निर्णय नं. १४९७ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४९७ - जग्गा खिचोला भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०८/११ २४०० निर्णय नं. १४९७ ने.का.प. २०३८ अङ्क ९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०३७ सालको दे.पु.नं. २७५ फैसला भएको मिति : ०३८।८।११ मा पुनरावेदक : का.न.पं.वा.नं. २६ बस्ने विष्णुदेवी गुरुंसेनी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने श्रीमती फुलकुमारी राणा मुद्दा : जग्गा खिचोला (१) जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउन लागे भन्ने कुरा वादीलाई थाहा भएपछि सो मितिले तत्कालिन जग्गा मिच्नेको १८ नं. का म्याद २ वर्ष नाघी प्रस्तुत मुद्दाको फिराद दायरभएको देखिन आएको छ । यस स्थितिमा म्यादभित्र फिराद परेको भनी इन्साफ गर्नुपर्नेमा शुरूले खारेज गरेकोलाई सदर गरेको बा.अं.अ.को फैसला बदर हुन्छ कानूनबमोजिम इन्साफ गर्न शुरूमा पठाउने गरेको म.क्षे.अ.को फैसला मिलेको नदेखिने । (प्रकरण नं. ११) फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।११।२३ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ । २. पूर्व मेरै घर पश्चिम आफ्नै जग्गा उत्तर आफ्नै जग्गा र बाटो दक्षिण सडक यति ४ किल्ला भित्रको दश आना जग्गामा हाल घर बनाउँदा कायम हुने पूर्व आफ्नै घर पश्चिम उत्तर आफ्नै जग्गा दक्षिण मूल सडक यति ४ किल्ला भित्रको का.न.पं.२६ वडाको ज्ञानेश्वरको जग्गा मध्येमा घर बनाउन पाउँ भनी दरखास्त गरेको रहिछन सो कुरा ०२८ साल मार्ग ७ गते सरजमीन हुन आउँदा थाहा पाई मेरो मूल ढोका र बाटो बिगार्न नपाओस भनी तमसुकमा लम्बा चौडा नाप खुलाई लेखी दिएको भएपछि त्यसदेखि बढी जग्गा निजको नभएकोमा मेरो मूल ढोकाको दक्षिणतर्फको लठ्ठाको दक्षिणतर्फ छेड्नुबाट २ फिट उत्तर घुमाई दक्षिण पर्खालसम्मको जग्गा दिएकोमा निजको घरबाट सोझै मेरो ढोकाको लठ्ठा समेत बनाउन नक्सा दरखास्त दिएकोले बनाउन दिन मञ्जूर छैन सरजमिनमा उजूर दिएपछि मिचिने भए का.जि.अ.मा नालेस गर्न जानु भनी नक्सा मुद्दा फाँटबाट पर्चा भएकोले नालेस गर्न आएको छु मेरो एकलौटी बाटो र जग्गासमेत उत्तर दक्षिण २१ फिट पूर्व पश्चिम १०० फिट र पश्चिममा जग्गाको घुमाउरो जग्गासमेत खिचोला गरी नक्सा दरखास्त गरेमा सजाय गरी राजीनामा बमोजिमको जग्गासम्म निजको कायम गरी खिचोला मेटाई पाउँ भन्ने समेत २०३०।७।३० को फुलकुमारी राणाको फिराद । ३. मैले ४ किल्ला हाली घर बनाउन पाउँ भनी नक्सा दरखास्त ०३८।५।२८ मा दिँदा १५ दिने म्याद टाँस भई वादीले ०३०।६।२२ मा साँधसीमाना नछुट्याएसम्म मोटर ग्यारेज घर बनाउन नपाउने आदेश पाउँ भन्ने उजूरी दिएको र ०२८।६।३१ मा श्री ५ का जुनाफमा म्याद थामी तारेखमा रही कारवाही गर्न पाउँ भनी बिन्तिपत्र चढाउनु भएको मैले नक्सा दरखास्त गरेको कुरा म्याद टाँसिदा थाहा भई ०२८।६।२२ मा उजूरी र ०२८।६।३१ मा निवेदन दिएको हुँदा जग्गा खिचोला सीमाना चापेको कुरामा जग्गा मिच्नेका १८ नं. को म्याद २ वर्षभित्र फिराद गर्न नसकेको सो म्याद नघाई जग्गा तेरो मेरो सम्बन्धी मुद्दा दायर गरेको हुँदा फिराद खारेज गरिपाउँ भन्ने समेत विष्णुदेवी गुरूंसेनीको प्रतिउत्तर । ४. जग्गा मिच्नेको १८ नं. को म्याद २ वर्ष नाघी परेको फिराद देखिएकोले अ.बं.१८० नं. ले खारेज हुन्छ भन्ने समेत का.जि.अ.को फैसला । सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी फुलकुमारीको बा.अं.अ.मा परेको पुनरावे