निर्णय नं. १५१८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५१८ - अंश भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/१०/०६ २५३८ निर्णय नं. १५१८ ने.का.प. २०३८ अङ्क ११ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३८ सालको दे.पु.नं. १९०।१९२ फैसला भएको मिति : ०३८।१०।६ मा वादी : का.जि. का.न.पं. वार्ड नं. ३ लगन टोल बस्ने धनमाया शाक्यनी विरुद्ध प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २१ लगन टोल बस्ने पूर्णरत्न शाक्य मुद्दा : अंश (१) बण्डापत्र मध्येको घर रू.१९९९।– मा ०२२।७।२५ मा रजिष्ट्रेशन पास गरी बिक्री गरेको शारदादेवी मानन्धरनीलाई रू.१०,००१।– मा ०२९।७।१८ मा रजिष्ट्रेशन पास गरी घर भोगबन्धकीमा दिएकोमा वादी स्वयम साक्षी बसेको देखिन्छ । सो अनुसार खरीद बिक्री बन्धकी व्यवहार गरे भएको होइन भनी वादीले भन्न सकेको छैन । अंशबण्डा नहुँदै अंश लाग्ने घर हकै टुटिने गरी व्यवहार मिलाउन बिक्री व्यवहार भए गरेको होला भन्ने सम्झन मिल्ने अवस्था देखिँदैन, व्यवहार प्रमाणबाट अंशबण्डा भएको भन्ने प्रष्ट देखिन आएको हुनाले अंशबण्डा गरिरहन पर्ने अवस्था नहुने । (प्रकरण नं. १४) वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा :  फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी दुवै पक्षको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३८।२।१ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ । २. ससुरा दानमुनीको छोरा जेठा पूर्णरत्न माहिल सुवर्णलक्ष्मीको पति मोतीरत्न कान्छा मेरा पति वीरबर सिंह सासू ससुरा अघि नै र मोतीरत्न ०२२ सालमा पति ०२९ सालमा परलोक भएको रीतपूर्वक अंश गरौं भन्दा गरी नदिएकोले ३ भागमा पतिको १ भाग मलाई दिलाई पाउँ भन्ने समेत धनमायाको फिरादपत्र । ३. म र भाइ मोतीरत्न वीरबर सिंह चल सम्पत्ति ३ भाग गरी हातैमा बुझी लिई जग्गा अबण्डा राखी लगनको पुर्खौली घर ३ भाग गरी मिति ०१०।४।१९ मा बण्डापत्र भएको पास हुन सकेन तापनि आ–आफ्ना भाग आफूहरूले भोगचलन गरी आई मेरो भाग घर वादीको लोग्नेलाई राजीनामा गरी दिएको छु । अबण्डा जग्गा बण्डा भएमा मञ्जूर छ भन्ने समेत प्र.पूर्णरत्नको प्रतिउत्तर । ४. २०१०।४।१९ मा घरसारमा बण्डापत्र भई जग्गा अबण्डा रहेको आ–आफ्नो घर आफूहरूले भोगचलन गरी आएको पूर्णरत्नको भाग घर वादीको लोग्ने वीरबर सिंले २०२०।४।७ मा राजीनामा गराई लिई वादी साक्षी राखी वीरबर सिंहले मेरा पति मोतीरत्नलाई ०२२।७।२५ मा राजीनामा लिखित पास गरी दिएको बाँकी घर वादी स्वयमले मेरो एकलौटी हकभोगको भनी शारदादेवी मानन्धरलाई ०२९।७।१८ गते बन्धकी पास गरी दिएको समेत छ अंशबण्डा नभएको भए उपरोक्त व्यवहार हुनु नपर्ने समेत हुँदा वादी दावी अनुसार अंशबण्डा गरी दिन पर्ने होइन भन्ने समेत सुवर्णलक्ष्मीको प्रतिउत्तरपत्र । ५. सुवर्णलक्ष्मीबाट पेश भएको सक्कल लिखतहरू वादीलाई सुनाउँदा उक्त लिखतहरू कानूनी मान्यता नहुने हुँदा केही भनी रहनु नपर्ने भन्ने समेत वादीको वारेस ईश्वरलालको ०३०।१०।२२ को बयान । ६. पाखो पोखलड्याङको घर पूर्खाको पालाको नभई पछि मोतीरत्नले खरीद गरेको भन्ने वादी लेखबाट देखिनाले समेत उक्त लेखिएबमोजिम वादी