निर्णय नं. १५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/१०/१७ २३२३ निर्णय नं. १५०३ ने.का.प. २०३८ अङ्क १० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३७ सालको रि.फु.नं. ५० आदेश भएको मिति : २०३८।१०।१७।३ मा निवेदक : का.जि. का.न.पं. वडा नं. १३ कालिमाटी बस्ने रत्नलाल केडीया विरुद्ध विपक्षी : का.न.पं. वडा नं. १ हाल वडा नं. ११ थापाथली बस्ने छत्रबहादुर पुरी विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) विशेष अदालतको विचाराधीन रहेको मुद्दामा असाधारण अधिकार प्रयोग गर्न मिल्दैन । (प्रकरण नं. ९) आदेश प्र.न्या. नयनबहादुर खत्री : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३६।१२।१८।२ को निर्णय दोहर्‍याई पाउँ भन्ने रत्नलाल केडीयाको न्यायिक समितिमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : थापाथली बस्ने प्रकाश शमशेर ज.ब.रा.को क्याम्पा भित्रको नाप नभएको हाल नं. १२ को रोपनी ५–६–० मध्ये पूर्व, दक्षिण हित शमशेरको जग्गा पश्चिम पर्खाल, उत्तर मूल सडक यति ४ किल्ला भित्रको रोपनी १–४–० निज आसामी आफैंले जोती आएको जग्गा र सो जग्गमा बनेको छाप्रो समेत ३२ साल माघमा रू.७०,००० मा फार्छे राजीनामा गरी दिनु भएको र सो जग्गा मैले लिई भोगचलन गरी आएकोमा सो जग्गा नापी हुँदा का.न.पं.वडा नं. १ कि.नं. ३३ को रोपनी १–९–१–३ भएको रहेछ सो हामीलाई थाहा जनक थिएन । ३. विपक्षी छेत्रबहादुर पुरीले सो जग्गा मैले २०२९।१।१४ मा कबुलीयत गरी त्यस पछि जग्गामा घर बनाउन ज.ध.प्रकाश शमशेरको स्वीकृति दिई घर बनाई आएको हुँदा सो जग्गामा मेरो मोहियानी जनिनु पर्ने भनी निवेदन दिँदा कारवाई भई नापी टोलीबाट ०३३।१।४।६ मा म्याद पठाउँदा म्याद गुजारी बसेको रहेछ । पछि फेरि ३ नं. नापी गोश्वारामा निवेदन दिँदा कारवाई चलाई ले.ज.प्रकाश शम्शेर परलोक भई वहाँको रानी राजकुमारी धर्मराज्य लक्ष्मीदेवीले मेरो श्रीमानले कमाउन दिएको पनि छैन कूत बुझेको पनि हैन पेश गरेको कागज सबै कीर्ते जालसाजी हुन् यो जग्गा श्रीमान ले.ज.प्रकाश शमशेरबाट रू.७०,००० मा जोतपोत सबै रत्नलाल केडीयालाई ०३२ साल माघमै फार्छे राजीनामा गरी दिएको छ भन्ने बयान दिनु भएछ । उक्त जग्गामा घर बनाई बसोबास गरी आएकोमा रत्नलाल केडीयालाई बिक्री गरेको हुँदा धनी निज रत्नलाल कायम गरी मेरो नाउँमा जोताहा कायम गरिपाउँ भनी विपक्षीले भु.प्र.का.मा निवेदन दिएकोमा भुमिप्रशासनबाट कुनै कुराको विचार नगरी जग्गाधनी पनि नबुझी ०३४।११।१३ मा विपक्षी क्षेत्रबहादुरलाई मोही कायम गरी निर्णय पर्चा भए छ । फेरि यसरी ३ नं. नापी गोश्वाराबाट प्रमाण समेत लिई हाजीर हुनु भनी म्याद तोकी पठाएकोमा नल्याए पछि प्रमाण ऐन २४(३)(४) दफाले प्रमाण बुझ्न र गुजारेको म्याद नथामी अर्को निवेदन लिई कारवाई गर्नु भनी कानूनी त्रुटि गरी भू.प्र.मा बुझाई दिनु भएको र भूमिप्रशासनबाट मलाई प्रतिवादी सरह अ.बं.१३९ नं. बमोजिम झिकाई कारवाई गर्नु पर्नेमा नझिकाई कानूनी त्रुटि गरी अ.बं.७८ नं. समेतको त्रुटि गरी संविधानको धारा १६,७१(२) तथा नागरिक अधिकार ऐनको दफा ६ (६) समेतले प्राप्त मेरो हकको प्रचलन गर्न अवरुद्ध गरेकोले नेपालको संविधानको धारा १६,७१ अनुसार उत्प्रेषण वा अन्