निर्णय नं. १५१५ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५१५ - ज्यान भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/१०/१० २४३७ निर्णय नं. १५१५ ने.का.प. २०३८ अङ्क ११ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्दबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्वत सम्वत् २०३८ सालको फौं.फु.नं. ८ फैसला भएको मिति : ०३८।१०।१० मा निवेदक : जि.रूपन्देही गा.पं.तौलिहवा वार्ड नं. ३ घर भई हाल जि.कारागार शाखाको बन्दी मोहर अली मुसलमानसमेत विरुद्ध विपक्षी : गोवर्धन अहिरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) प्रहरीमा साविती बयान भएको तर अदालतमा इन्कारी भए तापनि मर्ने जोगेन्द्रको मृत्युको कारण सास थुनिनाले (Asphyxia) भएको देखिन्छ । जोडले घाँटी माडेको कारणबाट हुन सक्छ भनी लासजाँचको प्रतिवेदनमा उल्लेख भएबाट प्रतिवादीहरूको प्रहरीमा भएको साविती बयान पोष्टमार्टम रिपोर्टबाट समर्थित हुन आएको छ । निवेदकहरूले प्रहरी समक्ष गरेको उक्त बयान निजहरूको इच्छा विरुद्ध भएको भनी भन्न सकिने कुनै आधार देखिँदैन तसर्थ प्रतिवादी जलिल भन्नेलाई ज्यान सम्बन्धीको १३(४) र मोहर अलि मुसलमानलाई ज्यान सम्बन्धीको १३(३) अन्तर्गत सजाय गर्ने गरेको शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. २१) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला न्या. जेगेन्द्रप्रसाद श्रीवास्तव : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३७।४।१२।१ मा भएको निर्णय दोहराई पाउँ भनी निवेदकको न्यायिक समिति मार्फत परेको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहरिई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : विपक्षी मध्ये बर्षाती भन्ने हिदातुल्लाहको भैंसी चोरीमा म माथि आशंका गरी निर्दोष म र मेरा परिवारमा ज्यूधनमा हानी नोक्सानी पुर्‍याउने षडयन्त्र विपक्षी ब्राहिम मुसलमानको घरमा विपक्षीहरू समेतले गोप्य रूपमा मेरो भाइ गंगारामको छोरा नावालक जोगेन्द्र अहिरलाई मारी ज्यानै बेपत्ता गराउने राय पास गरी मौका हेर्दैछन् भन्ने विश्वास लाग्दो खबर पाएको थिएँ । ज्यानै माथी खेल खेल्ने छैनन् होला भन्ने विश्वास थियो । ०३२।५।४ को बिहान अं.१० बजे खानपिन गरी खेल्न भनी भाइको छोरा वर्ष ९ को जोगेन्द्र घरबाट निस्की दक्षिण पश्चिम बाटो गरी गएको १० बजे निजको खोजतलास गर्दा र पोखरी कुवामा समेत जाल हाली हेर्दा समेत फेला पत्ता नलागी निज विपक्षी बर्खासी भन्ने हिदातुल्ला समेतको पन्जामा छ भन्ने विश्वास लागी रात कुटायम हुँदा गाउँले प्रहरी राखी जाहेर गरी सुरक्षाको लागि प्रहरी जवानहरू आएपछि पहरा गर्दै थियो रात अं.३ बजे बर्षाती भन्ने हिदातुल्लाका इँटाको दिवाल कुनामा आवाज आई हेर्न जाँदा निजको स्वास्नी कुल्सुमा दौडी घरतर्फ जान लागेको देखी निजलाई रोकी हेर्दा जोगेन्द्रको नाङ्गो लास फ्याँकी भाग्न लागेकी कूतसुमा मौकामा पक्राउ भएकी र लासको घाँटी बटारिएको मुखबाट रगत निस्केको लासको सुरक्षा लगाई बर्षाती भन्ने हिदातुल्ला कुलुसुमा, जलिल भन्ने जल्ला मुसलमान, मोहर अलि मुसलमान समेत जना ४ पक्राउ भएकोलाई यसै दर्खास्त साथै सुम्पुवा दाखिल गरी जोहेरी दर्खास्त गर्न आएको छु । कानूनबमोजिम मृतक लासको जाँचबुझ जो गर्नुपर्छ गरी कानूनबमोजिम सजाय गरिपाउँ भन्ने समेत गोवर्धन अहिरको ०३२।५।५।५ को जाहेरी दर्खास्त रहेछ । ३. बर्षाती भन्ने हिदातुल्ला मुसलमानको ३ वटा भैंसी चोरेको फेला परेन भैंसी चोराउने गाउँकै गंगाराम अहिर गोवर्