निर्णय नं. १५०९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५०९ - उत्प्रेषण भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/१०/१५ २५०८ निर्णय नं. १५०९ ने.का.प. २०३८ अङ्क १० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको रि.नं. १०४५ आदेश भएको मिति : ०३८।१०।१५ मा निवेदक : का.जि. का.न. पं.वार्ड नं. १३ टंकेश्वर ताहाचल बस्ने जोगमानन्द बज्राचार्य विरुद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत बैठक काठमाडौं नगरपञ्चायतसमेत विषय : उत्प्रेषण (१) परस्परमा निर्णय फरक पर्न गई तेरो मेरोको प्रश्न समावेश हुन आएको विवादमा निर्णय गर्ने अधिकार नगरपञ्चायतलाई कुनै ऐनले पनि प्रदान गरेको देखिँदैन । त्यस प्रकारको विवादको प्रश्न समावेश भएमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरू लाई सो कुराको सूचना दिनु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान व.अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या. हेरम्बराज : नेपालको संविधानको धारा ७१ अनुसार पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ । २. संक्षिप्त तथ्य : पूर्व म समेतको साझा चोक पश्चिम म समेतको साझा चोक उत्तर आफ्नै किलास सो देखि उत्तर सोही ठाउँ बस्ने देवहर्ष बज्राचार्य र शंखधर तुलाधरको घर दक्षिण आफ्नै किलास सो देखि दक्षिण ऐ.बस्ने ज्ञानरत्न चुलाधर धर्मविर सिं तुलाधर पूर्णविर सिंह तुलाधरको घर यती ४ किल्ला भित्रको का.जि.का.न.पं.वडा नं. ३० अन्तर्गत का.जि.असन बालकुमारीको कि.नं. १२४८, १२४९ मा बनिराखेको घर जमीन सम्म भत्काई साईड प्लानमा देखाएको ठाउँमा नक्सा बमोजिमको घर बनाउन पाउँ भन्ने मेरो नक्सा दरखास्त । उक्त नक्सा दरखास्त उपर विरोध गरी उजूर गर्नेहरू मध्ये देवहर्ष बज्राचार्य, ज्ञानरत्न तुलाधर, धर्मविर सिंह तुलाधर, पूर्णमान सिंह तुलाधरसँग मिति ०३७।६।१९ मा काठमाडौं नगरपञ्चायत मुद्दा फाँटमा मिलापत्र भएको र विपक्ष संखधर तुलाधरले कि.नं. १२४६ को घरमा आउने जाने बाटो रहेको हिँडी आएको बाटोमा चर्पी राख्न दिन मञ्जूर छैन । साझा चोक मिच्ने गरी घर बनाउन दिन मञ्जूर छैन कि.नं. १२४९ को कित्ताको छिँडीमा हरेक वर्ष बाडेजात्रामा २ दिन पञ्चदान र पूजा गराइने ठाउँ हो भन्ने समेत व्यहोराको उजूरी । यसै साथ संलग्न काठमाडौं नगरपञ्चायत बैठकबाट भएको निर्णयमा यिनै वादी प्रतिवादी मध्येको देवहर्ष बज्राचार्य, ज्ञानरत्न तुलाधर, धर्मविर सिंह तुलाधर, पूर्णमान सिंह तुलाधर समेतको मिति ०३७।६।१९ मा का.न.प.मुद्दा फाँटमा मिलापत्र भइसकेको र छिँडी तलामा हरेक वर्ष वाडाजात्रामा २ दिन मात्र पञ्चदान पुजा गर्न छाडनु पर्ने कुरा जनाई नक्सा पास गरी दिने भनी ०३८।२।२८ मा काठमाडौं नगरपञ्चायत बैठकबाट ठहर फैसला भएको रहेछ । ३. जिकिर : विपक्षी नगरपञ्चायतमा मैले कि.न.१२४८ र १२४९ को फिल्डबुकको नक्कल समेत पेश गरेछु । जसबाट कि.नं. १२३७ मा २ दिने बाडेजात्रामा दान गर्ने ठाउँ कायम भएको ३ नं. नापी गोश्वाराको मिति ०३७।४।३० को निर्णयले भन्ने समेत कैफीयतमा जनिएको छ । मैले नक्सा पासलाई दरखास्त गरेको कि.नं. १२४८ र १२४९ को घर जगै सम्म भत्काई बनाउनलाई हो । फैसला गर्ने निकायले सबूत प्रमाणको छानबिन गरी निष्कर्षमा पुग्नु पर्नेमा त्यसको प्रतिकूल हुन गएको छ । अर्को तर्फ ३ नं. नापी गोश्वारको ०३७।४।३० को निर्णयबाट २ दिन बाडेजात्रामा दान गर्ने ठाउँ