निर्णय नं. १८६५ - जारी चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८६५ - जारी चोरी भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०५ २०६७ निर्णय नं. १८६५ ने.का.प. २०४१ अङ्क १ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको स.अ.फु.फौ.नं. ८ मुद्दा : जारी चोरी निवेदक/प्रतिवादी : जिल्ला बैतडी थाली डाँडा गा.पं.सेल्पाखा बस्ने बहादुरे दमाई विरूद्ध विपक्षी/वादी : कञ्चनपुर भुजेल गा.पं. वा.नं. २ तिल्केनी बस्ने धनिराम दमाई फैसला भएको मिति : २०४१।१।५।३ मा § तल्लो तहको फैसला बदर भएको स्थितिमा तल्लो तहको अदालतको फैसलाको अस्तित्व नै नरहेको स्थिति हुन्छ । यस्तोमा पुनः अधिकार क्षेत्र ग्रहण गर्नु अ.बं. ८५ नं. को विपरीत भएको र एउटै विषयमा उही अदालतले दुईटा निर्णय गरेको अवस्था पर्छ भन्न मिल्दैन । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल विपक्षी तर्फबाट : उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : मिति २०३८।४।२९ मा सु.प.क्षे.अ.को फैसला मनासिब छ भनी यस अदालत डिभिजन बेञ्चले गरेको फैसला चित्त नबुझ्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम सर्वोच्च अदालतको फैसला दोहर्याईपाउँ भनी न्यायिक समिति राजदरवारको सिफारिशबाट श्री ५ महाराजाधिराज सरकारको जुनाफमा जाहेर हुँदा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपयुक्त मुद्दा दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भई आई फुल बेञ्चको लगतमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ : २. अन्यायी मध्येका कलुवा ढोलीको छोरी पार्वतीलाई २०२१ साल माघ महीनामा विवाह गरी सुन समेतको गहना लगाउन दिई स्वास्नी तुल्याई राखेको थियो । २०२४ सालमा कञ्चनपुर तिनकोनीमा आई केही जग्गा आवाद गरी घर बनाई दिउँसो महेन्द्रनगरमा लुगा सिई राति घरमा जाने गर्दथेँ । मेरो लुगा सिउने मेशिन बिग्री नयाँ मेशिन किनी ल्याउन भनी मेरो साथी मध्ये विश्रामलाई साथ लिई २०२९।१०।२० मा भारत बरेलीतर्फ गएको अवस्थामा ऐ २१ गते अन्यायवालाहरू मेरो घरमा आई मेरो श्रीमती पार्वतीलाई फकाई बहादुरले स्वास्नी तुल्याउने कुरा मिलाई लगाएको गहना र बक्सामा राखेको रु.३२५। समेत झिक्न लगाई भगाई लगेछन् । ऐ २३ गते घरमा आउँदा ५ महीनाको गर्भ सहित श्रीमती घरमा नदेखी खोजतलास गर्दा बहादुरे दमाईसँग पोइल गएको कुरा थाहा पाई नालिश गर्न आएको छु मेरी श्रीमती जारी गरी लगेकोले धनमालको हकमा चोरीको महल बमोजिम सजाय गरी बिगो रु.२७६५। दिलाई कलुवा र बहादुरेलाई चोरीको १८ नं. बमोजिम सजाय गरिपाउँ बहादुरे र पार्वतीलाई जारीतर्फ जारीको २।४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको धनीरामको फिराद । ३. वादी दावी बमोजिम पार्वती वादीकी श्रीमती नभई ०२९।३।१७ गते बहादुरे र मेरो विवाह भएको हो वादीसँग विवाह भएको होइन । मेरो करणी विर्यले गर्भ रहेको हो भन्ने हकमा वादीका भनाई अनुसार म २०४० सालमा नाबालक रहेको अवस्था भएको र वादीसँग विवाह हुँदै नभएकोमा कसरी गर्भवती भए हुँली वादीले मलाई विवाह गर्न मागेको र मैले मञ्जूरी नगरेको हुँदा रिसइवीबाट वादीले झुठ्ठा उजूर गरेको भन्ने पार्वती र पार्वतीलाई मैले २०२९ सालमा कन्या कुमारी विवाह गरेको हुँ वादीले विवाह गरेको होइन भन्ने बहादुरे र वादीसँग छोरीको विवाह भएको होइन र २०२९ सालमा बहादुरेको साथ विवाह गरी दिएको हुँ । छोरी माग्न आएको नदिएको रिस लिई झुठ्ठा उजूरी गरेको हो भन्ने समेत व्यहोराको कलुवा