निर्णय नं. १५२३ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५२३ - लिखत बदर भाग: २३ साल: २०३८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३८/११/०४ २७२० निर्णय नं. १५२३ ने.का.प. २०३८ अङ्क १२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३७ सालको दे.पु.नं. २४६ फैसला भएको मिति : ०३८।११।४।२ मा पुनरावेदक प्रतिवादी : जिल्ला मुस्ताङ्ग कागवेनी गा.पं.वार्ड नं. ३ धागरजुङ बस्ने मोती गुरुङस्यानी विरुद्ध विपक्षी, वादी : ऐ.ऐ. बस्ने क्षस गुरुङ्ग मुद्दा : लिखत बदर (१) विवादको लिखत २०३४।७।१४ मा रजिष्ट्रेशन भएकोमा त्यसको नक्कल ०३५।१।१८ मा सारी लिई वादीलाई सो लिखत भएको थाहा हुन आएको र ०३५।३।२० मा प्रस्तुत फिराद परेको देखिन्छ, लेनदेन व्यवहारको १० नं. मा उल्लेख भए बमोजिम रजिष्ट्रेशन भएको मितिले एक वर्षसम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा वादीले ०३५।१।१८ मा नक्कल सारी लिई थाहा पाई ०३५।३।२० मा फिराद गरेकोबाट सो १० नं. मा लेखिएको एकवर्ष सम्ममा थाहा पाएको पैंतीस दिनभित्र उजूर गर्नुपर्नेमा प्रस्तुत फिरादपत्र थाहा पाएको पैंतीस दिन नघाई परेको र यसरी हक म्याद नघाई परेको फिरादबाट कारवाई किनारा गर्न नपर्नेमा पुनरावेदीका प्रतिवादीको जिकिर बमोजिम गरेको कारवाई मिलेको नदेखिनाले पुनरावेदन जिकिर अनुसार वादी खारेज हुने । (प्रकरण नं. १०) प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुवास नेम्वाङ वादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री बुद्धिप्रसाद पौडेल फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३६।९।१६ को फैसला उपर पुनरावेदन गर्ने अनुमती पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमती प्राप्त भई यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ । २. अदालतमा अंश मुद्दाको कारवाई छँदा–छँदै मलाई केही थाहापत्ता नदिई विपक्षी सौताने आमाले म नावालक छोरालाई अंश मार्ने नियतले २०३४।७।१८ गते मुस्ताङ मालमा गई मेरो हकभोगको जग्गासमेत किल्लामा पारी रजिष्ट्रेशन पारित गरेछन् । मार्फा गा.पं. वडा नं. ५ कित्ता नं. ५३ पूर्व हिराबहादुर शेरचनको घरबारी समेत चारकिल्ला भित्रको ०–३–०–२ को पुर्याङ घडेरी कित्ता १ रू.५०००। मा लेनदेन पारित गरेकोले उक्त लिखत बदर गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादी लेख अनुसार सो पुर्याङ भन्ने जग्गा अरू कसैको मञ्जूरी लिन नपर्ने र श्री ५ को सरकारको कुनै रोक्का समेत नभएको हकवाला दाजुभाइ कोही नभएको मेरो आमा प्रेमखण्डु गुरुङस्यानीले नगद रुपैयाँँ दाइजो पेवा दिई किनेकी हुन र स्त्री अंशधनको ५ र १ नं. मा प्रष्ट व्यवस्था भए अनुसार मेरो खुस गर्न पाउने हुँदा नन्दप्रसाद शेरचनलाई रू.५०००। मा पारित गरी दिएको हुँ सो जग्गा मेरो पेवाको रुपैयाँँबाट रू.५००। मा २०२८ सालमा लिएको हुँ झुठ्ठा लिखतबाट फूर्सद पाउँ भन्ने समेत प्रतिउत्तर । ४. क्षस गुरुङको दे.नं. ४ को अंश मुद्दाबाट अंशियारा देखिएको र निजको मञ्जूरी नलिई २०३४।७।१८ मा प्र.मोतीले प्र.नन्दप्रसाद शेरचनलाई बिक्री गरेको रजिष्ट्रेशन पास भएको धनी नन्दप्रसाद ऋणी मोती गुरुङस्यानी भएको लिखत लेनदेन व्यवहारको १० नं. अनुसार वादी क्षस गुरुङको अंश हक जति दुई खण्डको १ खण्ड लिखतबदर हुने ठहर्छ भन्नेसमेत २०३५।११।१४ को मुस्ताङ जि.अदालतको फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भनी प्रतिवादीले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदन । ६. डिभिजन बेञ्चबाट यिनै वादी प्रतिवादीको अंश नाता कायम मुद्दामा नाता कायम गरेको र अंश दिलाउने गरेको इन्साफ मनासिव ठह