निर्णय नं. १५०२ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५०२ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: पौस अंक: ९ फैसला मिति :२०३८/०९/०३ २६६५ निर्णय नं. १५०२ ने.का.प. २०३८ अङ्क ९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको रिट नं. १२२० आदेश भएको मिति : २०३८।९।३ मा निवेदक : जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको भोला थापा विरुद्ध विपक्षी : श्री ललितपुर जिल्ला अदालत मंगलबजार विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ (१) रेखा तथा लेखा विशेषज्ञको राय प्रतिवेदन अनुसार निवेदक भोला थापा भन्ने व्यक्ति र गल्ला मुद्दाको अभियुक्त भोला थापा भन्ने व्यक्ति भिन्ना भिन्नै हुन् भन्ने देखिन्छ । यस्तो स्थितिमा निवेदक भोला थापालाई विवादको गल्ला मुद्दाको अभियुक्त भोला थापा हो भनी थुनामा राख्न मिल्ने देखिँदैन । तसर्थ बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी निज निवेदक भोला थापालाई गल्ला मुद्दाको लगतबमोजिम थुनामा राखेको नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अ.श्री प्रभुनारायाण चौधरी र विद्वान वै.अ.श्री गोपिकृष्ण रिजाल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा आदेश न्या. बासुदेव शर्मा : विपक्षी ललितपुर जिल्ला अदालतले मिति ०३७।३।२७।५ देखि गैरकानूनी ढंगबाट जिल्ला कार्यालय कारगार शाखा बागमती अञ्चल काठमाडौंमा थुनामा राखेको हुँदा संविधानको धारा ७१।१६ अन्तर्गत निवेदन चढाउन आएको छु । बन्दीप्रत्यक्षीकरणको आदेश वा जो चाहिने आज्ञा, आदेश जारी गरी गैरकानूनी कैदबाट अविलम्ब मुक्त गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३७।८।८।२ मा प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ । २. रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको छ : मिति ०३७।३।२७ को दिन बिहान १० बजे निवेदक आफ्नो घरबाट आफूले सेवा गरेको पशु चिकित्सालयको कार्यालय तर्फ जाँदैरहेको बेला तपाईंलाई बोलाएको छ भनेर विपक्षी ललितपुर जिल्ला अदालतमा लगेर २०२४।९।१०।२ को फैसलाले भोला थापालाई कैद वर्ष ७ लागेकोले थुनामा राख्नु भनी जिल्ला कार्यालय कारगार शाखा काठमाडौंलाई लेखी त्यसको बोधार्थ निवेदकलाई दिएको र थुनामा राख्न पुर्‍याउनासाथ विपक्षीले पुनः सोही किसिमको कारागार शाखालाई लेखेको पत्रको बोधार्थ मलाई दिएको थियो, त्यसको प्रतिलिपि संलग्न गरेको छु । गल्ला मुद्दामा कैद वर्ष ७। लागेको भनी विपक्षीले थुनामा राखी बोधार्थ दिएको छ तर गल्ला शब्दको अर्थ के हो ? कस्तो अभियोगलाई गल्ला भनिन्छ ? ऐन कानून नियममा समेत सो शब्दको परिभाषा छैन त्यस्तो शब्दको कसूर भनी कैद वर्ष ७ लागेको भनी थुनामा राख्नु गैरकानूनी छर्लङ्ग छ । ३. संक्षिप्त जिकिर : मलाई त्यस्तो अभियोग वा सजाय लागेको, कहाँ बस्ने, कस्को, कुन मितिको उजूरी तथा जाहेरीले कस्को इजलासबाट फैसला भएको हो जसबाट कैद वर्ष ७ लाग्यो जबकि विपक्षीले मेरो बयान वा बकपत्र आदि कुनै गराएको समेत छैन र मेरो घरदैलामा समेत कुनै सूचना म्याद तथा इतलायनामा समेत जारी गरी तामेल गराएको समेत नहुँदा म उपर त्यस्तो कुनै सजाय नलागेको प्रष्ट छ । विपक्षीले बदनीयत एवं गैरकानूनी ढंगबाट मलाई थुनामा राखेपछि पूर्ण जिज्ञासाको लागि उक्त मुद्दाको सम्पूर्ण मिसिलको प्रतिलिपि सारी पाउँ भनी दस्तुर बापत रू.२५। राखी विपक्षीसँग निवेदन गर्दा भोला थापा भएको गल्ला मुद्दाको मिसिल खोजतलास गर्दा यस अदालतमा नभएकोले फिर्ता पठाएको छ भनी जिल्ला कार्यालय कारागारा शाखा काठमाड