निर्णय नं. ८८८५ - निर्णय बदरसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८८५ - निर्णय बदरसमेत भाग: ५४ साल: २०६९ महिना: पौस अंक: ९ फैसला मिति :२०६९/०३/२१ ४५६८ ने.का.प. २०६९, अङ्क ९ निर्णय नं. ८८८५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री तर्कराज भट्ट माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की दे.पु.नं.०६७–DF–०००५ फैसला मितिः २०६९।३।२१।५ मुद्दाः निर्णय बदर समेत । पुनरावेदक प्रतिवादीः सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ३ बस्ने धनमन्तीदेवी चौधरी समेत विरुद्ध प्रत्यर्थी वादीः सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ६ बस्ने पवनकुमार शारदा शुरु फैसला गर्ने : मा.जि.न्या.श्री नरेन्द्रकुमार शिवाकोटी पुनरावेदन फैसला गर्ने : मा.न्या.श्री दामोदरपुरुष ढकाल मा.न्या.श्री गौरीबहादुर कार्की सर्वोच्च अदालत रायवाझी : मा.न्या.श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री दामोदरप्रसाद शर्मा § आफ्नो हक नै नपुग्ने सम्पत्ति आफ्नो हो भनी दर्ता गराउँदैमा स्वतः हक प्राप्त हुने हुँदैन । आफ्नो हक टुटिसकेको वा हकै नभएको सम्पत्तिलाई अवाञ्छित वा गैरकानूनी तवरबाट दर्ता गराउनु दूषित दर्ता हुने । (प्रकरण न..६) § दूषित दर्ता मुद्दाको रोहमा देखिने कुरा हो । यो यो क्रिया दूषित दर्ता हुन्छ, त्यस्तो दूषित दर्ता बदर गराउन यो यस्तो कार्यविधि अवलम्बन गर्नुपर्दछ भन्ने छुट्टै व्यवस्था कानूनमा निर्धारण भएको नदेखिने । § दूषित दर्ताको सिद्धान्त, न्यायसम्पादनको सिलसिलामा कसैले अवाञ्छित, अनैतिक वा गैरकानूनी तवरबाट जालसाज वा फट्याइँ गरी आफ्नो हक टुटेको वा आफ्नो हकै नपुग्ने अर्काको हकको जग्गा वा सार्वजनिक जग्गालाई दर्ता गराई बसेको देखिएमा त्यस्तो अवाञ्छित दुष्प्रयासलाई शून्यमा परिणत गरी हक पुग्ने व्यक्तिहरूको हक तथा सार्वजनिक सम्पत्तिको रक्षा गरी कानूनको शासनलाई सम्मान गर्ने उद्देश्यले अदालत आफैंले विकास गरेको एक समन्यायिक सिद्धान्त भएकाले यस्ता अवाञ्छित कार्यहरूलाई सहन वा प्रोत्साहन गर्ने कुरा नहुने । § दूषित दर्ता भनी वादीले नै दावी लिनुपर्दछ भन्न मिल्दैन । अपितु न्यायिक निरोपणको क्रममा दर्ता दूषित रहेको देखिनु नै त्यस्तो दर्ता बदर वा निष्क्रिय गर्नका लागि पर्याप्त आधार बन्ने । (प्रकरण न..७) § एकपटक बिक्री गरिदिएको जग्गा फेरि आफ्नै नाममा दर्ता गराएको क्रियालाई दूषित दर्ता होइन भन्न नमिल्ने । (प्रकरण न..८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय रामजीप्रसाद मैनाली र हरिहर दाहाल तथा अधिवक्ता जयनारायण हुजेदार प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्यामप्रसाद खरेल र सुशीलकुमार पन्त तथा अधिवक्ताद्वय सीताराम अग्रवाल र रमनकुमार श्रेष्ठ अवलम्बित नजीरः § नेकाप २०६६, कात्तिक, पृ. ११२९ सम्बद्ध कानूनः फैसला न्या.वैद्यनाथ उपाध्यायः यस अदालतको संयुक्त इजलासमा माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको सँक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ :– विपक्षीहरूका पिता तथा पति नन्दीलाल चौधरीले मेरो पितालाई सा.कि.नं. १४८८ को ज.वि. २–१२–४ मध्ये ०–२–१७–१३ (दुईकठ्ठा सत्र धुर साढे तेह्र कन्वा) जग्गा समेत मिति २०३०।३।१ मा सुक्रीविक्री राजीनामा लेखी विक्री गरेकोमा ऐनको म्यादभित्र लिखत पास नगरी दिएकोले पछि मिति २०३०।१२।१२ को सिरहा जिल्ला अदालतको फैसलाबमोजिम तत्कालीन भूमि प्रशासन कार्यालय सिरहाबाट मिति २०३१।६।२६ मा रजिष्ट्र