमा टाईपिष्टको पदमा र २०२० साल चैत्र २ गते देखि नेपाल औद्योगिक विकास कर्पोरेशनको जुनयिर अफिस असिष्टेण्टको स्थायी पदमा नियुक्ति पाई काम गरी आएकोमा यस कर्पोरेशनमा तपाईंको सेवाको आवश्यकता नभएकाले ने.औ.वि.क.नियम, २०२२ को परिच्छेद २ को नियम ३(च) बमोजिम एक महीनाको तलब समेत दिने गरी तपाइँलाई यस संस्थाको सेवाबाट मिति ०३३।८।२ को निर्णय अनुसार खारेज गरिएको छ भनी पत्र मलाई बुझाइयो सो निर्णयउपर सम्बन्धित मन्त्रालयको मन्त्री सचिव र सञ्चालक समितिको अध्यक्ष समक्ष अपील गरेको थिएँ । पुनः बहाली गर्न पाउँ भनी ०३३।९।९ मा माननीय उद्योग बाणिज्य मन्त्रीज्यू समक्ष पुनः निवेदन दिएकोमा खोसुवा भएको मिति देखि हालसम्म तलब दिने गरी निजलाई साविक ठाउँमा थामी दिने भन्ने ०३५।५।२७।३ मा निर्णय भई सो निर्णय अनुसार हाजिर भई काम गर्न पाउँ भनी पटक–पटक ने.औ.वि.क.मा निवेदन दिँदा पनि कुनै कारवाही भएन । ने.औ.वि.क.बाट कुनै कारवाही नभएको हुँदा श्री ५ महाराजाधिराज सरकारका हजुरमा निवेदन चढाउँदा सो निवेदनमा आवश्यक कारवाहीको लागि हु.प्र.भई सम्माननीय प्रधान मन्त्रीज्यूबाट आवश्यक कारवाई गरी दिनु भन्ने सम्बन्धित उद्योग बाणिज्य मन्त्रालयमा पठाउँदा पनि केही कारवाही भएन पुनर्गठन वा पदको आवश्यकता नरहेर मलाई हटाइएको भए सो कुरा उल्लेख गर्न सक्नु पर्ने थियो सो कुरा विपक्षबाट उल्लेख सम्म गर्न सक्नु भएको छैन । वास्तवमा मेरो पद अलिहेसम्म छ पदको आवश्कता नरहेर खारेज भएको होइन, मलाई हटाउँदा न आरोप लगाइएको छ न सफाई दिने मौका दिइएको छ । विपक्षको सो निर्णय नेपालको संविधानको धारा १०(१) तथा ११(३) का कानून विपरीत हुँदा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर । ३. विपक्षीलाई नोकरीबाट हटाएको वा दर्खास्त समेत नगरी ने.औं.वि.कर्पोरेशन नियम, २०२२ को परिच्छेद २ को नियम ३(च) बमोजिम १ महीनाको तलब समेत दिने गरी यस संस्थाको सेवाबाट खारेजसम्म गरिएको हो नोकरीबाट हटाएको वा दर्खास्त गरेको होइन । विपक्षीलाई नियुक्ति गर्ने अधिकार जनरल मेनेजरलाई भएकोले खारेज गर्ने अधिकार पनि सोही अधिकारीलाई भएको, खारेज गर्ने गरी गरेको निर्णयउपर ने.औं.वि.क.नियमहरू २०२२ मा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था नभएकोले यस संस्थ