निर्णय नं. १५०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/१०/११ २७४२ निर्णय नं. १५०७ ने.का.प. २०३८ अङ्क १० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रिट नं. १०८१ आदेश भएको मिति : २०३८।१०।११ निवेदक : ललितपुर नगरपञ्चायत वडा नं. १२ इखालखु बस्ने देवराज सिल्पकार विरुद्ध विपक्षी : ललितपुर नगरपञ्चायतका का.वा.प्रधानपञ्च कृष्णमान मानन्धरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) पक्षहरूका बीच हक बेहक सम्बन्धी प्रश्न उठेमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो नसुनाई गरेको निर्णयमा नगरपञ्चायत ऐन, २०१९ (संशोधन सहित) को दफा ४६ तथा दफा ४९(२) को त्रुटि देखिने । (प्रकरण नं. ११) आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा वा पूर्जि जारी गरी विपक्षीको मिति २०३८।३।९ को निर्णय बदर गरिपाउँ भनी मिति २०३८।४।१२।२ मा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर निम्नप्रकार छन् : २. हामीले २०१७।५।१८ गते पास गरी लिएको घरमा कौसीमा २०३६ सालको दशंैको विदाको दिन पारी मेरो कौसीमा पानी तर्काउने डुँढ र बलेनी जडान गरी कौसीमा आतेजाते हुने गरी खुला चौकोश समेत राखी बनाएकोले सजाय गरी सो बन्द गरिपाउँ भन्ने विपक्षी लक्ष्मीकुमारी समेतको विपक्षी नगर पञ्चायतमा उजूरी रहेछ । ३. बकसपत्र पाएको र बन्धकी लिएको घरले चर्चेको लगापात समेत सुकु लोहकर्मी परलोक भई अपुताली पाउने पिताजी बिष्णुराजको हक भई वहाँ परलोक भई मेरो हक हुन आएको मेरो पूर्खादेखि भोगचलन गरी आएको सनातनीदेखि पानी गिराई आएको डुँढ पुरानो भई पाइप झिकी नयाँ पाइप राखेको चौकोस मर्मत गरेको भन्ने रिट निवेदकको प्रतिवाद रहेछ । ४. प्रतिवादीको घरबाट निकालिएको चारतल्लाबाट डुँढ भनी उल्लेख भएको हुँदा सो तर्काउने डुँढबाट वादीको कौसीमा फोहर मैला हुनजाने भएकोले सो तर्काउने डुँढ झिकी दिने ठहर्छ भन्ने ललितपुर नगरपञ्चायत मुद्दा समितिको पर्चा रहेछ । ५. उक्त पर्चामा वादी लक्ष्मीकुमारी समेतको पुनरावेदन परी पुनरावेदक लक्ष्मीकुमारी र विष्णुकुमारीको कौसीमा निस्कने हुने गरी राखेको कौसीसँगको ढोका बन्द गरी बलेनो समेत झिकी दिने ठहर्छ भनी विपक्षी ललितपुर नगरपञ्चायतको बैठकबाट मिति ०३०।३।९ मा फैसला भएको रहेछ । ६. जिकिर : लक्ष्मीकुमारी, विष्णुकुमारी समेतको मेरो घरको कौसीको पानी गिर्ने बलेनी सनातन देखि रहेको चौकोस झ्याल समेतमा हक नपुग्ने मेरो भाग हकभोगको सम्पत्ति घर जग्गामा पानी गिर्ने डुँढ चौकोस झ्याल आफ्नो जग्गामा रहेको सो जग्गासमेतमा अ.बं.८२ नं. ले मेरो हक पुगेको छँदा–छँदै ललितपुर नगरपञ्चायत बैठकले निर्णय गरेको छ । विपक्षी ललितपुर नगरपञ्चायतको अधिकार भित्रमा फैसला गर्न पाउने नरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) मा हकबेहक छुट्याउने कार्य अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र कारवाई गर्ने पर्चा नगरी निर्णय गरेको सो निर्णय कानूनले निषेध गरेको छ । कानूनबमोजिम हेर्न हुने मुद्दा बाहेक अरू हेर्न हुँदैन भने मुद्दा हेरी छिनेको भए पनि बदर हुन्छ भन्ने अ.बं.३५ नं. मा प्रष्ट छ । त्यसरी अपुताली र बकसपत्र पाएको मेरो घरमा भोग गर्न पाउने कानूनी अधिकारमा गैरकानूनी तरीकाबाट विपक्षीले निर्णय गर्दा रिट निवेदकको संवैधानिक हकमा हनन भएकोले संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा वा पूर्जि जारी गरी विपक्षीले