निर्णय नं. १८७७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८७७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१२/१४ २२३७ निर्णय नं. १८७७ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. १७३९ विषय : उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जि. मोरङ विराटनगर न.पं. वार्ड नं. १८ बस्ने माधवजीबहादुर थापा विरूद्ध विपक्षी : हाल का.न.पं. वार्ड नं. २३ चीकंमुगल बस्ने प्रचण्डराज अनिल ऐ ऐ बस्ने मिश्री नानी मास्के जि. मोरङ विराटनगर पञ्चायत वार्ड नं. १७ मा निज प्रचण्ड राज अनिलके ३रमा कमलीमा काम गरी बस्ने जनकु भन्ने जनकलाल यादव भूमि सुधार कार्यालय मोरङका का.मु. भु.सु.अ. नारायण प्रसाद पराजुली भूमि सुधार कार्यालय मोरङ विराटनगर आदेश भएको मिति : २०४०।१२।१४।३ मा § तोकिए बमोजिम कूत निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम धरौट रहेको कूत निवेदकले बुझी लिनु पर्ने निर्णय गरेको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार र विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य र निवेदन जिकिर निम्न अनुसार छ : २. जि. मोरङ जतुवा कलकुणा गा.पं. वार्ड नं. ३ (ङ) को कि.नं. १ को दोयम जग्गा बिगहा २–१७–१४ को म मोही हुँ । भू.सं.ऐन लागू भई अघिदेखि विपक्षीका बाबु स्व.प्रेमराज मास्केले प्रतिबिगहा ८ मनका दरले धान बुझाउने ठेक्का शर्त कबूलियत गरी कूत बुझी भर्पाई दिनुभएको सोही बमोजिम व्यवहार चली आएकोमा ०३६ सालको कूत बाली अबल जग्गाको कूत बापत धान मन १५ प्रति बिगहा दिलाई भराई मोहीबाट निष्कासन गरिपाउँ भनी विपक्षीले मेरा उपर उजूर दिएकोमा मैले कूत बापत दोयम भिट जग्गा भएको हुँदा पाटा मन ११ मन २५— सेर बुझाउनु पर्ने र मोहियानी सुरक्षित रहने भनी मिति ०३८।११।१० मा विपक्षी कार्यालयबाट निर्णय भयो । ३. उक्त फैसला भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३३ को उपदफा (ख) को पूर्ण विपरीत छ । घटी दरमा कूत ठेकी लिने गरी आएकोमा सोही घटी दर नै कायम हुने बढाई लिन नहुने प्रष्ट छ । मैले ठेक्का बमोजिम कूत जनकलाललाई बुझाएको भने पछि निजलाई अ.बं.१३९ नं. बमोजिम बुझी ठहर गर्नुपर्ने नगरेको त्रुटि भयो । प्रमाण ऐनको दफा ३ समेतको विपरीत गरी अ.बं.१८४ क.१८५ को उल्लेख भएको छ किसिम अनुरूप के कति कूत दिनु पर्ने भनी बोलिएको भू.सं.ऐनको दफा ३३(ख) को त्रुटिको साथै प्रतिपादित सिद्धान्त विपरीत छ । उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी भू.सु.का.को निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. विपक्षीसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिङ्गल बेञ्चको आदेश । ५. भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३३(ग) अनुसार तोकिएको कूत बाली सम्म जग्गाधनीले मोहीबाट लिन पाउने मोहियानी हक यथावत रहने गरी भएको निर्णय फैसलाबाट हक हनन् नभएको हुँदा रिट खारेज हुन अनुरोध छ भन्ने समेत भूमिसुधार कार्यालय मोरङको लिखितजवाफ । ६. मोही निष्कासन नगरेकोमा मैले रिट दिएको छु । भर्पाईको अभावमा कूत बुझाएको समर्थन हुन नसक्ने जनकलाललाई बुझ्न पर्ने भन्ने निरर्थक छ । तोकिए बमोजिमको कूत पाउने ठहराएको कानूनसंग