निर्णय नं. १८९० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८९० - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/०६ २६७४ निर्णय नं. १८९० ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको फौ.सा.नं. २५ मुद्दा : कर्तव्य ज्यान वादी : धनसरी मगर्नीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रतिवादी : बाग्लुङ जिल्ला अजैया गा.पं.बस्ने यमबहादुर नायक क्षेत्रीय फैसला भएको मिति : २०४१।१।६।४ मा § चस्मदिद गवाहको अभावमा केवल शंकाको आधारमा अभियुक्तलाई अपराधी भन्न न्यायसंगत हुँदैन । (प्रकरण नं. १८) वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी तर्फबाट : वैतनिक विद्वान अधिवक्ता श्री शिवराज अधिकारी उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर साधक निकासाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. मेरी ४९ वर्षकी सासू विष्णु थापा मगर्नी २०२७।१०।२२ गते खर्कुवा वार्ड नं. ५ बस्ने नरबहादुर थापा मगरको घरमा विवाहको निम्तोमा गई कुन बेला घर आइन थाहा भएन । भोलिपल्ट ११ बजे धनबहादुर घर्तिले भैंसी कराई रहेको हुँदा गई ढोका बाहिबाट हेर्दा पल्टेको देखेर कर्णबहादुरलाई बोलाई हेर्दा निज विष्णु मरेकी छन् भनी हल्ला हुँदा म माइतमा भएकोले त्यहाँ गई तिम्रो सासू मरेकी छन् भनी दानबहादुर बोलाउन आएबाट थाहा पाई घरमा गई हेर्दा निज सासू मरेको देखेँ । नाकको देब्रे प्वालबाट रगत बगेको दाहिनेमा लामा निल घाउ परेको, घाँटीमा डोरीले बाँधेको जस्तो रेखा बसेको थियो । सोही रात बिहानीपख यमबहादुर र सासू झगडा गरी गएका छन् भनी पवित्रा मगर्नीले भनेको हुँदा निजकै कर्तव्यबाट सासू विष्णुको मृत्यु भएको शंका लाग्छ कानून बमोजिम होस् भन्ने समेत धनसरा मगर्नीको जाहेरी दरखास्त । ३. घाँटीमा सानो घाउको दाग, नाकको दुवै प्वालबाट रगत बगेको चिउडो मुनी सानो घाउ, नाक, दाहिने घाँटीमा २ इन्ची लामो डोरीको दाग बायाँ कानको लोती केही च्यातिएको गुदद्वाराबाट केही दिशा निस्किएको भन्ने समेत २०२७।१०।२९ को लास प्रकृति मुचुल्का । ४. घाँटी अठ्याएको कारणबाट मृत्यु भएको हुन सक्छ भन्ने समेत २०२७।१०।२९ को लास जाँच प्रतिवेदन । ५. निज विष्णु थापा मगर्नीको धन सम्पत्तिको लालचले एकान्त पारी सो माघ २२ गते राति यमबहादुरले कर्तव्य गरी मारेको हुनुपर्छ धनबहादुरले बोलाएबाट हेर्न जाँदा घाँटीमा डाम र लास नजिकै डोरी पनि थियो । नाकबाट रगत आएको भन्ने समेत २०२८।४।२६ को सरजमीन मुचुल्का । ६. दरखास्तवाला र बुझिएका सरजमीनका मानिसहरूकै समेत यमबहादुर नायक सुडीले धनको लालचले गर्दा कोही नभएको मौका पारी मारी भागेको भनी तथ्य साथ पूर्ण शंका देखाएकोले निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ७. प्रतिवादी यमबहादुर प्रहरी देखि फरार भई वारेण्ट र ७० दिने म्यादी पूर्जिको म्यादमा समेत हाजिर हुन नआई गुजारी बसेको । ८. प्र.यमबहादुरको अंश रोक्का भई रोक्का मुचुल्का सामेल रहेको । ९. प्रस्तुत मुद्दा अ.बं.१९० नं. बमोजिमको म्यादसम्म मुलतवी रही २०३७।४।७ मा मुलतवीबाट जगाई दायरीमा दर्ता भएको रहेछ । १०. मेरो घरमा प्र.यमबहादुर र विष्णु मगर्नीको भनाभन झगडा भएको र त्यसको भोलिपल्ट मरेकी हुँदा निज यम बहादुरकै कर्तव्यबाट मरेकोमा शंका लाग्छ । आँखाले नदेखेको हुँदा यकीन गर्न सक्दिन र अरू प्रति शंका पनि ला