निर्णय नं. १५०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५०५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/०९/२८ २३५२ निर्णय नं. १५०५ ने.का.प. २०३८ अङ्क १० फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रिट फुल नम्बर ३९ आदेश भएको मिति : २०३८।९।२८ मा निवेदक : का.जि. का.न.पं. वार्ड नं. १५ विजेश्वरी ससुख्याट बस्ने गोविन्दलाल राजवंशी विरुद्ध विपक्षी : का.जि. का.न.पं. वार्ड नं. १८ नरदेवी न्हुछेगल्ली बस्ने चित्रधर तुलाधरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मुख्य वार्षिक उब्जनी बाली लगाउने समय व्यतित भएपछि प्रतिवादीको हक स्थापित भई मुख्य वार्षिक उब्जनी बाली लगाउने समय व्यतित भएको ४ महीना पछि मात्र रिट निवेदक आएको र त्यस्तो विलम्बको कारण समेत आफ्नु रिट निवेदनमा उल्लेख गर्न नसकेकोले अनुचित विलम्ब गरी आएको प्रष्ट देखिन्छ । तसर्थ अनुचित विलम्बको आधारमा रिट निवेदन खारेज गर्ने गरेको डिभिजन बेञ्चको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. त्रिलोकप्रताप राणा : डिभिजन बेञ्चबाट विलम्बको आधारमा खारेज गर्ने गरेको इन्साफ जाँच गरिपाउँ भन्ने निवेदकको निवेदनमा फुल बेञ्चबाट दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. संक्षिप्त तथ्य यस प्रकार छ : का.जि.स्वयम्भू गा.पं. वडा नं. २ कि.नं. ७३ को जग्गा मोही म भई कमाई आएकोमा का.जि.नरदेवी न्हुछे गल्ली बस्ने जग्गावाला चित्रधर तुलाधरले निष्काशन गर्नुभएकोले उजूरी दिएकोमा निष्काशन गरेको ठहर्दैन भन्ने समेत यस कार्यालयबाट ०३०।४।१०।२ मा फैसला गरे उपर स.अ.मा रिट निवेदन दिएकोमा यस कार्यालयको उक्त फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी गोविन्दलालको फिरादमा ऐनबमोजिम ठहर गर्नु भनी परमादेश समेत ०३२।२।१४ मा जारी भए बमोजिम कारवाई गरी मोहियानीमा मेरो नाउँ दर्ता गरिपाउँ भन्ने समेत मिति ०३२।४।९ को गोविन्दलाल राजवंशीको वादी दावी । ३. वादी दावी झुठ्ठा हो र उक्त वादीको जग्गामा आफैंले जोती कमाई आएको र ११, १२ वर्ष पहिले नापी हुँदा क्षेत्रीय पुस्तिकामा जोतपोत नै मेरो कायम भई गएको छ र त्यसउपर विपक्षी वादीको उजूर भएको विपक्षी वादीको राजीनामा तमसुकबाट जोत हक भएको भए पनि नापी हुँदा आफ्नै नाउँमा दर्ता गर्नु पर्ने वा अरूले नापी गराएमा विरोध जनाउन पर्ने थियो । निष्काशित मोहीसँग झुठ्ठा रसीदको आधारमा गराई लिएको राजीनामा छ भन्दैमा जोत हक पाउने होइन भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ ले पनि १ वर्ष जग्गा कमाउने मानिस मोही ठहर्छ भन्ने व्यवस्था गरेको र साविक मोही नारन महर्जनले बाली नबुझाएको ठहरी ०२९।३।३१ गते भू.प्र.का. काठमाडौंबाट निर्णय भई निज निष्काशन समेत भएको र ०३०।२।५ गते चलन पुर्जी पनि दिएको थियो उक्त निर्णय चलन पुर्जीलाई कहीँबाट बदर गरेको छैन यसबाट समेत मेरो हकभोग चलनलाई अझ बढी कानूनी मान्यता प्राप्त भएको छ । त्यसै मिति ०३०।२।१४ का निर्णय अनुसार उक्त जग्गाको जग्गाधनी प्रमाणपूर्जामा मोही म आफैं भई प्राप्त भएको उपर पनि भूमिसम्बन्धी नियम, ०२१ को नियम ६, ७ र ९ समेत अन्तर्गत पनि उजूर गर्न नसकेको त्यसरी बिना उजूरले मेरो हकभोग दर्ता च