निर्णय नं. १५१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५१३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/११/०१ २४०६ निर्णय नं. १५१३ ने.का.प. २०३८ अङ्क ११ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रि.फु.नं. ४५ आदेश भएको मिति : २०३८।११।१ मा निवेदक : का.न.पं. वडा नं. ३२ डिल्लीबजार बस्ने कृष्णबहादुर थापा क्षेत्री विरुद्ध विपक्षी : जि.भू.सु. कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भू.सु.अधिकारीले तत्कालिन भूमिसम्बन्धी ऐन, २०१४ को दफा १२ को उपदफा (६) को त्रुटिपूर्ण व्याख्या गर्दै ऐ.ऐनको दफा १३ को समेत गलत प्रयोग गरी “हालसम्म कायम भइरहेको” भन्ने वाक्यांश प्रयोग गर्दै जीवरत्न शाक्यलाई विवादको जग्गाको मोही कायम गर्ने गरेको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवलाी र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल र विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी आदेश न्या. बासुदेव शर्मा : प्रस्तुत रिट निवेदनपत्र डिभिजन बेञ्चको ०३६।८।४।३ को निर्णयउपर चित्त नबुझी निवेदकको श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग मार्फत बिन्तिपत्र परी व्यहोरा साँचो भए दोहोराई दिनु भन्ने बकस भै आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : मैले भोग गरी आएको पिताम्बर शमशेर ज.ब.रा.को जग्गा उत्तर मेरै घर जग्गा दक्षिण सिंहदरवारको पर्खाल पूर्व कृष्णप्रसादको जग्गा पश्चिम चटकप्रसाद उपाध्यायको यती चारकिल्ला भित्रको २०२० साल देखि जोती कमाई आएको हाल २ नं. नापी टोलीबाट नापी हुँदा कि.नं. १५० को जग्गा कायम भई नापी भएको उक्त जग्गाको साविक मोही मोतीरत्न शाक्य भिक्षुक भई निजले ०१६ साल देखि कूत बाँकी नबुझाएकोले ०३०।८।१० मा पिताम्बर शमशेरको जग्गा मलाई ०१६ सालदेखि ०२४ साल सम्मको बाली मिन्हा गरी ०२५ साल देखिको बाली मसँग सालबसाल बुझी उक्त जग्गाको बहाली पूर्जि ज.ध.का तर्फबाट कारोबार गर्ने महाराजगञ्ज गोश्वारा तहविलले मलाई दिएको अनुसार आजसम्म अटुट कमाई आएकोमा नापीमा मोही मोती शाक्य भिक्षु देखिन आई हकदार जीवरत्न शाक्य देखिन आएको छ । निजको हकबाट नामसारी गरेको प्रमाण पेश गरेको छैन त्यसकारण कि.नं. १५० मा मेरो बहाल पूर्जि बमोजिम मेरो नाउँमा जोत मोहियानी कायम गरिपाउँ भन्ने समेत कृष्णबहादुर थापाको निवेदन । ३. नापी हुँदा विवादको कित्तामा ३ नं. नापी गोश्वाराबाट जीवरत्न शाक्यको नाउँमा मोही महलमा जनिएको कराणबाट निज जीवरत्न शाक्य बुझ्नु पर्ने भई निजको नाउँमा म्याद पठाउँदा वादी कृष्णबहादुर थापाले दावी गरेको नापी हुँदा ठहर भएको का.न.पं.वडा नं. २९ कि.नं. १५० को रोपनी १–११–२–३ भएको र सो जग्गा र सो जग्गामा बनेको घर मेरो जेठाबाबु मोतीरत्न शाक्य भिक्षुले २००१ सालमा राजीनामा गराई ००४ सालमा अदालतको फैसला बमोजिम पेश भई हक भएको र निज जेठाबाबुको नाउँमा सो गोश्वारा तहविलमा मोहियानी दर्ता भएकोमा जेठाबाबु ०१५ सालमा परलोक भई हक खाने कोही नभएको घरका भतिजा भएकोले मेरो अपुताली हक भएको दावीको घर जग्गा मैले भोगचलन गरी आएको गोश्वारा तहविलले ०३०।८।१० मा मोही पजनी गरी वादीलाई दिएको कुरा कानूनसंगत नभएको र उक्त कि.नं. १५० क