निर्णय नं. १५०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०९/०९ २३९६ निर्णय नं. १५०१ ने.का.प. २०३८ अङ्क ९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शेर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको रिट नम्बर १००२ आदेश भएको मिति : २०३८।९।९ मा निवेदक : जनक शिक्षा सामाग्री केन्द्र सानो ठिमीका कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धको पदमा कार्यरत गुणराज उपाध्याय विरुद्ध विपक्षी : श्री बढुवा समिति लोकसेवा आयोग कमल पोखरी काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कानूनी व्यवस्था बमोजिम निवेदकले संस्थान समन्वय परिषद्को निर्देशक भई काम गरेबापत अंक पाउनुपर्नेमा त्यस्तो विचार नगरी बढुवाको निमित्त सिफारिस गर्ने विपक्षी बढुवा समितिको निर्णय र सोउपर उजूर परी छानबीन भई लोकसेवा आयोगबाट भएको निर्णयसमेत त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. १७) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय, विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ उल्लिखित मुद्दा :  आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षीहरूको निर्णय बदर गरिपाउँ भनी मिति २०३७।५।२४।३ मा रिट निवेदन दर्ता हुन आएको रहेछ । २. रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : निवेदकले नेपाल औद्योगिक विकास निगममा मेकानिकल ईन्जिनियर (सेक्सन अफिसर प्राविधिक) को हैसियतले नोकरी शुरू गरेकोमा श्री ५ को सरकारले आफ्नो आवश्यकता हेरी मेरो स्वीकृति नलिई ०२२।२।८ मा टेक्नीकल ट्रेनिङ वर्कस्मा अधिकृत तृतीय तहको विकास पदमा नियुक्ति गरी काममा लगाएको र सो योजनाको बोर्ड अध्यक्ष श्री ५ को सरकार उद्योग बाणिज्य मन्त्रालयको सचिव नै भएको तथा सचिवज्यूले निवेदकलाई सो वर्कशपबाट फ्याक्ट्रि ईन्सपेक्टर पदमा मेरो कुनै स्वीकृति नै नलिई नियुक्ति गरी पठाउनु भएको र सो फ्याक्ट्रि ईन्सपेक्टर पदमा ०२३।३।१२ मा लोकसेवा आयोगको सिफारिसमा साधारण तर्फको पदमा स्थाई नियुक्ति भएको र ०२९।६।११ मा शाखा प्रमुख रा.प.द्वि.श्रेणीमा बढुवा भई ०२९।९।२ देखि ०३२।३ सम्म इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत त्रिपुरेश्वर क्याम्पसको क्याम्पस प्रमुख विभागीय प्रमुख भई उद्योग बाणिज्य मन्त्रालयले काजमा पठाए अनुसार काम गरेको र ०३२।३।५ देखि ०३५।३।२१ सम्म श्री ५ को सरकार संस्थान समन्वय परिषद्को निर्देशक भई काम गरेको तथा ०३५।२।२३ देखि हालसम्म जनक शिक्षा सामग्री केन्द्रको कार्यकारिणी अध्यक्ष तथा महाप्रबन्धक भई अविच्छिन्न रूपमा कार्यरत छु । ३. लोकसेवा आयोग पदोन्नती शाखाले २०३६ साल भाद्र २० गतेको गोरखापत्रमा सूचना नं. ४०।०३६।३७ को बढुवा सम्बन्धी सूचना प्रकाशित गरेको सो सूचनामा इन्जिनियरिङ सेवा मेकानिकल समूहको रा.प.प्रथम श्रेणीको पदमा १ को पनि उल्लेख भएको र निवेदकको नोकरी अवधि पुगेकोले निवेदकले पनि सम्भाव्य उम्मेद्वारको रूपमा दरखास्त फाराम भरी तोकिएको म्याद भित्रै दाखिल गरेको थिएँ । त्यसपछि श्री ५ को सरकार जलस्रोत मन्त्रालयले मिति ०३७।२।२४ गतेको गोरखापत्रमा नि.से.नी.परिच्छेद ३ को नियम ५ (८) र (९) को प्रयोजनको लागि बढुवा समितिले बढुवाको लागि सिफारिस गरेको उम्मेद्वारहरूको प्रथम नामावली प्रकाशि