निर्णय नं. १५१९ - अंश लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५१९ - अंश लिखत बदर भाग: २३ साल: २०३८ महिना: फागुन अंक: ११ फैसला मिति :२०३८/११/०३ २९८१ निर्णय नं. १५१९ ने.का.प. २०३८ अङ्क ११ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको दे.वि.नं. ६४ फैसला भएको मिति : २०३८।११।३ मा निवेदक : जि. सिराहा पिपरा गा.पं.वार्ड नं. ४ बस्ने भोजे यादव स्वर्गीय भई मु.स.गर्ने एकासगोलको छोरा र झिंगर यादवको हकमा र आफ्नो हकमा समेत तेजिलाल यादव विरुद्ध विपक्षी : जि. सिराहा गोविन्दपुर गा.पं.बस्ने चौरासीवती यादवनी विषय : अंश लिखत बदर (१) जग्गा खरीद गरी लिनुदिनु भएको र यस्तो लिखत वादीलाई सुनाउँदा बिक्री व्यवहार भएको कुरोलाई वादीले अस्वीकार नगर्नु भएकोले वादीको नाति, छोरा र प्रतिवादी सगोलमा बसेको भए सगोलको जग्गा आपसमा सुक्रीबिक्री हुनु पर्ने अवस्था पर्दैन । प्रतिवादी र वादीको नातीले बिक्री गरेको लिखत व्यवहार प्रमाण र दर्ता भोगबाट समेत वादी प्रतिवादीको बीच बण्डा भइसकेको लिखत बदर भई बण्डा हुने ठहराएको बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट :  उल्लिखित मुद्दा :  फैसला न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।७।१२ मा छिनेको अंश लिखत मुद्दा त्यस अदालतबाट इन्साफ जाँची कानूनबमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्स भई यस अदालतमा दर्ता हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : लोग्ने गेनाईका दुई स्वास्नीमा जेठी मदोदरी कान्छी र म भएको मदोदरीबाट विपक्षी मोजे कान्छी मबाट अजवी भएको मौजेको छोरा तेजिलाल र अजिवीको छोरा जुनलाल भएको, लोग्ने जीवित छँदै सौता परलोक भएको ०२३ सालमा लोग्ने गेनाई परलोक भएपछि छोरा नाती म सगोलमा बसेको मौजा पिप्रामा बसी गोविन्दपुरको आयस्ताले जग्गा खरीद गरी आयस्ता भोगी आएको केही जग्गा मौजेको नाउँमा र केही जग्गा तेजीको नाउँमा केही जग्गा खरीद गरी आयस्ता भोगी आएको केही जग्गा मौजेको नाउँमा र केही जग्गा तेजीको नाउँमा र केही जग्गा बुहारीको नाउँमा र गोविन्दपुरको १।।।३ जग्गा मौजे र अजिवि २ जनाले तेजीलाल जुगुनलाल २ जनाका नाउँमा गुपचुप दर्ता गराई राखेको मलाई थाहा थिएन । मलाई अंशबाट वञ्चित गराउन तेजिलालले गोविन्दपुरको ४।२।।। जग्गा ०२२।४।१ मा झिगुरलाई राजीनामा पास गरी दिएकोले फिराद गर्न आएको छु । पिप्रा मौजे र गोविन्दपुर दुवै नाउँको विपक्षीहरू बाट तायदाती लिई बिक्री गरेको लिखत बदर गरी सो जग्गाबाट समेत ३ खण्डको १ खण्ड अंश छुट्याई पाउँ भन्ने समेत चौरासीवती यादवनीको फिराद दावी रहेछ । ३. १९८१।१९८२ सालमा हो मानो छुट्याई भिन्द भई बाजेको आर्जन म मौजेको अंश भागमा परेको आफ्नो र छोरा तेजीलालका नाउँ तथा वादीले आफ्नो छोरा अजवि र नाती जुगुनलालका नाउँमा बेग्ला बेग्लै दर्ता गराई भोगी आएको । म तेजीलालको आमाले माइतीबाट दाइजो पाई त्यसबाट बढाएको जग्गासमेत आमा दुर्गावती समेतका नाउँमा दर्ता भई भोगी आएको वादी दावी बमोजिम वादीलाई हामीले अंश दिनु पर्ने होइन भन्ने समेत मौजे, तेजीलालको प्रतिउत्तर जिकिर रहेछ । ४. तेजीलालको अंश हकको जग्गा नै मैले निजसँग खरीद गरी लिएको अंश हक लाग्ने होइन भन्ने समेत झिंगुर यादवको प्रतिउत्तर जिकिर रहेछ । ५. म वादी पट्टिको छोरा दाजु मौजेको छोरा मेरो भतिजो तेजिलाल हो जेठाबाबु नन्दीलालसँग हाम्रा बाबु गेनाई भिन्द हुनुभएको गेनाईको अंश भागको जग्गा