निर्णय नं. १८७१ - परमादेशको आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८७१ - परमादेशको आज्ञा, आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/१० २१७९ निर्णय नं. १८७१ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको रि.नं. १४३२ विषय : परमादेशको आज्ञा, आदेश जारी गरिपाउँ निवेदक : का.न.पं. वडा नं. १ बस्ने श्री राजा तारक बहादुर शाहको छोरा वर्ष ५८ को ऋषिकेश शाह विरूद्ध विपक्षी : श्री अञ्चलाधीश, बागमती अञ्चलाधीश कार्यालय काठमाडौं श्री महानिर्देशक भंसार विभाग (महसुल शाखा) अर्थ मन्त्रालय त्रिपुरेश्वर, काठमाण्डौं श्री भंसार कार्यालय, विरगन्ज श्री अर्थ मन्त्रालय श्री ५ को सरकार आदेश भएको मिति : २०४१।१।१०।१ मा § विचाराधीन अवस्थामा रहेको विषयलाई लिएर रिट निवेदकको माग बमोजिम आदेश जारी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा १६ र ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण तथा निवेदन जिकिर निम्न प्रकार छ : २. म निवेदक नेपालको साधारण नगरिक भई नेपालको जनजीवनसँग सम्बन्धित विभिन्न किताबहरू लेखी प्रकाशित गरेको छु । मैले लेखेका मेरो कपिराइट भएका किताबाहरूमा मेरो सम्पत्ति आर्जन गर्ने भोग गर्ने बेचबिखन गर्ने संवैधानिक हक पनि निहित छ । ३. मैले लेखी प्रकाशित गरेको मेरो नविनतम कृति भ्ककबथक ष्ल तजभ उचबअतष्अभ या नयखत। ष्ल ल्भउब िनेपालमा सरकारको अभ्यास सम्बन्धी निबन्ध भन्ने १७५६९। पर्ने ११० थान किताब मेरो ठेगानामा मैले पाउने गरी भारत नयाँ दिल्ली स्थित मनोहर बुक सर्भिसले (मुद्रित तथा प्रकाशित) डोअर्स ट्रान्सपोर्ट प्रा.लि.मार्फत पठाएकोमा सो किताबहरू वीरगञ्ज भन्सार कार्यालयमा मिति २०४०।१।२३ मा जफत गरिएको भनी सो सम्बन्धित मालको प्रज्ञापन पत्र नं. २५६१५ को प्रतिलिपिबाट थाहा पाएँ । उक्त किताब जफत हुनु पर्ने कुनै कानूनी आधार र कारण समेत नहुँदा मैले मेरो कानून व्यवसायी तिलकराज शाहीसँग महानिर्देशक भन्सार विभाग महसूल शाखा, त्रिपुरेश्वरमा सो किताबाहरू फिर्ता गरी दिनु, फिर्ता नपाएमा कानूनी कारवाही चलाउने भनी कानूनी सूचना पठाएँ । सो पत्रको जवाफमा बागमती अञ्चलाधीश कार्यालयमा सम्पर्क राख्न हुन भनी ०४०।३।२१ को निर्णय अनुसार अनुरोध गरिन्छ भनी ०४०।३।३१ को जवाफ प्राप्त भयो । साथै वीरगञ्ज भन्सार कार्यालयबाट बागमती अञ्चलाधीशको च.नं. २०७० मिति ०३९।१२।१७ को पत्रको सिलसिलामा उक्त किताबहरू रोकी ना.अं.का.मा पठाएको जानकारीको साथै बा.अं.का.मा सम्पर्क राख्न भनी जानकारी प्राप्त भयो । तत्पश्चात पुनः बा.अं.मा २०४० श्रावण १० गते पत्र समेत दर्ता गर्ने गरी सम्पर्क राख्न जाँदा पत्र दर्तासम्म नगरी दिएकोबाट २०४० श्रावण ११ गते काठमाडौं गोश्वारा हुलाकद्वारा रजिष्ट्ररी पत्र अञ्चलाधीशज्यू बा.अं.लाई पठाएँ जवाफ प्राप्त भएको छैन । उपरोक्त अवस्था र परिस्थितिमा मेरो संविधानले प्रदत्त धारा ११(क) र(ङ) को साथै धारा १५ को हक समेत कुण्ठित र अपहरित भएको छ । ४. तसर्थ संविधानको धारा १६ र ७१ अन्तर्गत सम्मानित अदालतमा आएको छु उपरोक्त तथ्यको आधारमा श्री अञ्चलाधीश कार्यालय लगायत सम्ब