निर्णय नं. १५१० - उत्प्रेषणयुक्त, परमादेश वा जुन उपयुक्त हुन्छ, जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५१० - उत्प्रेषणयुक्त, परमादेश वा जुन उपयुक्त हुन्छ, जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/०९/१० २४०७ निर्णय नं. १५१० ने.का.प. २०३८ अङ्क १० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको रिट नं. १२९३ फैसला भएको मिति : २०३८।९।१० मा निवेदक : जि. दाङ त्रिभुवन नगर नगरपञ्चायत वडा नं. ८ वडहरा बस्ने बलभद्र गिरी विरुद्ध विपक्षी : मालपोत अधिकृत मालपोत कार्यालय दाङ विषय : उत्प्रेषणयुक्त, परमादेश वा जुन उपयुक्त हुन्छ, जो चाहिने आज्ञा वा आदेश जारी गरिपाउँ (१) लिखतको सम्बन्धमा जालसाज मुद्दा चली जिल्ला अदालत र अञ्चल अदालतबाट निर्णय भएको भन्ने निवेदकले मालपोत कार्यालय दाङमा दिएको निवेदनमै लेखिएको छ सो बमोजिम फैसला भए नभएको हेरी फैसला भएकोमा फैसला विपरीत हुने गरी लिखतको औचित्य तर्फ बोल्नु अधिकार क्षेत्रात्मक त्रुटि हुन्छ । खुलाउनु पर्ने कुनै कुरा अ.बं.१३३ नं. बमोजिम जहिलेसुकै पनि खुलाउन सक्ने अधिकार विपक्षलाई भएकोमा सो अधिकार समेत प्रयोग गरी निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी भएको मालपोत कार्यालय दाङको निर्णय त्रुटिपूर्ण देखिएकाले मालपोत कार्यालय दाङको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : विपक्षी कार्यालयको ०३७।६।२ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : २. दाङ उरहरी गा.पं.अन्तर्गत कचिला मौजाको रैकर परिणत भएको जग्गा ऐ.कचिला बस्ने नन्दकिशोर चौधरी समेत जना १० बाट मैले खरीद गरी लिई दा.खा.समेत गराई हक भएको ०२८ सालको सर्भे नापीमा नन्दकिशोर समेत जग्गाधनी देखाई दर्ता हुन बाँकी भई कसैको नाउँमा दर्ता नभएको र निजै नन्दकिशोर समेतले राजीनामा दा.खा. जालसाज भन्ने म समतेको उपर दिएको जालसाज मुद्दामा राजीनामा दा.खा.सदर रही ०३५।१।१२ मा राप्ती अञ्चल अदालतबाट अन्तिम टुंगो लागेकाले जम्मा जग्गा कित्ता २० को हुने ज.वि. १०–६–१ मालपोत ऐन, ०३४ को दफा ८ बमोजिम मेरा नाउँमा दा.खा.श्रेस्ता कायम गरिपाउँ भन्ने समेत ०३६।६।१।२ को दर्खास्त र दावी बमोजिमका कित्ता मध्ये कि.नं. ४३३, ४३४ दुई कित्ता मेरो हकभोगको नभई अरूको बढी कित्ता दावी गरेको हुँदा उपर्युक्त कित्ताहरू छुट्याई निर्णय गर्नु भएमा मेरो मञ्जूर छ भनी ०३६।७।११ मा निवेदकको श्रीमती कलावतीले दिएको दर्खास्तमा निवेदकको दावी अनुसार कित्ता क्षेत्रफल र श्रेस्ता समेत नमिलेको र मिति ०३६।६।१ मा र ०३६।७।११ मा दिएको परस्पर मेल नखाई आफ्नो जग्गा यही हो भनी किटान साथ दावी गर्न नसकेको र ०२५।७।२ मा लेखेको पारित नभएको र ९९ तमसुकहरु बाट हाल मात्र आई दा.खा.गरी दिने कुनै कानूनी व्यवस्था नहुँदा यो निवेदन तामेलीमा राखी दिने भन्ने मालपोत कार्यालय दाङबाट निर्णय भएको रहेछ । ३. मैले निवेदनमा कित्ता नं. क्षेत्रफल प्रष्ट रूपमा उल्लेख गरेको नै छु । यस अवस्थामा किटान साथ दावी नभएको भन्दै पन्छिन खोजेको हो भन्ने कुरा दर्शिरहेको छ । जग्गा पजनीको २ क.नं. ले जतिसुकै अवधि व्यतित भए पनि १०। रुपैयाँ दस्तुर लिई नामसारी दा.खा.हुन सक्ने कानूनी व्यवस्था छँदा–छँदै ०२५।