निर्णय नं. १८७९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८७९ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०५ २५१९ निर्णय नं. १८७९ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको फौ.पु.नं. ३५१।३७० सम्वत् २०४० सालको फौ.सा.नं. १०७ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : पुरीलाल न्यौपानेको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/वादी : मनिचन्द्र प्याकुरेल जैंशी समेत र पुनरावेदक/प्रतिवादी : सानु मुनिचन्द्र प्याकुरेल विरूद्ध वादी : श्री ५ को सरकार फैसला भएको मिति : २०४१।१।५।३ मा § म्याद भित्र पुनरावेदन परेकोमा सो पुनरावदेन हेरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. २३) फैसला न्या. धनेन्द्रबहादुर सिंह : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर दुवै पक्षको पुनरावेदन परी साधक निकासा निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ। २. दिपलाल जैशीको छोरा भएको उपलक्ष्यमा ०३६।९।२४ गते राति छैंटि मनाउन गाउँ आसपासका मानिस भेला भई दिपलालको घरमा खेल खेलिरहेका बेलामा अं.वर्ष १५ को हरिकला पनि खेल खेल्न आएकी रातमा देव मुनिको छोरा वर्ष २२ को मनीचन्द्र जैशीले हरिकलालाई इसारा गरी बोलाई बनजाडा गाउँ देखि पूर्व अन्दाजी १६–१७ सय गज टाढा लगी गडाहामा पुर्‍याएपछि मृत्यु भइछन् । उक्त लाश गडाहाबाट उठाई निज मनिचन्द्रको घरमा ल्याई राखेका र के कस्तो कारणबाट निजको मृत्यु भएको हो यकीन थाहा छैन । निज मनिचन्द्रलाई पक्री साँचो सत्य पत्ता लगाई कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त । ३. नाक मुखबाट रगत बगेको आँखा चिम्लिएको चोलाको कठालामा र दुवै बाहुलामा रगत लागेको चिउँडोमा ठोकिए जस्तो रातो डबल रूपैयाँजस्तो डाम देखिएको पछाडि पट्टी कपालको चुल्ठो रगतले भिजेको गर्दनमा केही रगत देखिएको दुवै हातको नङमा हत्केलामा घटना घटेको ठाउँको माटो लागेको गाला ज्यादै फुलेको गुदद्वारबाट दिशा निस्की जताततै लतपतिएको योनीबाट निस्केको रगत बगी गुदद्वारमा जमेको मुखबाट आएको रगत बगी छातीमा धारो लागी बगेको । बाया गोडाको काछमा २ इन्च लामो १।। इन्च चौडा ताछिइ खुइलिएको घाउ भएको योनीको बायाँ किनारमा पीरामिड आकारको छाला खुइलिएको योनीमा रांै नआएको योनी जबरजस्ती फुटाएको ज्यादा रगत बगेको स्तन आउन मात्र शुरू भएको लगाएको घाँघरमा सेतो टाटो भएको भन्ने समेत लास प्रकृति मुचुल्का । ४. ०३६ साल पौष २४ गते दिपलाल जैशीको घरमा दिउँसो खसी काटी भोज खायौं र रातमा दिपलाल जैशीको घर अगाडि आगनमा आईमाईको खेल लागेको र आधा रात भएको हुँदो हो भू.पू.प्र.पं.मुनिचन्द्र प्याकुरेलले मलाई केही पर डाकी लगी १ जना छोकडी (तरूनी) मैलेसँगै ल्याएको छु हरिकला खेलमा छ बोलाएर ले परतिर गई खेलांैला भने हरिकलालाई बोलाई मसँगै लगी अघि पछि भई जाँदै थियौं पर मेलको रूख मुनी भु.पु.प्र.प.मुनिचन्द्रभन्दा हामीहरू पछि पछि हिडियो केही पर पुगी बाटो छाडी धारा निर लागे तुल्याउँदा भन्ने गरामा पुगे पछि हरिकलालाई आफ्नो साथमा राखी मलाई घरतिर जा भनी भन्दा म पनि १५ गज दक्षिण आई बसे भू.पू.प्र.पं.ले त्यस पछि हरिकलालाई गरामा बसाली करणी गर्न शुरू गर्न बल निकै गरेका हुन् हरिकलालाई तुल्याउँदा भन्ने गरामा उत्तानो पारी आफ्नो सुरवाल खोली जबरजस्ती करणी गरेका हुन । निज मनीचन्द्रले आईज तँ करणी गर भने हरिकला गाली गर्दै थिईन मैले पनि करणी गरे हरिकला दुख्यो भन्दै कराउँदै थिईन । मैले करणी गरी सकेपछि हरिकला सुस्तरी उठेर पेट समाती प