निर्णय नं. १५१६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५१६ - उत्प्रेषण भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/११/२० २४५८ निर्णय नं. १५१६ ने.का.प. २०३८ अङ्क ११ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. १११० फैसला भएको मिति : २०३८।११।१२ मा निवेदिका : दमकडा नि.मा.वि.मदनपोखरा पाल्पाकी शिक्षीका श्रीमती सीतादेवी अधिकारी विरुद्ध विपक्षी : श्री ५ को सरकार शिक्षा मन्त्रालय, केशरमहल काठमाडौंसमेत विषय : उत्प्रेषण (१) रिट निवेदकले नियमावलीमा तोकिए बमोजिमको विषयको परीक्षा नदिई नियमावलीमा उल्लेख नभएको व्यवसायिक विषयको परीक्षा दिनु भएकोले नियमावलीले तोकेबमोजिमको परीक्षा नदिई आफ्नो स्वेच्छाले परीक्षा दिई उक्त परीक्षाको परीक्षाफल पाउँ भनी गरेको जिकिर कानून अनुरूप नदेखिँदा अधिकार प्राप्त निकाय परीक्षा नियन्त्रण कार्यालयले निजको उपरोक्त नियमावली अनुरूप नदिएकोमा परीक्षालाई मान्यता नदिने गरेको कानून अनुरूप देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. हेरम्बराज : नेपालको संविधानको धारा १६,७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ : २. प्रवेशीका परीक्षा अर्थात माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कूल लिभिङ सर्टिफिकेट इक्जामिनेशन) उत्तीर्ण नभएका विद्यालयका शिक्षक शिक्षिकाहरूले २ खण्ड गरी सो परीक्षामा सम्मिलित भई परीक्षा दिन पाउने व्यवस्था अन्तर्गत सम्वत् ०३१ सालको परीक्षामा सम्मिलित हुन चाहेका विषयहरू अंग्रेजी प्रथम र द्वितीयपत्र प्रारम्भिक संस्कृत प्रा.नेपाली र व्यवसायिक गृह विज्ञान प्रथम र द्वितीयपत्र तोकिएको ढा“चाको फाराम भरी सो विषयहरूमा विपक्षीहरू बाट नै प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाई परीक्षा केन्द्र पाल्पाबाट क्रमांक १३१ तोकी मिति ०३१।१०।१३ मा दिइएको प्रवेशपत्रमा परीक्षार्थीले आफूले भरेको विषयहरूमा मात्र जाँच दिनु पर्ने र अन्य विषयमा जाँच दिएमा परीक्षा फल स्वतः रद्द गरिने छ भन्ने समेत उल्लेख गरी अधिकार प्राप्त अधिकारी जि.शि.अ.र उपसचिव १ परीक्षा उपशाखाले (प्रमाणित प्रमाणितको गरेको प्रवेशपत्रको प्रतिलिपि यसै साथ पेश गरेको छु) गरे बमोजिको प्रवेशपत्रमा उल्लेख गरेको विषयहरूमा परीक्षा दिएँ । मिति ०३२।३।१० को गोरखापत्रमा खण्डे एस.एल.सी.परीक्षाको नतिजा प्रकाशित हुँदा त्यसमा प्रा.उ.प्रयोगात्मक परीक्षाको अंक नआएकोले परीक्षाफल रोक्का गरिएको थियो । अतः उक्त प्रयोगात्मक परीक्षाको अंक प.नि.का.मा चाँडो पठाउन बार बार निवेदन गर्दा केही दिनमा तपाईं एस.एल.सी.परीक्षाको प्रथमखण्डमा पास भइसक्नु भएको छ, लब्धांक आएको छैन । दोस्रोखण्डको लागि तयार गर्नुस् भनी सल्लाह समेत दिएकोले उक्त परीक्षा दिन फाराम भर्ने समयमा परीक्षा दिन पर्ने अनिवार्य विषयहरू गणित, साधारण विज्ञान, जीवन विज्ञान (इच्क्षाधिन) हाइजिन र फिजियोलोजी (थप इच्क्षाधिन) र पञ्चायत समेत भरी विपक्षी जि.शि.अ.ले नै प्रमाणित गरी प.नी.का.मा पठाएकोमा परीक्षाकेन्द्र पाल्पाबाट एस.एल.सी.दोस्रोखण्डको परीक्षामा सम्मिलित हुन पाउने गरी मिति ०३२।१०।२१ मा क्रमांक ४१२ को प्रवेशपत्र प्राप्त भई परीक्षा दिएँ । मिति ०३३।४।३ मा परीक्षाफल प्रकाशित भयो । जाँच दिएका विषयहरू समेत उल्लेख गरी मेरो क्रमांक ४१२ पनि उत्तिर्ण घोषित गरियो । लब्धांक पत्र जि.शि.अ.कार्यालयमा माग