निर्णय नं. १८८२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८८२ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०३ २४९० निर्णय नं. १८८२ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान विषय : उत्प्रेषण निवेदक : का.जि. का.न.पं. वार्ड नं. ३० ज्याठा टोल बस्ने सानुरत्न स्थापित ऐ ऐ बस्ने लक्ष्मी सोभा स्थापित ऐ ऐ बस्ने मोहन कुमारी स्थापित विरूद्ध विपक्षी : प्रधानपञ्च काठमाडौं नगरपञ्चायत धर्मपथ काठमाडौं का.जि. का.न.पं. वडा नं. १ जमल बस्ने कमल रत्न तुलाधर ऐ ऐ बस्ने अष्टरत्न तुलाधर ऐ ऐ बस्ने संघरत्न तुलाधर ऐ ऐ बस्ने तेज शाक्य ऐ ऐ बस्ने पुष्प रत्न शाक्य ऐ ऐ बस्ने शुभरत्न शाक्य आदेश भएको मिति : २०४१।१।३।१ मा § हक बेहकको प्रश्न उपस्थित हुन आएमा न.पं.ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षीले गरेको ०४०।४।२० को पर्खाल भत्काउने गरी गरेको फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएको जिकिर तथा तथ्य संक्षेपमा यस प्रकार छ । २. यसमा वादीबाट प्रमाण स्वरूप पेश भइरहेको नापीको नक्सामा हेर्दा ओभरसियर मार्फत पेश हुन आइरहेको नक्साबाट बाटो च्यापिएको देखिएकोले प्रतिवादीले यो च्यापी बनाएको पर्खाल आजका मितिले ३५ दिनभित्र भत्काई दिनुभनी प्र.को वा.मोहनकृष्णलाई सुनाई दिने म्यादमा नभत्काए का.न.पं.बाट भत्काई दिने निर्णय दुवै पक्षलाई सुनाई दिने भन्नेसमेत व्यहोराको का.न.पं.को ०४०।४।३० को फैसला । ३. विपक्षीले दिएको निवेदन हेर्दा के कति बाटो च्यापिएको भन्ने पनि छैन । मूल गेटनेर च्यापेको हाम्रो प्रमाणित बाटोको आवश्यक व्यवस्था मिलाई पाउँ भन्ने दावी देखिन्छ । पर्खाल भत्काई पाउँ भन्ने दावी छैन । यस ठाउँमा र मिति मिचिएको भन्ने नभई हचुवा रूपमा दिएको उजूरीमा सनाखत गराउँदा समेत किटान गर्न सकेको छैन । साविक पर्खाल अलिकति भत्कन गएकोमा साविक जग्गाबाटै मर्मत गरेको र दर्तावाला व्यक्तिहरू मेरो भाउजू र श्रीमती हुन् भनी देखाएकोमा का.जि. का.न.पं. वडा नं. १ कि.नं. १२७६ को दर्तावाला जग्गाधनी म लक्ष्मीशोभा र कि.नं. १२७५ को दर्तावाला जग्गा पनि म मोहनकुमारीलाई बुझ्ने कार्य समेत नगरी हक बेहकको प्रश्न समेत हुन आएकोमा न्या. प्र.सु.ऐन, ०३१ को दफा ९ ले अदालतले मात्र फैसला गर्ने अधिकार भएकोमा बाटो च्यापी पर्खाल बनाएको भनी ठहर गरेको अ.बं.३५ नं. समेतको त्रुटि भएको छ । नगरपञ्चायत ऐन, ०१९ को दफा ४६ मा पर्खाल बनाउन नक्सा पास गर्नुपर्ने पनि देखिँदैन । सर्भे नापीबाट पर्खाल देखिई रहेको र मर्मत सम्म गरेको हो भनिएको यस्तो अवस्थामा ऐ ऐन दफा ४६(१) ले पनि नक्सा पास गर्नुनपर्ने । दर्तावाला र म सानुरामलाई समेत नराखी नक्सा मुचुल्का बनाई ल्याइएछ र हतपत नै पर्खाल भत्काउने ठहर गरिएको छ । ऐ ऐन ५३(२) अन्तर्गत नक्सा पास सम्बन्धी कुनै उच्चारण गरिएको छैन । ऐ ऐनको दफा १७ (ढ) मा हक बेहक छुट्याउनु पर्ने भन्ने बाहेक शब्द रहेको र मैले बाटो भनेको भए अदालतमा उजूर गर्न सक्नु पर्ने सो विवाद उठाई बयान गरेकोमा पनि रोहवर नराखी अ.बं.१७१ नं. को समेत त्रुटियुक्त नक्सा भिडाई भत्काउने निर्णय गरेको छ । उजूरीमा मूल गेटनेर जग्गा मिचेको भन्ने छ