निर्णय नं. १८७० - कीर्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८७० - कीर्ते जालसाजी भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१०/०२ २२२२ निर्णय नं. १८७० ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको फौ.पु.नं. ३४४ मुद्दा : कीर्ते जालसाजी पुनरावेदक/प्रतिवादी : जि. पर्सा औराहा गा.पं. वार्ड नं. ५ बस्ने मायादेवी अथित्नी ऐ ऐ बस्ने महर्न्थ गिरी अथित् विरूद्ध विपक्षी/वादी : जि. पर्सा औराहा गा.पं. वडा नं. ५ बस्ने शिवजी गिरी अथित् फैसला भएको मिति : २०४०।१०।२।२ मा § रजिष्ट्रेशन पारित भएको राजीनामा लिखतमा वादी साक्षी बसेको र लिखत पारित हुँदा कार्यालयबाट सनाखत समेत गराएको तथा वादी लेखपढ गर्न जान्ने व्यक्ति भएको देखिएका आधारमा कीर्ते कागजको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३७।९।३।४ को फैसलामा चित्त नबुझेकाले पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा मिति ०३८।८।१५।५ मा पुनरावेदनको अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. मिति ०३३ साल भाद्र ९ गतेमा विपक्षी मध्येको महन्थ गिरी अथितले मैले सूर्य गिरी अथित्को स्वास्नी जोखनी कान्छीको जग्गा सुक्री बिक्री गराएको हुँ साक्षीमा सही गरी दिनु पर्यो भनी मलाई लिखतको सबै व्यहोरा नसुनाई साक्षी किनारमा मैले सहिछाप गरी दिएको थिएँ । पछि घर आउँदा सूर्य गिरी अथित्को स्वास्नीको नाउँमा जग्गा दर्ता नै नभएको शिवजी गिरी अथित्को आमाको नाउँ पनि जोखनी कान्छी अथित्नी भएकोबाट र लालपूर्जा समेत भई सँगै हुँदा शिवजी गिरीको आमाको नाउँको जग्गा मैले सूर्य गिरी अथित्को स्वास्नी जोखिनी कान्छीबाट बिक्री नाम गराई लिएको हुँ भनी विपक्षीले गाउँघरमा बोलेको बुझिन आएकोले लिखतको नक्कल लिई हेर्दा मेरो आमा जोखिनी कान्छीको जग्गा मध्ये कि.नं. १२६ को ०–३–१० विकाउँ गिरीको साथ कि.नं. २१४, ३९ को जग्गा ०–७–५ राजकलीदेवीको साथ आमाले अघिनै बिक्री गरिसकेको जग्गा समेतको कि.नं. ११३, १२६, २१४, ३९, २८९, २३७ को जग्गा २–१–० रु.२५,०००।—मा जोखनी कान्छी अथित्नी भन्ने सूर्य गिरीको स्वास्नीलाई मेरो आमा बनाई निजबाट बिक्रीनामा लेखाई लिएकोले कीर्ते कागजको ३,४ नं. को कसूर गरेकोमा कीर्ते कागजको ७, १०, १४ नं. बमोजिमको प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको शिवजी गिरीको फिराद रहेछ । ३. विपक्षीका दावी लेखाई अनुसार मैले निजको आमाको नामको जग्गालाई मेरो भनी बिक्री गरेको नभई खास मेरा नाउँको दर्ता तिरो भोगको जग्गा बिगहा २–१–० मिति ०३३।५।९ मा मायादेवीलाई रु.२५,०००। मा बिक्री गरी दिएको हुँ । आमाको नाउँ र मेरो नाउँ एउटै नभई विपक्षको आमाको नाम जोखनी हो र मेरो नाम जोखनी कान्छी अथित्नी हो भन्ने र म रघुनाथका हकमा माथि लेखिए अनुसार मेरो सगोलको आमाले आफ्ना हक भोगको जग्गा बिक्री गर्नुभएको हुनाले म साक्षी बसी सहिछाप गरी दिएको हुँ । कीर्ते जालसाजी गरेको होइन वादी दावीबाट फुर्सद पाउँ भन्ने समेतको प्र.जोखिनी कान्छी अथित्नी र रघुनाथ गिरी समेत जना २ को संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. म महन्त गिरीको हकमा लेखाई बमोजिम सूर्य गिरीको स्वास्नी कान्छी अथित्नीबाट जग्गा सुक्रिबिक्री लेखाई लिएको हुँ भनी साक्षीमा सही गरी दिनुस् भनी फिरादीबाट सही गराई