निर्णय नं. १८८३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८८३ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०४ २१८७ निर्णय नं. १८८३ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १२३७ विषय : उत्प्रेषण निवेदक : बजरङ्गवली स–मिल इटहरीको साझेदार, जि. मोरङ विराटनगर न.पं. वार्ड नं. ८ बस्ने किसनलाल दुगड विरूद्ध विपक्षी : श्री ५ को सरकार कर कार्यालय धरान सुनसरी, श्री कर विभाग डिल्लीवजार काठमाडौं आदेश भएको मिति : २०४१।१।४।२ मा § हचुवा आधारबाट गरेको आयकर निर्धारण वा आदेश सूचना पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुसिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : विपक्षी कार्यालयको ०३९।१।५ को आयकर निर्धारण आदेश तथा कर विभागको ०३८।८।२४ को निर्णय र ०३९।८।२५ को बोधार्थ कर कार्यालय धरानको ०३९।९।१२ को रकम दाखिला गर्न माग गरेको पत्र समेतका निर्णय आदेश तथा पत्रहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथ्य संक्षेपमा यस प्रकार छ । २. कर दाताको आर्थिक वर्ष ०३६–०३७ कर निर्धारण भएको साल ०३८–०३९ मा जम्मा खूद आय ३,७७८१८।२० देखाइएको संक्षिप्त विवरण यस प्रकार छ, तपाईंले मुनाफा रु.देखाई आ.ब.०३६–०३७ को आय विवरण पेश गरेको उपस्थित भई बयान गर्दा सो कुरा पुष्टि गर्ने आधारयुक्त सबूत प्रमाणहरू पेश गर्नु भनेको आयकर ऐनको दफा ३३(४) अनुसार ७ दिने म्याद दिई लेखी पठाउँदा पनि कुनै आधारभूत सबूत प्रमाण पेश गर्न नसकेकोले त्यस फर्मको चलन चल्ति कारोवार गत सालमा कायम भएको आय प्राप्त आय तथ्याङ्क एवं सूचना र पेश हुन आएको निरीक्षकको पूरा गरेमा प्रतिवेदन समेतलाई ध्यानमा राखी ऐनको दफा ३३(३) बमोजिम उक्त आय निर्धारण गरिदिएको छ विवरण झुठ्ठा अधुरो ठहरेमा ऐन बमोजिम कारवाही गरी उसै बखत पुनः कर निर्धारण गरी असूल उपर गरिदिने व्यहोरा समेत अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको कर निर्धारण आदेश । संविधानको धारा ५८ ले कानून बमोजिम बाहेक कुनै कर लगाउन र उठाउन हुँदैन भन्ने प्रष्ट व्यवस्था गरेका हुँदा कानून बमोजिम मनासिब खर्च कटाई वास्तविक खूद आय निर्धारण गर्ने कारवाही गरी मात्र कर निर्धारण गर्नुपर्नेमा आयकर ऐन दफा २(ढ) दफा ६ बमोजिम नगरी नेपाल आयकर नियम, ०२० को नियम ११(२) र आयकर नियमावली, ०३९ को नियम १६ बमोजिम आयको हिसाब कसरी गएको छ सो समेत नखुलाई गरेको आदेशबाट कर रकम उठाउन नपाउने त्यस्तो कर विभागले नै बदर गरी कानून बमोजिम गर्न लगाउन पर्नेमा सो गर्नु नभएकोबाट कर विभाग समेतको मिति ०३९।८।२४ को निर्णय को ऐ २५ गतेको सूचना समेत सम्पूर्ण निर्णय आदेश सूचना गैरकानूनी भएबाट निवेदकको संविधानको धारा ११(२)(ङ) र धारा १५ तथा धारा ५८ र धारा ११(३) को हक अधिकारमा आघात पुगेकोले सो प्रचलनको लागि धारा १६ तथा धारा ७१ बमोजिम उत्प्रेषण वा अन्य आज्ञा, आदेश वा पूर्जी जारी गरी उपरोक्त आदेश एवं निर्णय बदर गरी कानून तथा प्रतिपादित सिद्धान्त बमोजिम आयकर निर्धारण गर्नु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ३. विपक्षीबाट सम्बन्धित मिसिल समेत राखी लिखितजवाफ मगाउनु भन्ने समेत ०३९।१०।२५।३ को सिङ्गलबेञ्चको आदेश । ४. आफ्नु भनाइला