निर्णय नं. १८८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१२/२४ २४२९ निर्णय नं. १८८४ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नम्बर ९८० विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. दाङ्ग त्रिभुवननगर न.पं वार्ड नं. १० बस्ने दुर्गाप्रसाद श्रेष्ठ विरूद्ध विपक्षी : उच्चस्तरीय समिति दाङ्ग घोराही, जिल्ला दाङ हापुर बिजौरी गा.पं. वार्ड नं. ३ बस्ने हरिदास चौधरी आदेश भएको मिति : २०४०।१२।२४।६ मा § नियमहरूले तोकेको कार्यविधी नअपनाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(क) बमोजिम मोही कायम गरेको उच्चस्तरीय समिति दाङको निर्णय त्रुटिपूर्ण भएको हुँदा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी उच्चस्तरीय समिति दाङको मिति २०३९।६।६ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३९।६।२५।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन : गिरिराज दाहालका नाउँमा दर्ता भएको २ कित्ता को अं.२–०–० जति जग्गा ३ वर्ष अगाडि देखि अधियाँ शर्तमा जोती कमाई आएको छु । मोही दर्ता गरी प्रमाणपत्र पाउँ भन्ने हरिदास चौधरीको मिति ०३५।२।१८ को उजूरी । निजको ज्वाइँ लरेनालाई जग्गा कमाउन दिएको थिएँ । पछि आफ्नो ससुरो हरिदासलाई जोत्न दिएछ । यो वर्ष मसँग नसोधी जोतेको छ । जग्गामा गहुँ निजले छरेको छ जग्गा अं.१–१८–० हो । बाली पाएको छैन भर्पाई दिन मेरो मञ्जूर छैन भन्ने समेत गिरिराजको एकाघरको आमा चुमाकुमारी दाहालले मिति ०३५।९।५ मा गरेको कागज । लरेना चौधरीलाई ७ दिने म्याद ०३६।३।२२ मा तामेल भएको म्यादै गुजारी बसेको । जोतेको भनेको जग्गा कुन रहेछ भनी अमीन खटाई पठाउँदा हापुर गा.पं. वार्ड नं. ८क को कि.नं. ३०३ मध्ये पूर्वतर्फ १–४–१७ र वार्ड नं. ९ को कि.नं. ८० को १–१८–६ भएको अमीनबाट प्राप्त प्रतिवेदनबाट देखिएको छ । कि.नं. ८० को र कि.नं. ३०३ को संधियार तुलसीराम शर्मा र लरेना चौधरीले २०२९ सालदेखि अधियाँ शर्तमा जोती कमाई आएको छ । आयस्ता बुझाउदै गरेको छ भन्ने निजहरू समेत जना १५ ले गरेको किटानी सरजमीन मुचुल्का मोठ श्रेस्ता बुझ्दा हापुर बिजौरी गा.पं. वार्ड नं. ८क को कि.नं. ३०३ को ज.बि.४–१२–६ गिरिराज दाहालको नाममा र वार्ड नं. ९ग को कि.नं. ८० को ज.बि.१–१८–६ मिति ०३८।९।८ को पारित राजीनामा बमोजिम गिरिराज दाहालको नामबाट दुर्गाप्रसाद श्रेष्ठका नाउँमा श्रेस्ता कायम हुन आएको दुर्गाप्रसाद श्रेष्ठलाई झिकाउँदा उजूरीमा दावी गरेको जग्गा हापुर गाउ पञ्चायत वार्ड नं. ९ग को कि.नं. ८० को ज.बि.१–१८–६ जग्गा ०३८।९।८ मा खरीद गरी लिएको कसैले मोही लेखाएको छैन । बरू हापुर गा.पं. वार्ड नं. ८(क) कि.नं. ३०३ को जग्गामा हरिदासले मोहीमा उजूरी गरेका छन भनेकाले खरीद गरी लिएको हो । जग्गा कमाएको भन्ने जग्गाधनीको मुखबाट सुनेको हुँ जग्गा मैले नै जोती कमाई आएको छु कि.नं. ८० मा मोही कायम गरी दिन मञ्जूर छैन भन्ने दुर्गाप्रसाद श्रेष्ठले गरेको बयान । हरिदासले अघिदेखि जोती अधियाँ शर्तमा कमाई आएको देखिँदा भूमिसम्बन्धी ऐनको दफा २५(क) बमोजिम मोही कायम हुने ठहर्छ भन्ने उच्चस्