निर्णय नं. १५२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५२१ - कर्तव्य ज्यान भाग: २३ साल: २०३८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३८/१२/३१ २८१४ निर्णय नं. १५२१ ने.का.प. २०३८ अङ्क १२ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको फौ.फु.नं. ११ फैसला भएको मिति : २०३८।१२।३१ मा निवेदक : तमोरखोला रखानु गा.पं.सुनसावु घर भई हाल इलाम कारगारमा थुना परी बस्ने मनिराज लिम्बूको हकमा संजयराज लिम्बू विरुद्ध विपक्षी : पद्मलालको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) मुचुल्कामा घाउमा किरा परेको भन्ने भनाई लेख हुँदा त्यस्तो सडेगलेको किरा परेको घाउ के कस्तो प्रकार के बाट भएको हो यकिन रूपले भन्न सकिँदैन । गर्मिको मौसम देखिन्छ, त्यस्तो अवस्थामा सडेगलेको र किरा समेत परेको लाशमा निलडाम र घाउ छुट्याउन सक्ने अवस्था नहुँदा उक्त लासजाँच मुचुल्का शंकायुक्त भई अदालतले भर गर्ने स्थितिको छैन । (प्रकरण नं. २७) (२) लबेदा शुरूवालमा लागेको रगतको रासायनिक जाँचको अभावमा केवल अनुमान र शंका लिई प्रहरीमा भएको प्र.साविती स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म प्र.मनिराजले कालिमा लिम्बुनीलाई मारेको भनी दोषी ठहराउन मिल्दैन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्र.ले सफाई पाउने ठहर्छ । (प्रकरण नं. २८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : फैसला न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०२९।८।१२।२ मा भएको निर्णय दोहर्याई पाउँ भन्ने निवेदन परेकोमा श्री ५ महाराजाधिराजबाट यसमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्याई दिनु भन्ने हुकुम बक्स भई मुद्दा दोहर्याई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य तथा संक्षिप्त विवरण यस प्रकार छ : ०२८।५।१० गतेको दिन ६ बजे गोठमा जाँदा १ काँधमा मुनी कोष्चोमा मेरै सहोदर दिदी कालिमा कर्तव्य भई मरेको देखेँ निजलाई मार्न पर्ने सम्मको रिसइवी भएका मनिराज लिम्बू भई मोहियानी हक सम्बन्धमा खिचोला इवी परिरहेको र मर्ने दिन मेरो भाइ धनबहादुरसँग दिदी खोई भनी सोध्दा गोठमा गएको छ भनी केही नभनी गएकोले निज मनिराजले नै दिदीलाई कर्तव्य गरी मारेको शंका लाग्छ निज उपर कानूनी कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको पदमलाल लिम्बूले ०२८।५।११ गते जि.प्र.ई.का.लुङथुङमा दिएको जाहेरी दरखास्त । ३. सेरबहादुरले ०२६ सालमा पद्मलाललाई लप्सिबोटे भन्ने ठाउँको रैकर जग्गा धुरी पूर्जि गरिदिएको थियो सोही सालमा केदारजङले पद्ममलालबाट रुपैयाँ नदिई राजीनामा पास गराउँछन् मैले उजूर गर भन्दा मान्दैनन् सोही जग्गा केदारजङबाट मेरो श्रीमती मखर मोतीको नाउँमा रू.१२००। मा राजीनामा गराई लिएको थिएँ । ०२८।५।७ का दिन सदस्य नन्दलाल समेत ऐ.पद्मलालको घर गई सो कुरा बताई अब मोहियानी हक छोडपत्र गरी दिन्छौ कि अधिया कमाई खान्छौ भनी पद्मलालको सानिमा र बजैहरू लाई भन्दा केदारजङलाई सोध्नुपर्छ मात्र भने ऐ.भाद्र ८ गते पद्मलालको दिदी मृतक कालिमा केदारजङको घरमा गएकी रुपैयाँ फिर्ता दिनुहवस मोहियानी हक छोडपत्र गराई दिनु हवस भनी कुरा गर्दा पदमलाल समेत भेला भई निज पदमलालकै घरमा बसी कुरा मिलायांै त्यसपछि म लगायत सेरबहादुर, ज्ञानबहादुर, जितबहादुर समेत भई भरतबहादुरको घर गई जाँड खाई रातको १० बजेपछि निजहरू लाई मेरो घर लगी अरू डेढ २ बजे खाना खाई आफ्नो घर गएपछि म लगतै मृतक का