निर्णय नं. १५०६ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५०६ - जालसाजी भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/०८/०४ २६०० निर्णय नं. १५०६ ने.का.प. २०३८ अङ्क १० डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३४ सालको डि.फौ.पु.नं. १९२ फैसला भएको मिति : २०३८।८।४ मा निवेदक : सिरहा जि.थलहा कुटहा गा.पं. वडा नं. ३ बस्ने रामाशिष यादव विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने बासुदेव यादवसमेत मुद्दा : जालसाजी (१) जालसाजी गर्यो भनी दावी लिएको राजीनामा लिखतलाई पारित गरी दिने गरेको निर्णय अञ्चल अदालतबाट बदर भइसकेको देखिँदा पास गरिदिने निर्णय बदर भएकोबाट निष्क्रिय भइसकेको राजीनामा लिखत उपरको जालसाजी गर्यो भन्ने दावी भएको प्रस्तुत मुद्दाबाट यस स्थितिमा सो लिखत जालसाजी हो होइन भन्ने तर्फ विचार गरी रहन नपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफउपर पुनरावेदको अनुमति पाउँ भन्ने वादी रामाशिषको परेको निवेदनमा पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : विपक्षीहरू मध्येको बासुदेव यादवसित मैले निजलाई मूल्य रू.१८,००० दिई निज नाउँ दर्ताको जि.सि.प्र.म.गा.पं.राजापुर वार्ड नं. ५(ख) को हाल सर्भे कि.नं. १९६ को १–६–१७–२ र ऐ.वार्ड नं. को हाल सर्भे कि.नं. १९९ को ०–८–१–२२ मध्ये दक्षिणतर्फबाट ०–५–० जग्गासमेत १–११–१–१७ जग्गा ०२९।११।१।२ मा सुक्रीबिक्री राजीनामा लिखत लेखी दिएको सो लिखत म्यादभित्र मेरो नाउँमा पास गरी नदिएकोले नालेस गरी ०३०।८।१७ गतेको दिन पास हुने ठहरी फैसला भइसकेको र पास गरिपाउँ भनी मेरो नालिस परी सकेपछि विपक्षी बासुदेव यादवले विपक्षी देवनारायणको अनुचित प्रभावमा परी मलाई गरी सकेको जग्गा मध्ये कि.नं. १९६ को १–६–१७½ जग्गा देवनारायणको नाउँमा दोहोरो पारी सुक्रीबिक्री राजीनामाको लिखत मिति ०३०।५।२३ गतेको दिन दिउँसो १२ बजेको समयमा विपक्षी मध्येको कालेश्वर यादवको काका नाता पर्ने हाम्रो गा.पं.को प्रधानपञ्च बौवालालको घरमा बसी गरिदिए छन् र विपक्षी मध्येको दिनेश्वर कर्णले उक्त लिखत लेखेको र दुखी यादव र कालेश्वर यादव उक्त लिखतमा अन्तरसाक्षी बसेका रहेछन् । मेरो साक्षी मध्येको सुकदेव यादव, विष्णुदेव यादव समेतले उक्त दोहोरा पारी २०२९ साल माघ २९ गते रोज ५ भन्ने मिति पारी २०३० साल भाद्र २३ गतेको दिन राजीनामाको लिखत लेखिदिएको कुरा ति साक्षीहरूले प्र.पं.को घरमा देखेको भनी मलाई मिति ०३०।५।२४ गतेको दिनमा भनेको हुनाले म्यादभित्र फिराद गरेको छु । ३. २०२९ साल माघ २९ गते रोज ५ को मिति पारी मलाई बिक्री गरिसकेको कित्ता नं. १९६ को मूल्य रू.१३,००० कायम गरी दिएको राजीनामाको लिखत सक्कलै निज विपक्षीबाट झिकाई उक्त लिखतलाई जालसाजी ठहराई विपक्षीहरू लाई सजाय समेत गरिपाउँ भन्ने वादीको फिरादपत्र रहेछ । ४. उल्लिखित फिरादको शब्दमा मलाई बिक्री गरी सकेको जग्गा देवनारायणको नाउँमा दोहरी पारी राजीनामा गरिदिएको भन्ने देखिएको सो शब्दको अनुकूल लेनदेन व्यवहारको २५ नं. हेरिँदा एकालाई लिखत गरिदिएको अचल दोहरा पारी अरूलाई लेखिदिन हुँदैन, पछिल्लाको थैली कपाली हुन्छ जसको लिखत अघिको छ उसैको सदर हुन्छ भन्ने शब्द देखियो फौजदारी कीर्ते मुद्दामा दर्ता भएकोमा कीर्ते