निर्णय नं. १८८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८८० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०४ २४३५ निर्णय नं. १८८० ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १८३१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. सप्तरी रूपनगर गा.पं वडा नं. ५ बस्ने कृष्णसाहु तेली विरूद्ध विपक्षी : ऐ ऐ बस्ने गणेशप्रसाद पोखरेल, भू.सु.का. सप्तरी आदेश भएको मिति : २०४१।१।४।२ § आधार प्रमाणबाट रिट निवेदकलाई मोही हकबाट निष्कासन हुने ठहर्‍याई प्रत्यर्थी भूमिसुधार कार्यालय सप्तरीबाट निर्णय गरेकोमा कानूनको त्रुटि गरी निर्णय गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी श्री कृष्णप्रसाद श्रेष्ठ आदेश न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भनी पर्न आएको निवेदनको तथ्य तथा जिकिर निम्न अनुसार रहेछ । २. विपक्षीले कि.नं. १४३ को ०–१५–१ को ०३३ सालको बाली भराई जग्गा निष्कासन गरिपाउँ भनी उजूरी गरेकोमा बाली भराई दिने जग्गा निष्कासन नहुने भनी गरेको निर्णय उपर रिट निवेदन पर्दा पुनः निर्णय गर्नु भनी स.अ.डि.बेञ्चबाट परमादेशको आदेश जारी भएकोमा मोही निष्कासन गरिपाउँ भनी विपक्षीको निवेदनको आधारमा विपक्षी कार्यालयबाट निष्कासन हुने ठहर्छ भनी ०४०।२।५ मा निर्णय भएछ । सर्वोच्च अदालतबाट पुनः कारवाही गर्न परमादेशको रिट जारी भएपछि मलाई म्याद पठाई झिकाई कारवाही गर्नुपर्नेमा मलाई थाहा खबरै नदिई प्राकृतिक न्याय सिद्धान्तको विपरीत अ.बं.१८५ को कानून त्रुटि गरी गरेको भू.सु.का.को ०४०।२।५ को निर्णय नेपालको संविधानको धारा १६।७१ बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने निवेदन। ३. विपक्षीहरूबाट लिखितजवाफ लिई नियम बमोजिम गरी पेश गर्नु भन्ने यसै अदालत सिङ्गलबेञ्चको ०४०।३।८।४ को आदेश । ४. वाली भराउने निर्णयतर्फ रिट निवेदकको उजूर नपरेको मोही निष्कासन नगरे तर्फ रिट परी मोही निष्कासन नगरे तर्फ परमादेश जारी भएको र ०३३ सालको बाली नबुझाएको ठहर भइसकेकोले मोही निष्कासन तर्फ ०४०।२।५ मा भएको निर्णय कुनै पनि अधिकार क्षेत्र प्राकृतिक न्यायको सिद्धान्तको अपालना कानूनी त्रुटि आदी रिट जारी गर्न आवश्यक पर्ने कुनै पनि शर्त पूर्वावस्था प्रस्तुत मुद्दामा विद्यमान नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने गणेशप्रसाद पोखरेलको लिखितजवाफ । ५. रिट कर्ताले मलाई बुझ्दै नबुझी निर्णय गरे भन्ने कुरालाई रिटकर्ताका नाउँमा जारी भएको म्याद ०३९।११।१६ मा आफैंले बुझी लिई ०३९।१।२४ मा प्रतिउत्तर पेश गरी तारेखमा बसेको ०४०।२।५ मा निर्णय भएकोमा निर्णय भई त्यसमा निजले चित्त बुझाई बसेको हुँदा यस कार्यालयबाट भएको निर्णय कानूनसंगत भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भू.सु.का.सप्तरीको लिखितजवाफ । ६. निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री इच्छाहर्ष वज्राचार्यले रिट निवेदकलाई बुझ्दै नबुझी मोही निष्कासन हुने भनी निर्णय गरेको त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठले रिट निवेदनलाई प्रतिपाद गराई निर्णय गरेको कानूनसंगत हुँदा रिट जारी हुने अवस्था छैन । खारेज गरिपाउँ भन्ने समेत बहस