निर्णय नं. १४९८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९८ - हक सफा भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०९/०६ २२८८ निर्णय नं. १४९८ ने.का.प. २०३८ अङ्क ९ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०३८ सालको दे.पु.नं. ३१७ फैसला भएको मिति : २०३८।९।६।२ मा पुनरावेदक : का.जि. का.न.पं. वडा नं. ७ चावहिल बस्ने भवानीप्रसाद उपाध्याय विरुद्ध विपक्षी : फडिन्द्रनाथ मरी मु.स.गर्ने जि.नुवाकोट कालिका आ.गा.पं. वडा नं. ५ बस्ने बुद्धिमाया उपाध्याय मुद्दा : हक सफा (१) कुरीयाले हकसफामा दावी गर्न पाउने व्यवस्था भएको मोही कुरीया यो वादी हो भन्ने कुरा देखिन नआएकोले साहु आसामीको १० नं. ले हकसफामा दावी गर्न पाउने वादीलाई हकअधिकार प्राप्त भएको नदेखिँदा निजको दावी नै लाग्न नसक्नेमा वादी दावी बमोजिम हकसफा गर्न पाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालत समेतबाट गरेको निर्णय कानून विपरीत हुँदा सो फैसला बदर हुने र वादी दावी खारेज हुने समेत ठहर्छ । (प्रकरण नं. ६) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वैजनाथ उपाध्याय विपक्षी तर्फबाट :  उल्लिखित मुद्दा :  फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३७।९।२।३ मा भएको फैसलाउपर पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार रहेछ : हकसफा मुद्दाको निर्णय पाउँ भनी ०१४।२।१८ मा नुवाकोट मालमा धरौट रहेको रू.२००१ हामी मोही भएको विपक्षीले गर्नुभएको कबुलीयत गराई पाउँ भन्ने मुद्दाबाट नक्कल पाई थाहा भएपछि हकसफा गर्ने हकदारको म्याद नाघेको ३५ दिनभित्रै बिक्री भएको उक्त थैली धरौट रहेको १०० भन्ने खेत स.तारानाथको विर्ताको हो सो जग्गा सालको धानमुरी २५ बुझाउने गरी मेरो लोग्नेलाई मोहियानी कमाउन दिएको थियो । ००८–०९ सालको रसीद चोरी भएको अर्को रसीद गराई पाउँ भन्ने मुद्दामा रसीद बुझाउनु पर्ने ठहरी नु.जि.अ.बाट ०१६।१२।४ अन्तिम फैसला भएको त्यसै जग्गाको ०१० सालको बाली लुटपिट गरेको ठहरी भू.सु.विशेष अदालतबाट ०२२।४।३१ मा अन्तिम फैसला भएको छ । विर्तावार स.तारानाथले उक्त जग्गाको ८।९।१० सालको बाली भरी पाउँ भनी मेरा लोग्नेका नाउँमा दायर गर्नुभएको मु.स.गर्ने यक्षकुमारीले तारेख छाडी ०२०।८।२७।५ का फैसलाबाट उक्त जग्गाको मोही फडेन्द्रनाथ रहेभएको छँदा–छँदै उक्त जग्गाको बाली विपक्ष समेतका १० जनाले बाली लुटपिट मोहियानीमा खिचोला परी जंगवीरसमेतका व्यक्तिले हामी मोही हौं भनी प्रतिवाद गरी मुद्दा चलिरहेको अवस्थामा उक्त ४ किल्लाको जग्गा रू.२००१ मा ०१३।७।२० मा विपक्षी भवानीप्रसादले राजीनामा गरी लिएको विपक्षीले पनि मोही मेरो पतिलाई कबुलीयत गराई पाउँ भन्ने मुद्दामा धानमुरी २५ बुझाउनु पर्ने ठहरी विपक्षले पुनरावेदन गर्नुभएको छ उक्त जग्गाको मोही नाताले निखनाई पाउँ भनी मेरा पतिले धरौट राखिसकेपछि स्वर्गे भई मैले सकार गरेकी छु । उक्त रू.२००१ विपक्षीलाई बुझ्न लगाई जग्गाधनी कायम गराई पाउँ भन्ने समेत व्यहोराको वादी वा.शेषराज उपाध्यायको बा.अं.अ.मा भएको बयान । २. मैले यक्षकुमारीसँग पास गरी लिएको जग्गा फडिन्द्रनाथ हो, निखन्न पाउँ भनी नुवाकोट मालमा थैली धरौट राखी १०० भन्ने विर्ता जग्गा निजलाई निखन्न दिन इन्कार गरी नुवाकोट मालमा बयान समेत गरिसकेको छु । मैले खरीद गरेका अवस्थामा अन्य व्यक्तिहरूले जोती आएको, मैले लिएको अवस्थामा निजहरू मोही कायम भएकोले वादीले मोही हुन् भनी जिकिर लिएकोमा भूमिसम्बन्धी ऐन, २०२१ अनुसार जोत