निर्णय नं. १८६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१०/०२ २०३४ निर्णय नं. १८६९ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. १२९४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ रिट निवेदक : मोरङ जि. अमाही वरियाती गा.पं. वार्ड नं. ५ बस्ने सुरेन्द्रप्रसाद सिंह ऐ ऐ बस्ने प्रभात कुमार सिंह ऐ ऐ बस्ने देवी राजपुत विरूद्ध विपक्षी : मोरङ जिल्ला सोराभाग गा.पं. वडा नं. २ हालको ऐ अमाही वरियाती वडा नं. ५ बस्ने देवनारायण ऋषिदेव श्री भूमिसुधार कार्यालय, मोरङका भूमिसुधार अधिकारी आदेश भएको मिति : २०४०।१०।२।२ मा § कानूनको आधारविना मोही ठहर्‍याउने गरी निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ६) रिट निवेदकको तर्फबाट : x विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x आदेश प्र.न्या. नयनबहादुर खत्री : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोराहरू यस प्रकार छन् : २. हामी निवेदकहरूको संयुक्त नाममा दर्ता रहेको जि. मोरङ अमाही बरियाती गा.पं. वडा नं. ५(ख) को कि.नं. ६४ को २–७–८, ऐ कि.नं. ६७ को ०–७–१, ऐ कि.नं. ३६ को १–८–१८ र ऐ ५ (क) को कि.नं. १०७ को ०–६–० समेत जम्मा जग्गा बिगहा ४–१०–० चार बिगहा दश कठ्ठा धनहर दोयम जग्गा हामीले आफ्नै तर्फबाट जोत आवाद गरी गराई भोगी चर्ची आएको र उक्त जग्गामा कोही पनि मोही नभएकोमा विपक्षी देवनारायण ऋषिले प्रहरी चौकी स्वयं खानाबाट मिति ०३८।७।२० र ०३८।९।२२ मा विपक्षीलाई शंधियार र म सुरेन्द्रप्रसादलाई जग्गाधनी भनी जबरजस्ती बाली बुझेको भनी गराएको भर्पाईको नक्कल लिई सो समेतको आधारमा मेरो उक्त जग्गाको मोही कायम गरिपाउँ भनी विपक्षीले ०३९।३।७ मा भूमिसुधार कार्यालय मोरङमा निवेदन दिएको थियो । सो निवेदनमा कारवाही हुँदा हामीले निज विपक्षी हाम्रो उक्त जग्गाको मोही होइन भनी इन्कार गरी प्रतिउत्तर दिएकोमा विपक्षी भूमिसुधार अधिकारीले सरजमीन गर्न लगाई आफ्नो कार्यालयको ना.सु.को प्रतिवेदन लिई उक्त तथाकथित भर्पाईको आधार समेत लिई निज विपक्षी देवनारायण ऋषिदेवलाई भूमिसम्बन्धी ऐनको दफा २५(२) अन्तर्गत मोही हुनलाई सोही ऐनको दफा ३४(१) अनुसार जग्गाधनी र मोहीको बीचमा कबूलियत भएको हुनुपर्दछ । उक्त कबूलियतको अभावमा ०३८।७।२० र ०३८।९।२२ गतेको तथाकथित भर्पाईलाई ऐनको दफा ३४ अन्तर्गत दोहोरो भर्पाई भन्ने र सरजमीनको आधार लिई मोही ठहर्‍याउने गरेको निर्णय भूमिसम्बन्धी ऐनको दफा २५(२), ३४(१)(२) र प्रमाण सम्बन्धी कानूनको समेत विपरीत भएकोले उक्त गैरकानूनी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर रहेछ । ३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्ने सिंबे.को मिति ०३९।११।३।३ को आदेश । ४. पञ्च प्रतिनिधिहरू समेत राखी चौकीको रोहवरमा कानूनी प्रकृया अनुरूप मिति ०३८।९।२२ मा मोही र जग्गाधनी बीच कूतबाली समेत लिनु दिनु गरी भए गरेको भर्पाई कागज वेरीत वा गैरकानूनी भन्ने संज्ञा दिन मिल्ने होइन । सो कागजबाट कानूनी हकाधिकारमा आघात पर्ने भए वा बेरीतको भएको भए त्यस्तो पक्षले मौकैमा कानूनी कारवाही गर्नुपर्नेमा सो नगरी बसेको र सो कानूनी कागजका आधारमा र सरजमीन समेतको आधारमा यस कार्यालयबाट मिति ०३९।९।३० मा गरेको निर्णयले रिट निवेदकको कानूनी तथा संवैधानिक हकमा कुनै किसिमको