निर्णय नं. १८८८ - लिलाम बिक्री बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८८८ - लिलाम बिक्री बदर भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०३ ३१५२ निर्णय नं. १८८८ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको दे.पु.नं. ४४२ मुद्दा : लिलाम बिक्री बदर पुनरावेदक/वादी : सिद्धार्थ न.पं. वा.नं. २ वेलहिया बस्ने वर्ष ४६ को शेरबहादुर गुरूङ विरूद्ध विपक्षी/प्रतिवादी : जि. रूपन्देही सिद्धार्थ नगरपञ्चायत वा.नं. ३ बस्ने पूर्णसिंह ठाकुर ऐ ऐ वा.नं. ५ मा स्थित नेपाल बैंक लिमिटेड भैरहवा शाखाको सहायक केदार बहादुर थापा । ऐ ऐ का सहायक लब प्रसाद खनाल ऐ ऐ का सहायक गोविन्द राज श्रेष्ठ ऐ ऐ का हे.पि. पदम बहादुर शाही ऐ ऐ का गोकुल प्रसाद पौडेल ऐ ऐ का प्रवन्धक कृष्ण कुमार पोख्रेल ऐ ऐ मा स्थापित नेपाल बैंक लिमिटेड भैरहवा शाखा फैसला भएको मिति : २०४१।१।३।१ मा § आफूले लिएको कर्जामध्ये के कति बाँकी छ सो असामी वादीलाई थाहा नहुने स्थिति रहँदैन । (प्रकरण नं. १६) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री श्याम प्रसाद खरेल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री अनुपराज शर्मा र विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. विपक्षी नेपाल बैङ्क लिमिटेडलाई कर्जा लिए बापत भारतीय र विदेशी कपडा छुट्टाछुट्टै दिई धितो राखेको र थप सुरक्षण भनी घर रु.१,०००००। मात्रमा मिति ०३३।१२।२ मा दृष्टिबन्धक लेखाई भू.प्र.का.रूपन्देहीबाट रजिष्ट्रेशन पास गराएकोमा कर्जा चुक्ता गर्न नसकेको भनी ने.वै.लि.मा धितो राखेको कपडाहरू मिति ०३४।८।९ मा बिक्री गरी आएको रकमको जानकारी नदिई विपक्षीहरूले अधिकार विना अवैध तरिकाबाट रु.१७२०९४। पर्ने घरलाई रु.१,०००००। मा लिएको मेरो पर्ने मूल्यभन्दा घटी रु.७३,०००। मूल्यमा पूर्नसिंह ठाकुरले सकार गर्ने गरी लिलाम बिक्री गरेकोले त्यस्तो लिलाम बदर गरी मेरो घर जग्गा मेरो सदर गरिपाउँ भन्ने समेत शेरबहादुर गुरूङको फिरादपत्र रहेछ । ३. फिरादीका लेख बमोजिम निजको सम्पत्ति मैले अवैध तवरबाट लिलाम बढाबढ बोलकबोल गरेको नभई लिलाम बढाबढमा सबैभन्दा बढी अंक हाँक ७३,०००। डाँक बोली नेपाल बैंक भैरहवा शाखाबाट वादीको घर जग्गा मेरो नाममा डाँक खतम भई सहिछाप गरी सकेपछि फिरादीले उजूर दिएकोले निधो नआएसम्म लिलाम रकमको दशप्रतिशतले रु.७३,०००। मैले बैङ्कको धरौटी खातामा जम्मा गरी प्रतिक्षामा बसेको छु भन्ने समेत पूर्णसिंह ठाकुरको प्रतिउत्तर रहेछ । ४. बैंकलाई सुरक्षा बापत लेखी आएको सम्पत्ति बैङ्कले आफ्नो लिनु बाँकी बापत बिक्री गरेको बदर गराउन नालिश गर्न पाउने आधार र अघिका फिरादमा वादीले कतै पनि देखाउन नसकेको बैङ्कलाई कर्जा दिन बाँकी छैन भन्न नसकेको समेत हुँदा फिराद खारेज हुनु पर्छ भन्ने समेत ने.बै.लि.भैरहवा शाखाका केदारबहादुर समेत जना ४ को संयुक्त प्रतिउत्तर । ५. कर्जा बापत लेखिदिएको जेथा रीतपूर्वक लिलाम गरेकोलाई बदर गराउन पाउने अधिकार वादीले देखाउन नसकेकोले उजूर खारेज हुनपुपर्छ भन्ने समेत गोविन्दराज श्रेष्ठको प्रतिउत्तर । ६. बैङ्कलाई तिर्न बुझाउन बाँकी छ