निर्णय नं. १५११ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५११ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: माघ अंक: १० फैसला मिति :२०३८/०९/१९ २२४० निर्णय नं. १५११ ने.का.प. २०३८ अङ्क १० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रिट नम्बर १०२२ आदेश भएको मिति : ०३८।९।१९ मा निवेदक : जि. चितवन भरतपुर न.पं.वार्ड नं. १० बस्ने ताराप्रसाद वस्ती विरुद्ध विपक्षी : श्री मालपोत अधिकृतज्यू मालपोत कार्यालय, चितवन विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) निर्णय अनुसारको दर्तावाला रिट निवेदकलाई बुझी निजको भनाईलाई समेत विचार गरी पुनः निर्णय गरी निज रिट निवेदकको दर्ता जग्गाको कित्ताकाट गरेको देखिन आएन । त्यसरी दर्तावाला रिट निवेदकलाई बुझ्दै नबुझी निजलाई आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी निज रिट निवेदकको दर्ता जग्गाबाट कित्ताकाट गरेको मालपोत अधिकृत मालपोत कार्यालय चितवनको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानूनी त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं. ९) आदेश न्या. हरगोविन्द सिंह प्रधान : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको छ । २. तथ्य र रिट निवेदन जिकिर यस प्रकार छ : मेरो हकभोग तिरोको साविक कि.नं. १७ मध्येको चितवन तोरीखेत मौजाको कि.नं. ५५ मध्येको ज.वि.६ मध्ये ५ विगाहा जग्गा ०२६ सालको सर्भेमा कल्याणपुर गा.पं.वार्ड नं. ६ क.को कि.नं. १६ र १९ मा नापी भई मेरा नाउँमा जोत कायम भई दर्ता गराउन लाग्दा टंकनाथ समेतको सन्धिसर्पन गौचर मुद्दाको अन्तिम किनारा नभएसम्म दर्ता रोकिन गएकोमा सो मुद्दाको अन्तिम टुंगो लागेको, उल्लिखित मुद्दामा सर्वोच्च अदालतबाट भएको फैसला नक्कल समेत राखी मेरो निवेदन परेकोमा मालपोत कार्यालयको ०३६।१०।१६ को निर्णय अनुसार उल्लिखित जग्गको जग्गाधनी प्रमाणपूर्जा प्राप्त ०३७।१०।२१ मा भएको छ । तत्पश्चात मालपोत कार्यालयको ०३७।३।३१ को च.नं. ४९८७।०३७ विषय दर्ता कायम गरिएको बारेको पत्र ०३६।१०।१६ को निर्णयले कि.नं. १६ कि.नं. १९ को जग्गा दर्ता भएकोमा ०१६ सालको नक्सामा १७ नं. गौचर देखिएको जग्गा ०२६ सालको नापी नक्सामा छुटाउने कारवाही हुँदा सो १७ नं. गौचर साविक कि.नं. ५४ समेत जग्गा तपाईंको नाउँमा दर्ता भएको उपरोक्त कि.नं. १६ र १९ को जग्गा ०३६।१०।१६ को निर्णय अनुसार तपाईंको नाउँमा दर्ता भएको जग्गामा ०३७।३।२६ को निर्णय अनुसार उक्त कित्तानम्बरबाट कित्ताकाट गरी कि.नं. १८५।१८७ कायम गरी तपाईंको नाउँमा दर्ता कायम भएको हुँदा आफूले पाएको जग्गाधनी प्रमाणपूर्जामा संशोधन गराई लिने भन्ने उल्लेख गरिएको रहेछ । ३. विपक्षीबाट दिइएको पत्रमा मैले ०३६।१०।१६ को निर्णयानुसार प्राप्त गरेको जग्गाधनी प्रमाणपूर्जा बमोजमको जग्गालाई कुन कानून अन्तर्गत पुनः निर्णय गरेको हो सो छैन एकपटक निर्णय भइसकेकोलाई अदलबदल गर्न सक्ने अधिकार कानूनले नदिएको हुँदा ने.का.प.०१८ फु.बे. नि.नं. १५८ मा प्रतिपादित सिद्धान्त अनुसार बदरभागी छ । एकपटक टुंगो लागी सकेको विषयमा पुनः निर्णय गर्नु न्यायिक परिपाटीको समेत प्रतिकूल हो मालपोत ऐन, २०३४ को दफा ७ को उपदफा (३) ले समेत यस्तो निर्णय गर्ने अधिकार दिएको छैन एकपटकको निर्णय अनुसार दर्ता कायम भइसकेको व्यक्तिलाई उसको नक्सा दर्ताको जग्गामा अदलबदल गरी निर्णय गर्ने अधिकार विपक्षीलाई छैन यदि छ भनी मान्ने हो भने पनि सम्बन्धित व्यक्तिलाई बुझी निर्णय गर्नु पर्ने प्राकृतिक न्याय सम्बन्धी सर्वम