निर्णय नं. १४९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १४९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०८/१८ २५८३ निर्णय नं. १४९९ ने.का.प. २०३८ अङ्क ९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३७ सालको रिट नम्बर १४४० आदेश भएको मिति : २०३८।८।१८ मा निवेदक : का.न.पं वार्ड नं. ९ बत्तिसपुतली गौशाला बस्ने त्रिभुवन विमान स्थल भन्सार कार्यालयको ना.सु.पदबाट गैरकानूनी बर्खासीमा परेको जयप्रसाद सिटौला विरुद्ध विपक्षी : श्री सचिव, अर्थमन्त्रालय श्री ५ को सरकार काठमाडौं बबरमहल विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) के कस्तो अभियोगमा नोकरीबाट बर्खास्त गरेको हो सो आरोप र आधारहरू समेत उल्लेख भएको पाइँदैन । आरोप उल्लेख नभएको अवस्थमा त्यस्तो आरोपबाट निवेदकले कसरी सफाई लिन सक्छ ? यो विचारणीय प्रश्न छ । यस्तो अवस्थामा सफाई लिने अवस्था समेत पर्न आउँदैन । अतः निवेदकलाई आरोपको जानकारी हुन अनिवार्य छ । (प्रकरण नं. १०) (२) निजामती सेवा नियमावली, ०२१ को नियम १०,६, १०, १२ (ख) र निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) को त्रुटि देखिँदा निवेदकलाई नोकरीबाट बरखास्त गर्ने गरेको अर्थमन्त्रालय भन्सार विभागको पर्चा निर्णय र त्यससम्बन्धी सोही मितिको पत्र र श्री ५ को सरकारबाट भएको पुनरावेदन निर्णय समेतको सम्पूर्ण कारवाही उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिने ठहर्छ । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी गैरकानूनी बर्खासी गर्ने गरेको महानिर्देशकको मिति ०३६।१०।२ को निर्णय र सो निर्णयलाई कायम राख्ने गरेको मिति २०३७।२।१७ को पुनरावेदन निर्णय तथा सो सम्बन्धी सम्पूर्ण काम कारवाही समेत बदर गरी साविक बमोजिम आफ्नो पदमा रही सेवा गर्ने अधिकार समेतको प्रचलन गरिपाउँ साथै यसको टुंगो नलागेसम्म उक्त पदको पूर्ति नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावाली, २०२१ को नियम ५८(३) अनुसार अन्तरिम आदेशसमेत जारी गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३७।३।१८ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिरहरू यस प्रकारका रहेछन् : २. तथ्यः निवेदक २०२३ साल देखि श्री ५ को सरकारको निजामती सेवामा प्रवेश गरी निवेदकको लगनशिलता र कार्यदक्षताको आधारमा खरीदार पदबाट ना.सु.पदमा बढुवा पाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा काम गर्दै आइरहेको थिए नोकरीमा प्रवेश गरे देखि कुनै सिकायत परी विभागीय कार्यवाही भएको थिएन । निवेदकले वफादारी साथ आफ्नो पद अनुसारको जिम्मेवारी बहन गरी कर्तव्य पालन गर्दै आएकोमा तपाईंलाई मिति २०३६।१०।२ का निर्णयानुसार निजामती सेवा ऐन, २०१३ संशोधित सहितको दफा ६(१) ख बमोजिम पर्चा खडा गरी नि.से.नी.२०२१ संशोधित सहितको नियम १०.१, (५) अनुसार भविष्यमा सरकारी नोकरीको लागि अयोग्य नठहरीने गरी नोकरीबाट बर्खास्त गरिएको छ भन्ने व्यहोराको भन्सार विभागको मिति २०३६।१०।२ को पत्र निवेदकलाई बुझाएको रहेछ उक्त नियम १०.१(५) नोकरीबाट बर्खास्त गर्ने भन्ने शब्द प्रयोग भएको नभई नोकरीबाट हटाउने शब्दहरू प्रयोग भएको पाइन्छ उक्त ०३६।१०।२ को सूचना पत्रमा निवेदक उपरको आरोपसम्म पनि नखुलाएको कुन कुरा र कारणको आधारमा त्यस्तो विभागीय सजाय भएको हो थाहापा