निर्णय नं. १८६७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८६७ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/२९ २१४५ निर्णय नं. १८६७ ने.का.प. २०४१ अङ्क १ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.फु.नं. ५६ मुद्दा : उत्प्रेषण निवेदक : जि. रूपन्देही पडसरी गा.पं. वा.नं. २ कटैया बस्ने श्रीधरनारायण श्रेष्ठ विरूद्ध विपक्षी : पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखरा रुपन्देही जिल्ला अदालत, सिद्धार्थ नगर जि. पाल्पा तानसेन सिंलखान टोल घर भै जि. रुपन्देही मधौलिया गा.पं. वा.नं. ४ कोटीहवा ऐ ऐ बस्ने सुदर्शन नारायण श्रेष्ठ ऐ ऐ बस्ने मनोहर नारायण श्रेष्ठ ऐ ऐ बस्ने हेम कुमारी श्रेष्ठ ऐ ऐ बस्ने गणेश नारायण श्रेष्ठ ऐ ऐ बस्ने अमर नारायण श्रेष्ठ ऐ ऐ बस्ने महेन्द्र नारायण श्रेष्ठ आदेश भएको मिति : २०४१।१।२९।६ मा § दुबै पक्षको कथनबाट हक बेहकको प्रश्न उपस्थित भएको हुँदा सबूत प्रमाणको मूल्याङ्कन गरी हक बेहकको निर्णय गर्नुपर्ने रिट क्षेत्रबाट मिल्ने देखिँदैन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान अधिवक्ता गणेशराज शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३८।५।२९।२ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा डिभिजन बेञ्चबाट निर्णय भएको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. स्वर्गीय बुबा बाजे रत्नमान श्रेष्ठका जेठा तुलसीनारायण, माहिला कृष्णनारायण, साइला तेजनारायण, काहिला गोवन्दनारायण र कान्छा कोमलनारायण समेत ५ भाइ छोराहरू हुन् भएकोमा जेठा तुलसीनारायणको पत्नी हेमकुमारीले आफ्नो र आफू पट्टीका छोराहरू ३ भाइ समेतको अंश छुट्याई माग्न फिराद गर्दा तुलसीनारायणका अंशियार भाइहरू कृष्णनारायण, तेजनारायण, गोविन्दनारायण, कोमलनारायण समेतको ५ बण्डा लाग्नेमा ५ भागको ४ भाग बण्डा पर सारी तुलसीनारायणको एक भाग विपक्षीहरू ९ अंशियार भएकोले ९ अंशको ४ अंश वादी विपक्षी हेमकुमारी निज तर्फका छोराहरू विपक्षी गणेशनारायण, अमरनारायण र बेगमनारायणले बाँकी ५ बण्डामा स्व.तुलसीनारायण विपक्षी तेजकुमारी मनोहरनारायण, सुदर्शननारायण, महेन्द्रनारायण, समेतको भाग लाग्ने गरी तत्कालीन प्रधान न्यायालय पहिला फाँटबाट २००६।९।८ मा खड्ग निशाना सदर भई अन्तिम भएको खड्ग निशाना फैसला बमोजिम विपक्षी हेमकुमारी समेतले दिनुभएको दरखास्त अनुसार पहिला मेरा बाजे गोविन्दनारायण समेतका ५ अंशियारहरूको २०२५।१२।१३ र त्यसपछि विपक्षी तेजकुमारी, हेमकुमारी तर्फको ९ अंशियारहरूको ऐ २०२५।१२।१६ गते अंशबण्डाको मुचुल्का खडा भयो । छुट्याइएका मुचुल्का उपर हेमकुमारीको उजूर पर्दा ०२५।१२।१३ गतेको सदर र ०२५।१२।१६ गतेको बदर गर्ने गरी लुम्बिनी अञ्चल अदालतबाट ०२५।११।५।४ मा अन्तिम फैसला भएछ । बण्डा छुट्याई लिन विपक्षीहरूको दरखास्त परेनछ । मनोहरनारायण श्रेष्ठको ०३४ साल चैत्रको निवेदनमा बण्डा छुट्याउने कार्य एक महीनाभित्र सम्पन्न गरी नतिजा पठाउनु भन्ने ०३०।१२।२३ मा प.क्