निर्णय नं. १८९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/०१/१० २४५५ निर्णय नं. १८९१ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. ८१३ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : ल.पु.जि. न.पं. वार्ड नं. १६ क्बालखु बस्ने चन्द्रलाल राजभण्डारी मरी मु.स.गर्ने ऐ ऐ बस्ने हरिहरलाल राजभण्डारी विरूद्ध विपक्षी : जग्गा (नापजाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत गठित समिति मार्फत जिल्ला कार्यालय ललितपुर ल.पु.जि. न.पं. वार्ड नं. १६ मणिमण्डप महावीहार बस्ने पञ्चराज शाक्य ल.पु.न.पं. वार्ड नं. १६ क्वालखु बस्ने हरिमान अमात्य आदेश भएको मिति : २०४१।१।१०।१ मा § तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएकोमा जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्वरप्रसाद सिलवाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य र विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार छ । २. जग्गा नापजाँच हुँदा निवेदकको घर कि.नं. ७२७ बाट ढोका बाटो कि.नं. ७२८ बाट नापी भएको चोकको हकमा चोक जनिई कि.नं. ७२६ बाट नापी भएको कि.नं. ७२७ को फिल्ड कैफियत महलमा यो घरको पश्चिम तर्फको पेटीबाट कि.नं. ७२५ को घरमा जाने बाटो भनी जनिएको रहेछ । ७२५ नं. को घर विपक्षी हरिमानको हो । कि.नं. ७२७ को घर र कि.नं. ७२८ ढोकाबाटो मेरो कायम गरिपाउँ कि.नं. ७२६ को चोक कि.नं. ७२५ को घर बाबा हरीमानको र मेरो मात्र साझा कायम गरिपाउँ कि.नं. ७२७ को मेरो घरको पेटीबाट कि.नं. ७२५ घरमा जाने बाटो भनी कैफियतमा जनिएको व्यहोरा हटाई संशोधन गरिपाउँ भन्ने मेरो उजूरीमा विपक्षी समितिबाट कि.नं. ७२६, ७२७, ७२८ समेतसँग सम्बन्धित कारवाईमा सरजमीन बुझ्दा कि.नं. ७२७ को कैफियतमा यस घरको पश्चिम तर्फको पेटीबाट कि.नं. ७२५ को घर जाने बाटो पर्छ भन्ने उल्लेख भएको ठीकै देखिएको, कि.नं. ७२८ को बाटोमा कि.नं. ७२७ को पेटी थप पेटी कायम गरी दिने कि.नं. ७२६ साझा चोक कायम गर्ने निर्णय भयो । ३. जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) बमोजिम गठित विपक्षी समितिलाई दुई वा दुई भन्दा बढी व्यक्तिहरूका बीच हक बेहक तथा तेरो मेरो विवाद उठेकोमा त्यस्तो निर्णय गर्न पाउने अधिकार दिएको देखिँदैन । चोक पेटी र ढोका बाटो सम्बन्धमा ३ थरीका ३ कुराको दावी जिकिर भई तेरो मेरोको प्रश्न उपस्थित भएको मिसिल कागजबाट देख्दा देख्दै सो कुराको निम्टाराको लागि अदालतमा जानु भनी नसुनाई विपक्षी समितिबाट निर्णय गर्नु अनधिकृत तथा अधिकार क्षेत्रात्मक त्रुटि हुँदा संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी विपक्षी समितिको ०३९।१।१७ को निर्णय बदर गरिपाउँ भन्ने निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने यसै अदालत सिङ्गलबेञ्चको ०३९।५।२ को आदेश । ५. परम्परा देखि भोग चलन गरी आएको दर्ता र तिरो नभएको जग्गा भनी दर्ता गराउन निवेदन परेपछि नापी टोलीबाट विधिवत २१ दिने सूचना प्रकाशित गरी सूचनामा पर