निर्णय नं. १८७६ - उत्प्रेषणयुक्त परमादेशको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८७६ - उत्प्रेषणयुक्त परमादेशको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१२/१४ २३५० निर्णय नं. १८७६ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.नं. १८०९ विषय : उत्प्रेषणयुक्त परमादेशको आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : मोरङ जिल्ला विराटनगर न.पं. वार्ड नं. १४ घर भई हाल का.जि. अटक नारायण स्थान चिकंमुगल बस्ने प्रचण्डराज अनिल विरूद्ध विपक्षी : का.मु.भूमिसुधार अधिकारी, श्री नारायणप्रसाद पराजुली भू.सु.का मोरङ मोरङ वि.न.पं. वार्ड नं. १८ बस्ने भरतजी बहादुर थापा आदेश भएको मिति : २०४०।१२।१४।३ § निर्णयमा उल्लेख भएको आधारलाई न्यायिक आधार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) आफ्नो तजविजी अधिकारको प्रयोगगर्दा न्यायिक कारणहरू प्रष्ट रूपमा खुलाएको हुनु पर्ने। (प्रकरण नं. ११) (३) लाचारी वा गल्ती न्यायिक निर्णयको आधार बन्न नसक्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट : विद्वान स.अ.श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य तथा जिकिर यस प्रकारको रहेछ । २. मोरङ जतुवा कठकुम्मा गा.पं. वार्ड नं. ३(ख) स्थित कि.नं. १५ को जग्गा बिगहा ३–१९–८ मा जग्गाधनीको भोग अधिकार ममा निहित भई उक्त जग्गाको मोही विपक्षी भएकोमा जग्गा धनीले पाउनु पर्ने ०३६ सालको कूतबाली भूमिसम्बन्धी ऐन तथा नियममा व्यवस्था भए बमोजिम नबुझाएकोले विपक्षीबाट दिलाई भराई मोहीबाट निष्कासन गरिपाउँ भनी विपक्षी कार्यालय समक्ष उजूरीपत्र दिएकोमा दावीको बाली बुझाई सकेको हुँदा तिर्न बुझाउन बाँकी नभएको भन्ने कथन विपक्षीले प्रतिउत्तर दिई विपक्षी कार्यालयले बालीको हकमा किसिम अनुसार बाली मैले भरी पाउने ठहराएको तर मोहियानीबाट निष्कासन नगर्ने निर्णय गरेको छ । ३. मैले पाउनु पर्ने कूतको अंक घटाइनुबाट न्यायिक निकायको मर्यादा भंग हुन गएको छ विपक्षीले हामीलाई बुझाएको प्रमाणित गर्न भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(२) बमोजिम भर्पाई पेश गरेको छैन । यही अनिवार्य प्रमाणको अभावलाई मध्यनजर राखी विपक्षीले कूत बाली नबुझाएको न्यायिक निष्कर्षमा विपक्षी कार्यालय पुगिसकेपछि त्यसको अनिवार्य परिणाम मोहियानी हकबाट निष्कासन मात्र हुन सक्छ अन्य कुनै विकल्प नै छैन । विपक्षीलाई मोही कायम गर्नु जुन औचित्य विपक्षी कार्यालयबाट गरिएको छ भू.सु.ऐन, ०२१ को दफा २९(१) को मनसायलाई परिपुर्ति गर्दैन । निष्कासन गर्नु नपर्ने कारण युक्ति संगत तथ्यमा आधारित हुनुपर्दछ विपक्षी कार्यालयको स्वेच्छाचारी परिकल्पना उक्त ऐनको प्रयोजनको निम्ति वस्तुनिष्ट हुन सक्तैन । यस स्थितिमा गरिएको फैसला न्यायिक मनको अभावको कारण हुनुको साथै स.अ.को प्रतिपादित सिद्धान्त तथा भू.सु.ऐनको दफा २९(१) को प्रतिकूल भई उक्त फैसलाबाट निवेदकको संविधानद्वारा प्रदत्त मौलिक हक अधिकारबाट वञ्चित भएकोले संविधानको धारा १६ र ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षी कार्यालयको ०३८।११।१० को फैसला बदर गरी पुनः कानून बमोजिम गर्नु भन्ने परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने यस