निर्णय नं. १८८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/१४ २७४३ निर्णय नं. १८८७ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. १२२१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : ल.पु.न.पं. वडा नं. ६ बस्ने आशाकाजी शाक्य विरूद्ध विपक्षी : ऐ ऐ बस्ने आशारत्न शाक्य, ३ नं. नापी गोश्वारा अधिकृत मालपोत कार्यालय ल.पु. का अधिकारी ३ नं. नापी गोश्वारा ४ नं. नापी टोली ल.पु. को समीतिका अध्यक्ष श्री प्र.जि.अ. ल.पु.जि आदेश भएको मिति : २०४१।१।१४।५ मा § तेरो मेरो विवाद उठेकोमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ को समितिले गर्न पाउने गरी उक्त दफामा लेखिएको नपाइने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री खड्गमान सुवेदी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली एवं विद्वान सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधान उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. मेरा पुर्खा बाबु बाजेको पालाको घर भत्की पाताल भइरहेको ल.पु.न.पं. वडा नं. ६ वकु वहाल चिमालाछी टोलको पूर्व म आशाकाजीको घर र म समेतेको साझा थालीपात पश्चिम मेरो साझा इनार भएको चोक र बाटो उत्तर मेरो आफ्नो टहरा दक्षिण विपक्षी मध्येका आशारत्नको किलास समेतको घर र मेरो र ऐ बस्ने बहादुर शाक्यको र विपक्ष आशारत्न समेतको साझा चोक यति ४ किल्ला भित्रको पूर्व पश्चिम लम्बाई फुट १६ उत्तर दक्षिण चौडाई फुट ५–५ इन्चको घर पातालको वारी बाबु बाजेको शेष पछि मेरो हक भई सो जग्गा तर्फ मेरो घरको बलेसी समेत तर्काई उक्त जग्गा मध्ये पश्चिम तर्फ कानूनको रीत पुर्याई आधि जग्गा टहरा बनाउन जमीनमा इँटाले छापिएर बाँकी पूर्वतर्फ भागमा सागपात तरकारी लगाई आजका मिति सम्म मेरै हकभोग चलनमा भएको भन्ने नक्सा सरजमीन भएमा पनि प्रष्ट हुनेछ । उक्त जग्गा हाल नापी हुँदा कि.नं. २१६ कायम भएको छ । उक्त मेरो जग्गाको दक्षिण साँधको आशारत्नको स्ववासी घरमा तला थपी घर बनाउने र चर्पी बनाउने भन्ने ल.पु.न.पं.मा विपक्षीको नक्सा दर्खास्त गर्दाका अवस्थामा विपक्षले आफ्नो साविक स्ववासी घरको उत्तर म आशाकाजीको केबवारी र म आशाकाजीको साझा धालपात भनी किटानी लेखिएको र सो बनाउने घर बाहेक चर्पी बनाउने भन्नेको ४ किल्ला देखाउँदा पूर्व बाटो र मेरो र आशाकाजीको घर पश्चिम साझा चोक र सार्वजनिक इनार भएको चोक उत्तर मेरो र आशाकाजीकै साझा घालपात र निज आशाकाजीकै घर र केवबारी दक्षिण ऐ बस्ने बहादुर शाक्यको किलास समेतको घर भनी ४ किल्ला देखाई लेखिएकोबाट मेरो केवबारी र साझा चोक समेत घुमाउरो तरिकाबाट घुमाई आफ्नो एकलौटी हक कायम गर्न ल.पु.न.पं.मा नक्सा दरखास्त गर्नु भई म उक्त सँधियार भनी र बहादुर शाक्य दक्षिण सँधियार भनी देखाई १५ दिनको म्याद जाहेर गराउनु भएको रहेछ । सो म्याद म आसाकाजीको घर पाताले केवबारी र साझा चोक घुसाई दर्खास्त गरेकोले रोकी पाउँ भन्ने र साझा चोक घुसाएकोले नक्सा पास रोक्का गरिपाउँ भन्ने बहादुर शाक्यको उजूर परी ल.पु.न.पं.बाट चर्पी बनाउने तर्फ तेरो मेरो देखिएकोले जि. अ.मा नालेश गरी हक कायम गरी ल्याएका अवस्थामा नक्सा पास गरिदिने र तला बनाउने तर्फ छुट्टै नक्सा दर्खास्त परे कानून बमोजिम नक्सा पास पूर