निर्णय नं. ९०८५ - डाँका चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९०८५ - डाँका चोरी भाग: ५५ साल: २०७० महिना: फागुन अंक: ११ फैसला मिति :२०७०/०८/२३ ६२५० नेकाप २०७० अङ्क ११ नि.नं.९०८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की फैसला मिति : २०७०।८।२३।१ ०६५-CR-०६७३ मुद्दा : डाँका चोरी । पुनरावेदक/प्रतिवादी : दाङ जिल्ला, त्रिभुवन नगरपालिका वडा नं.११ घर भै कारागार कार्यालय, तुलसीपुरमा कैदमा रहेका बिनोदबहादुर वलीसमेत विरूद्ध प्रत्यर्थी/वादी : मुक्तिराम पुनको जाहेरीले नेपाल सरकार § हातहतियार प्रयोग भएको तथ्य मौकामा हतियारसहित प्रतिवादी पक्राउ परेको कुराबाट पुष्टि भएकै छ । तापनि प्रतिवादीको वारदातमा संलग्नताको शङ्कारहित पुष्टि हुन नसकेको अवस्था र २ जना भनिएका प्रतिवादीहरू कसूरदार हुन् वा होइनन् भन्ने कुरा निजहरू फरार रहेकोबाट तत्काल यकीन हुन नसक्ने । § चार जनाभन्दा बढीको संख्या स्थापित हुन नसकेको स्थितिमा वारदातलाई डाँकाको वारदात हो भनी मान्न सकिने अवस्था रहेन, वारदातमा हातहतियारको प्रयोग भई जबर्जस्ती रकम लिएको अवस्था स्थापित भएको हुँदा चोरीको महलको ४ नं. बमोजिम जबर्जस्ती चोरी गरेको अवस्था देखिने । (प्रकरण नं.४) शुरू तहमा फैसला गर्ने : मा.न्या.नारायणप्रसाद श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा.मु.न्या.अवधेशकुमार यादव मा.न्या.तेजबहादुर के.सी. पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता गंगा पौडेल अवलम्बित नजीर : सम्बद्ध कानून : § मुलुकी ऐन, चोरीको ४, १२, १४ र १४(२) नं. फैसला न्या. वैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, तुलसीपुर दाङको मिति २०६५।५।२९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ :- मिति २०६२।१२।२६ गते साँझ अन्दाजी ९.४५ बजेको समयमा म आफ्नो घरको कोठामा बसिरहेको अवस्थामा मुखमा कालोपट्टी बाँधेका २ जना मानिस एक्कासी कोठाभित्र छिरी अरू ३/४ जना बाहिर उभिई रहेकामा यहाँ किन आएको भनी सोध्दा माथिको आदेश छ तपाईले हामीलाई नगद रू.२१,०००।– सहयोग गर्नुपर्‍यो भनी भनेका र मैले त्यति रूपैयाँ छैन भन्दा ज्यानको माया छ भने हमीले भनेको गर् नत्र तँ र तेरो परिवारलाई खत्तम पारी दिन्छौं भनी डर त्रासमा पारेपछि मैले अहिले छैन, भोलि पर्सीसम्ममा व्यवस्था गरौँला भनेपछि सो दिन तिनिहरू गएका र मिति २०६२।१२।२७ गते ८.३० बजेको समयमा निज अन्यायीहरू फेरि मेरो घरमा आई खुकुरी, पेस्तोल देखाउँदा हामीले भनेको पैसा दे भनेपछि मैले रू.२१,०००।– अन्यायीहरूमध्येको बिनोद वलीलाई दिएपछि निजहरूले उक्त रूपैयाँ बाँड्दै गरेको अवस्थामा छिमेकीहरूले प्रहरी बोलाई आफूसमेत लागी बिनोद वली पक्राउ परी नगद रू.२,०००।– र १ थान कटारी, १ थान गरासी बरामद भएकोले मबाट रू.२१,०००।– डाँका गरी लुट्ने चोर पत्ता लगाई चोरी गरेको रूपैयाँ असूल गरी पाऊँ भन्नेसमेत व्यहोराको मुक्तिराम पुनको जाहेरी दरखास्त। मिति २०६२।१२।२८ को बरामदी खानतलासी तथा घटनास्थल प्रकृति मुचुल्का मिसिल सामेल रहेको। २०६२।१२।२६ गते म, भुण्टे भन्ने देवेन्द्र वली, मेरो भाइ राजेश वली र उनीहरूको साथमा आएका अन्य नचिनेका २ जनासमेत भई जाहेरवालालाई भोलि पैसा जम्मा गरी दिनु माथिको आदेश छ भनी भनेको र भोलिपल्ट २७ गते अघिल्लो दिनको कुराअनुसार जाँदा राजेश, देवेन्द्र घरभित्र पसे, म र अन्य नचिनेका बाहिर बस्