निर्णय नं. १५२४ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५२४ - भ्रष्टाचार भाग: २३ साल: २०३८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३८/१२/११ २८४९ निर्णय नं. १५२४ ने.का.प. २०३८ अङ्क १२ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको फौजदारी पुनरावेदन नम्बर २६६।२६७ फैसला भएको मिति : २०३८।१२।११ प्रतिवादी : का.जि.यटखा टोल बस्ने सत्यनारायण चित्रकार समेत विरुद्ध वादी : श्री ५ को सरकार, गृह पञ्चायत मन्त्रालय समेत मुद्दा : भ्रष्टाचार (१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(२) अन्तर्गत मागिएको स्पष्टीकरण भन्दा भिन्दै आरोपमा कानूनको रीत नपुर्‍याई पुनरावेदकहरू लाई नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय कानून अनुरूप नहुँदा बदर हुने । (प्रकरण नं. १२) प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा उल्लिखित मुद्दा :  फैसला प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दा २०३८।४।५।२ का डिभिजन बेञ्चका आदेशानुसार यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दको संक्षिप्त विवरण यस प्रकार छ : सेन्ट्रल डेरीका मेनेजर विष्णुप्रसाद श्रेष्ठ र सहायक मेनेजर सत्यनारायण चित्रकारले आफ्नो पालामा लापरवाही साथ काम गरी पद अनुसारको जिम्मेवारी बहन गर्न नसक्दा डेरीको ठूलो रकम रू.४८,८७४।४८ हिनामिना गरी भ्रष्टाचार गर्नलाई प्रोत्साहन हुन गएको स्पष्ट कारवाहीले गर्दा मेनेजर विष्णुप्रसाद श्रेष्ठ र सहायक मेनेजर सत्यनारायण चित्रकारलाई भविष्यमा सरकारी नोकरीका लागि सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट हटाउने श्री ५ को सरकारबाट २०२८।७।११ मा निर्णय भएकोले सूचना गरिएको छ भन्ने गृह मन्त्रालय मुद्दा शाखाको ०२८।८।१२ मा पत्र लेखी पुनरावेदकहरू लाई भ्रष्टाचारको अभियोगमा विशेष प्रहरी विभागले भ्र.नि.ऐन, २०१७ को दफा २०(२) को अधीनमा नि.से.नि., २०२१ को परिच्छेद १० को नियम ९ अनुसार विपक्षीहरूद्वारा स्पष्टीकरण समेत लिई निजहरू लाई नोकरीबाट बरखास्त गर्ने गरेको भन्ने समेत रहेछ । ३. श्री ५ को सरकारको निर्णयमा चित्त नबुझी पुनरावेदकहरुले यस अदालतमा पुनरावेदन गरेकोमा न्यायप्रशासन सुधार अध्यादेश, २०३० अनुसार प्रस्तुत पुनरावेदन म.क्षे.अ.मा सरुवा भई गएकोमा शुरू आरोप भन्दा भिन्दै आरोपमा नोकरीबाट हटाइएको र सजायको सूचना दिएको आरोप पनि अस्पष्ट देखिएको हुँदा श्री ५ को सरकारले पुनरावेदकहरू लाई हटाउने गरी ०२८।७।११ मा भएको निर्णय बदर हुने ठहराई निर्णय गरे उपर श्री ५ को सरकारको पुनरावेदन परेकोमा म.क्षे.अ.बाट गरेको २०३१।२।८।३ को निर्णय बदर गरी दिएको छ । प्रस्तुत मुद्दाको लगत कट्टा गरी अब यस अदालतमा गएर गराएको पुनरावेदनहरू यसै अदालतबाट विचार गर्नुपर्ने हुँदा सो पुनरावेदनहरू यस अदालतको फौजदारी पुनरावेदनको लगतमा दर्ता गरी पुनरावेदकहरू लाई तारेखमा राखी पेश गर्नु भन्ने समेत ०३८।४।५।२ को डिभिजन बेञ्चको आदेश रहेछ । ४. नियमबमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक सत्यनारायण चित्रकारको तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले कार्यालयमा लेखा शाखाको सम्पूर्ण कुपन रसीद अनुसारको रकम बैंक दाखिला गर्ने कार्य पनि निजहरूको हुँदा रकम हिनामिना गर्नमा पुनरावेदकहरूको कुनै हस्त नरहेको, विशेष प्रहरी विभागले एक आरोपमा स्पष्टीकरण मागेको र सजायको सूचनामा भिन्नै आरोप लगाइएको र सो सूचन