निर्णय नं. १५१७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५१७ - उत्प्रेषण भाग: २९ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/१०/०१ २३५० निर्णय नं. १५१७ ने.का.प. २०३८ अङ्क ११ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रि.नं. १६६७ आदेश भएको मिति : २०३८।१०।१ मा निवेदक : का.जि. कमलपोखरी स्थित भान भान चाईनिज रेष्टुरेन्ट एण्ड बारका प्रो. राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध विपक्षी : श्री कर अधिकृत कर कार्यालय काठमाडौं विषय : उत्प्रेषण (१) निवेदकले पेश गरेको हिसाव कितावलाई अमान्य घोषित नगरी अघिकै निर्णयमा लिएका आधारलाई पुनः आधार बनाई हचुवा किसिमले आय कायम गरी कर निर्धारण गरेको निर्णय बदर हुने । (प्रकरण नं. ७) (२) राजस्व न्यायाधीकरणबाट कर निर्धारण बदर भएपछि पुनः आय र कर निर्धारण गर्न सम्बन्धित पक्षलाई राखी निर्णय गरेको देखिएन साथै जे जति रकम निर्धारण भएको थियो सोही रकम रू.१७०१०। पुनः कायम पनि गरिएकोबाट कानूनले निर्धारित गरेको प्रक्रिया नअपनाई रीत सम्म पुर्याउने उद्देश्यले पर्चासम्म खडा गरेको हुँदा राजस्व न्यायाधीकरणबाट बदर गर्ने गरेको निर्णय निरर्थक हुन गएको छ । तसर्थ पक्षलाई समेत उपस्थित गराई प्रतिवादको मौका दिई निर्णय गर्नु पर्नेमा नगरेको हुँदा कर अधिकृतको निर्णय बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षी कर अधिकृतको मिति ०३७।११।३० को टिप्पणीं र आदेश पर्चा तथा सोही मितिको आयकर निर्धारण आदेश समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरी परमादेश समेत जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् । २. निवेदक करदाताको आ.व.१९७७ अप्रील, जुनको खुद आय र कर निर्धारण पुनः गर्ने सम्बन्धमा यस कार्यालयबाट निजको रेष्टुराँँ एण्ड बारको हिसाब किताब समेत जाँचबुझ भइसकेको र आवश्यक बयान आदि समेत लिइसकेको फायल साथ संलग्न रहेको बयानबाट स्पष्ट हुन आउँछ । उक्त आ.व.को कारोबारबाट के कति खुद मुनाफा आर्जन गरेको होला भनी अध्ययन गर्दा उक्त रेष्टुराँँको हिसाब किताब जाँच गरी बयान गराउँदा अधिकांश बिल भरपाइहरू पेश गर्न नसक्ने भई कुनै कुनै विल भर्पाई सन्तोषजनक नदेखिने भएको साथै खर्चको रकमहरू लेखाको सिद्धान्त अनुरूप श्रेस्ता नरहेको जस्तै स्टक एकाउण्ट प्रस्तुत गर्न नसकी यति नै स्टक हो भन्ने आधार नभएकोबाट नाफामा प्रत्यक्ष असर पर्न जाने स्पष्ट भएको नाफा नोक्सान हिसाबमा पूँजीगत सामान समेत समावेश भएको आदि कारणबाट आयकर ऐन, २०३१ (संशोधनसहित) को दफा ३३(२) बमोजिम खुद आय कायम गरी सो को करदातालाई समेत सूचना गर्दा कुनै प्रतिक्रिया नजनाएको करदाता स्वयमले यस कार्यालयबाट कानूनबमोजिम दिइएको सूचनामा मञ्जूरी जनाई उक्त हिसाब किताबमा भएको त्रुटिलाई स्वीकारेको स्पष्ट छ । अतः यस रेष्टुराँको कारोबार सम्बन्धमा कर निरीक्षकबाट कर पेश हुन आएको तथ्य पूर्ण गोप्य प्रतिवेदन समेतको आधार लिई करदाताको आ.व.१९७७ अप्रील देखि जुन तक तीनमहीनाको बिक्री रू.८१,०००। मानी उक्त बिक्रीमा यस्तै यस्तै कारोबार गर्ने अन्य करदातालाई कायम गरेको प्रतिशत समेत विचार गरी आयकर ऐन, २०३१ (संशोधनसहित) को दफा ३३(२) बमोजिम श्री आयकर फछ्र्यौट आयोगको प्रत्यायोजित अधिकार अनुसार उक्त आ.व.१९७६।७७ अप्रील, जुनको लागि रू.१७,०१०