निर्णय नं. १५०८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५०८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/१०/२२ २३७० निर्णय नं. १५०८ ने.का.प. २०३८ अङ्क १० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको रिट नं. १६९८ आदेश भएको मिति : २०३८।१०।२२।५ मा निवेदक : सि.पा. जि. बलेफि गा.पं. वडा नं. ७ ज्यामिरे कोठे बस्ने कृष्णप्रसाद नेपाल विरुद्ध विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा सि.पा.का शाखा अधिकृत रामप्रसाद अमात्यसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ को प्रक्रिया पुरा नगरी सोही ऐनको दफा २५ बमोजिमको मोही कायम गर्न नमिल्नेमा विपक्षीलाई मोही कायम गर्ने गरी गरेको भूमिसुधार शाखा सि.पा.को निर्णयमा उक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को त्रुटिपूर्ण देखिँदा सो विपक्षी भूमिसुधार शाखा सिन्धुपाल्चोकको निर्णय बदर हुने । (प्रकरण.नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे तथा विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार शाखाको मिति ०३८।२।८ को फैसला बदर गरिपाउँ भन्ने समेत कुराको माग गर्दै मिति ०३८।३।१६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ । २. संक्षिप्त तथ्य : विपक्षी मध्ये खगेन्द्रप्रसाद नेपालको हकभोगको मकै बिजन ।.।.४ मध्ये बिजन माना ।.२ को डुम्रेबारी २०३० साल देखि अधिया बाली बुझाउने गरी मोहियानीमा कमाएको अधियाबाली बुझाएको भर्पाई समेत पाएको छु । उक्त जग्गा खगेन्द्रप्रसाद दिने कृष्णप्रसाद लिने गरी २०३७।२।७ मा का.प.मालमा राजीनामा गरेछन् । मौखिक तबरबाट मोहियानी हक हटाएकोले मोही कायम गरिपाउँ भन्ने विपक्षी तिलराम नेपालको विपक्षी भू.सु.शाखामा निवेदन परेको छ । उजूरी दावीको बिजन माना ।.।.२ को डुम्रेबारी समेत रू.१५०० मा ०३७।२।२७ मा खगेन्द्रप्रसादबाट राजीनामा पास गरी लिएको हुँ उजूरवालाले मोहीमा कमाएको छैन मैले बाली लगाई भोगचलन गरेको छु भन्ने समेत निवेदक प्र.कृष्णप्रसादको बयान र विपक्षी मध्येको खगेन्द्रप्रसादले म्याद गुजारी बसेको रहेछ । ०३१।०३५।०३६ सालको बाली बुझी लिई खगेन्द्रप्रसादले भर्पाई गरी दिएको खगेन्द्रप्रसादले उक्त जग्गा बिक्री गर्ने अवस्था मोही जनाई बिक्री गर्नु पर्नेमा सो गरेको नदेखिएको र म्याद गुजारी स्वीकार गरी बसेको समेत देखिनाले भु.सं.ऐन, ०२१ को दफा २५ तथा ऐ.ऐनको दफा ३४ बमोजिम उक्त बिजन माना ।.।२ को डुम्रेबारीको निवेदक तिलराम मोही कायम हुने हुँदा भु.सं.ऐन, ०२१ को दफा ३२ को खण्ड (ख) अनुसार विपक्षीलाई जनही खगेन्द्रप्रसादलाई रू.५। र कृष्णप्रसादलाई रू.१। जरिवाना हुने ठहर्छ भनी ०३८।२।८ मा विपक्षी भूमिसुधार शाखाबाट निर्णय भएको रहेछ । सो निर्णय बदर गराई माग्न रिट निवेदनमा निम्न जिकिर लिएको देखिन्छ । ३. रिट निवेदन सम्बन्धी जिकिर : विवादको जग्गा मैले राजीनामा लिँदासम्म विपक्षी तिलराम नेपालको मोही कायम रहेको थिएन मोही नलागेको पोत सहितको जग्गा राजीनामा दिएको छ । मलाई राजीनामा दिई सकी विपक्षी खगेन्द्रप्रसाद विपक्षी तिलरामसँग मिली भर्पाई बनाई दिने म्यादमा हाजिर नभई हुलाकद्वारा विपक्षी तिलराम मोही हो भन्ने समेत निवेदन पठाएको भरमा मोही कायम गरिएको छ, ०३० स