निर्णय नं. १८७२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८७२ - ज्यान भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१०/२७ २२२२ निर्णय नं. १८७२ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला सम्वत् २०३९ सालको फौ.पु.नं. २९३ सम्वत् २०४० सालको फौ.सा.नं. १०४ मुद्दा : ज्यान पुनरावेदक/प्रतिवादी : रोल्पा नुवा गाउँ गा.पं. वडा नं. ४ लौलेखोला गाउँघर भई हाल रोल्पा कारागारमा थुनामा रहेको नरसिंह पुन मगर विरूद्ध विपक्षी/वादी : टोपबहादुर पुन मगरको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४०।१०।२७।६ मा § अदालतमा साविती भएको र मर्नेका बायाँ कञ्चटको हड्डी समेत कुच्चिएको भन्ने लास प्रकृति मुचुल्काबाट देखिएकोले निजको ज्यान मार्नाको मनसाय नरहेको भन्ने देखिन नआउने । (प्रकरण नं. १४) पुनरावेदक प्रतिवादी तर्फबाट : विपक्षी वादी तर्फवाट : उल्लेखित मुद्दा : फैसला न्या. बासुदेव शर्मा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।५।३ को फैसला उपर चित्त नबुझेकोले उक्त इन्साफ उल्टाई पाउँ भनी प्रतिवादी नरसिंह पुन मगरको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. मेरो ५ पूस्ताको बज्यै नाताकी बिस्नी मगरनी एक्लै हुँदा कहिले आफ्नो घरमा बस्ने कहिले अन्यायवालाको घरमा बस्ने गर्थिन । निज बिस्नी मगरनी अन्यायावालाको घरमा बसेको अवस्था ०३६।३।१२ गतेका राति रुपैयाँ चोरी भयो भनेकाले ऐ १३ गते गाउँघरमा हल्ला गरी रुपैयाँ चोरी गर्ने को हो ? रुपैयाँ कसैले चोरेको भए थाहा नपाउने गरी डोकोमा राखी दिए कुनै उजूर गर्ने छैन नत्र पत्ता लगाई उजूर गर्नेछु भनी गाउँमा हल्ला सुनाई नरसिंहको घर बाहिर ऐ १३ गते डोको राखी नरसिंह र निजको स्वास्नी छोरी तथा निज बज्यै बिस्नी समेत घरभित्र सुती निदाएको बखत नरसिंहले बिस्नीलाई ढुङ्गाले चण्डीमा हानी कर्तव्य गरी मारी लास सो घरदेखि मुनी अं.५०० गज टाढा नरसिंहकै बारीको ढिकमा गाडेछ, ऐ १४ गते बिस्नी नदेखिएकोले कहाँ गइन् भन्दा कतै गाउँघरमा गई होलिन् भन्ने कुरा निज नरसिंहले गरेको र सो १४ गते साँझसम्म १५ गते बिहान पनि नदेखी निज नरसिंहले मारी दबाएको शङ्का भई म समेत गाउँलेहरूले ऐ १५ गतेमा खारखेर गर्दा कर्तव्य गरी मारेमा सावित भई हानेको ढुङ्गा र गाडेको लास समेत देखाएकाले जाहेरी दरखास्त गरेको छु कानून बमोजिम होस् भन्ने समेतको टोपबहादुर पुनको जोहरी दरखास्त रहेछ । ३. मर्ने बिस्नी कान्छी आमा नाता पर्ने र नजिकमा हामी दुईको मात्र घर हुँदा म कहाँ आउने बस्ने गर्थिन । निजको छोरा कमानसिंह मेरो छोरी नंखरालाई दुकानमा छाडी ०३६।३।१२ गते घरमा गई १३ गते रु.१००। मागेको दिइनन् । चोरी भयो भनी छलफल पनि भयो डोको पनि मेरो आँगनमा थापियो । बेलुका निज बिस्नी समेत मेरो घरमा खानपिन गर्दा चोरीको शंका लगाई भन्ने म र तैंले पनि मेरो स्वास्नी छोरी खाने बोक्सी भनेको छस् अझ तलाई पनि खान्छु भनी भनाभन भएपछि निज बिस्नी मेरो घरको तलामा म र श्रीमती छोरी समेत खाने बस्ने कोठामा सुत्यौं । मलाई रिस उठी रहेकोले स्वास्नी छोरी समेत मस्त निदाएका बखत आधा रातको समयमा बाहिरबाट ढुङ्गा ल्याई बायाँ हातले लाईट बाली दायाँ हातले मुडकीले ढुङ्गो कसी टाउका पट्टि ३ चोट हानेपछि निज बिस्नी मरेकीले निजलाई ओछ्यानको भांग्रोमा पोको पारी बोकी लगी लास दबाएको हुँ अरू मद्दत मतियार समेत कोही छैनन् भन्ने समेत प्र.नरसिंहले प्रहरीमा गरेको बयान कागज । ४. अभियुक्त नरसिंह पुन मगरले मात्र मार्छु भनी तल्लो त