निर्णय नं. १८८६ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८८६ - ठगी भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०३ ३१९६ निर्णय नं. १८८६ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ४५० मुद्दा : ठगी पुनरावेदक/प्रतिवादी : धरान नगरपञ्चायत वार्ड नं. ४ बस्ने माधवप्रसाद वस्ती ऐ ऐ वार्ड नं. १२ बस्ने पशुपति नाथ रेग्मी विरूद्ध विपक्षी/वादी : ऐ ऐ वार्ड नं. ७ बस्ने गोविन्द मोक्तान फैसला भएको मिति : २०४१।१।३।१ मा § कानूनी प्रश्नमा विबन्धनको सिद्धान्त लागू हुँदैन । (प्रकरण नं. २०) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : पूर्वाञ्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट भएको मिति २०३८।१०।१२ को इन्साफ उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. उदयपुर माल तालुक प्र.तल्लो हटी मौजे १११ नं. पुरनदह झोरा लगत बिगहा २७।३ जिरायत ३।।४।३ र मौजे ११७ नं. बहाली झोरा लगत बिगहा ३।.।।। २ मा जिरायत नभएको मौजा ११८ नं. बेलाहा बर्दमारी झोरा लगत बिगहा ११९१।।।२ मा जिरायत बिगहा ।।१ मौजु ११० नं. भागलपुरमा लगत बिगहा ५३३ ।४।।। मा जिरायत बिगहा ४७५ समेत जिरायत ४७९।४।२ र ऐलानी नम्बरी ९५।।९।१।४ समेत ५७९।।।१ को ४ मौजाको साविक जिमीदार विपक्षी खड्गबहादुरले ०१६ सालको मालपोत बुझाउन नसकी लिलाम बढाबढबाट मैले मालपोत असूल गरी ज.बि.२०५ नदी काटमा परेकोले सोको मुआब्जा पाउने भई ०१६ सालको वक्यौता ०१७ सालको मालपोत समेत मैले सकार कबुल गरी ४ मौजाको बहाली चलानी पूर्जि पाई मेरो हक भएको । विपक्षी मध्ये खड्गबहादुर, पशुपतिनाथ र माधवप्रसाद समेत मिली अवैधानिक कागज गरी पशुपतिले ४० बिगहा माधवप्रसादले ७५ बिगहा र खड्गबहादुरले ६० बिगहा समेत गरी १७५ बिगहाको भू–आर्जन अधिकृत बोधविक्रमलाई हात लिई पशुपतिनाथले रु.३१,९३०। माधवप्रसादले रु.५९,८५०। र खड्गबहादुरले रु.४७,८८०।– समेत जम्मा रु.१,३९,६६०।– मुआब्जा ठगी गरी लिए खाएकोले बिगो दिलाई ठगीका ४ नं. बमोजिम विपक्षीहरूलाई सजाय समेत गरिपाउँ भन्ने व्यहोराको मिति २०२२।१०।१८ को मानबहादुर तामाङको फिराद । ३. भागलपुरको जिमीदारी खड्गबहादुरका नाउँमा दर्ता रहेकोले रैती बन्दोवस्त गर्नुपर्ने भई खड्गबहादुरको भाइ मानबहादुर र आमा चन्द्रमाया समेतका अरू रैती र मलाई पनि खड्गबहादुरले पोत लिई रैती भर्ना गरी २०१५ सालको बाँकी पोत मबाट लिई जि. पं.श्रेस्तामा समेत उपर गरी २०१६ सालको बाली लगाएपछि कोशी कटान भई २०१८ सालमा वादीले मौजा लिएको हुनाले कोशी कटानको मुआब्जा वादीले नपाउने हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको २०२३।३।३।६ को माधवप्रसाद वस्तीको प्रतिउत्तर । ४. जिरायत जग्गा बिगहा ४७५ मध्ये बिगहा ५० जिमीदार जगतबहादुर श्रेष्ठले मलाई लिखित गरी दिएको हो । सो मध्ये ४० बिगहा जग्गा नदी काटमा परेकोले सोको क्षतिपूर्ति पाइने हुँदा क्षतिपूर्ति बुझेको हो वादीको सो जग्गामा हक दावी नपुग्ने हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको २०२३।३।३।६ को माधवप्रसाद वस्तीको प्रतिउत्तर । ५. मिति २०२२।११।२१ मा तामेल भएको म्यादमा विपक्षी खड्गबहादुर श्रेष्ठले प्रत्यूत्तर नदिई गुजारी बस्नुभएको ।