निर्णय नं. १५१४ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५१४ - ज्यान भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/११/१२ २७८८ निर्णय नं. १५१४ ने.का.प. २०३८ अङ्क ११ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको फौ.पु.नं. १० फैसला भएको मिति : २०३८।११।१२ मा निवेदक : जि. रामेछाप लखनपुर गा.पं.वार्ड नं. ४ केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको होमनाथ भन्ने बाबुराम तिवारी विरुद्ध विपक्षी : सन्तलाल तामाङको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) स्वयम निवेदक प्रतिवादीले यो यस कारण परिवन्ध परी रिस थाम्न नसकी साधारण लठ्ठी, ढुंगा, हात, मुक्का हिर्काएको हो भन्ने कुरा देखिन आउँदैन । यस्तो स्थितिमा ज्यान सम्बन्धीको १४ नं. लाग्नु पर्ने भन्ने जिकिरसँग सहमत हुन सकिएन । चश्मदिद् बाबुरामले ढुंगाले मर्ने जोखे तामाङको छातीमा हिर्काएको भनी बकपत्र गरेबाट जोखे तामाङको मृत्यु कर्तव्यबाटै भएको रहेछ भन्ने सिद्ध हुने आयो, अभियुक्त उपर किटानी जाहेरी दरखास्त परेको र अदालतमा बयान गर्दा कसूरमा इन्कार रही बयान गरे पनि वारदात स्थलमा आफू रहे भएको कुरामा सावित भएको र घटना घटेको समय भन्दा अगावै उक्त स्थानबाट आफ्नो घर तर्फ गए भन्ने कुराको प्रमाण बाबुरामले दिन गुजार्न सकेको पाइंदैन । चश्मदिद साक्षीले ढुंगाले छातीमा हिर्काएको भन्ने कुरा लासप्रकृति मुचुल्काले समर्थन गरेकोबाट प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको सिद्ध हुन आएकोले ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको इन्साफ सदर गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अन्तर्गत श्री ५ महाराजाधिराज सरकारबाट दोहर्‍याउने हु.प्र.बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : मेरो भतिजा नाताको जोखे तामाङ गुमसाल गाउँको सिरान घुयाङमा जनैपूर्णिमाको दिन जात्रा हेर्न ०३३।४।२५ गतेको रात ८ बजे गएको थियो । भोलिपल्ट २६ गते बिहान ५ बजेको टाइममा भनाभनको इवीबाट बाबुराम तिवारी १ नन्दवीर मगर १ कालु मगर १ नाउँ नजानेको जेठा मगर १ लिलाबहादुर ढुंगेल क्षेत्री १ धोजबहादुर ढुंगेल १ गर्भे ढुंगेल क्षेत्री १ नन्दलाल अधिकारी १ काले अधिकारी १ समेत जना ९ ले निज भतिजालाई कुटपिट गरी मारे भनी छोराले खबर ल्याएकोले पञ्च सदस्य समेतलाई लाश रुङ्गन जाहेर गर्न आएको छु । अपराधीहरू पत्ता लगाई कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत सन्तलाल तामाङको जाहेरी दरखास्त । ३. जोखे तामाङलाई मुख्य बाबुराम तिवारीले ढुंगाले हिर्काई मारेको देखिन आएकोले निजलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय ३ दफाले सर्वस्वसहित जन्मकैद गरिपाउँ सो को अतिरिक्त गर्भु ढुंगेल समेतका अरू अभियुक्त मतसल्लाहमा यसैको भन्नु परी मर्ने ठाउँमा गई अरू कुरा केही नगरी हेरी रहेको प्रमाणबाट देखिन आएकोले निजहरू लाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७ नं. को देहाय ३ दफा अनुसार ६ महीना देखि ३ वर्ष सम्म कैद गरिपाउँ भन्ने समेत नि.प्रहरी निरीक्षकको राय र मौका तहकिकात सरजमीन मुचुल्का समेतका प्रमाणबाट बाबुराम तिवारीले हिर्काएको ढुंगाबाट जोखे तामाङको मृत्यु भएको देखिन आयो मुख्य ज्यान मार्ने बाबुराम तिवारी