निर्णय नं. १८९२ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८९२ - ज्यान भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :२०४०/१२/१३ २३६७ निर्णय नं. १८९२ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको फौ.पु.नं. २३६ सम्वत् २०४० सालको फौ.सा.नं. १५७ मुद्दा : ज्यान पुनरावेदक/वादी : महेन्द्रप्रसाद कायस्थको जाहेरीले वादी श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. सर्लाही धनर्कोली गा.पं. वडा नं. ८ बस्ने भोला सहनी मलाहसमेत फैसला भएको मिति : २०४०।१२।१३।२ मा § प्रहरीमा भएको कागजलाई आधार लिएर दोषी ठहराउन युक्तिसंगत नदेखिने । (प्रकरण नं. १९) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३८।८।२४ को फैसला उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी र साधकको लगतमा दर्ता समेत भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो जेठा बाबुको छोरा दाई जि. ख.धनर्कोल बस्ने नागेश्वर कायस्थलाई घर जहान छोराछोरी नभएको अवस्थामा २०३२।६।२३ गते राति नामालुम कसले हो कर्तव्य गरी मारेछ । अपराधी पत्ता लगाई कानून बमोजिम गरिपाउँ भने समेतको ०३२।६।१५ को महेन्द्र प्रसादको जाहेरी दरखास्त । ३. जि. सर्लाही धनर्कोलो गा.पं. वार्ड नं. १ मा पूर्व रामदेवको जमीन, पश्चिम नारायणको जमीन, उत्तर सडक देखिन रामनारायणकै जमीन भएको घर भित्र पश्चिम टाउको पूर्व गोडा पारी आधा शरीरमा धोती बेरिएको दायाँ आँखा बाहिर निस्की नानी देखिएको जिभ्रो बाहिर निकालेको दायाँ पट्टी घाँटीमा देखिने जति घातक हतियारले काटेको रूद्रघण्टी र खाने आन्द्रा छिनिएको भने समेतको ०३२।६।१६ को लास प्रकृति मुचुल्का । ४. नागेश्वरले जग्गा बेच्न खोज्दा मलाई दिनु होस भनेकोमा नदिई गुलामलाई दिन लागेकोले सोही रिस इबीबाट सिताराम समेतसँग राय सल्लाह लिई सालो भोला सहनीलाई बोलाई ०३२।६।१३ गते राति १२।१ बजेको समयमा छोरा रामचन्द्र, सालो भोला सिताराम राय भई नागेश्वरलाई मारेका हौं । सितारामले मुख बन्द गरे मैले हात समाते बाबु भुनीले खुट्टा समाते मामा भोलाले खुकुरीले काटी मारी सकेपछि भागेका हौं भन्ने समेतको रामचन्द्र मलाहको प्रहरीमा भएको कागज । ५. गुलामलाई जग्गा दिन लाग्यो भन्ने सम्बन्धमा मुनी र रामचन्द्रको रिस इबी थियो । निजहरू र निजहरूले बताई लेखाई दिएका भोला सहनी, सिताराम राय, रूदल सहनी, अनुवा अहिर, सुरेश सिंह राजपूत समेत भई नागेश्वरलाई कर्तव्य गरी मारेका हुन भन्ने पूर्ण विश्वास छ भन्ने समेतको सरजमीन मुचुल्का । ६. ०३२।६।१३ गते म घर नभई श्रीमती लिन ससुराल दरभंगा गएको हुँदा नागेश्वरलाई मार्न म शरीक छैन भन्ने समेतको शुरेससिंह राजपूतको प्रहरीमा भएको कागज । ७. भोला सहनी मलाहलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम र सिताराम राय, भुनी सहनी र रामचन्द्र सहनीलाई सोही ऐनको १३ (५) नं. बमोजिम सजाय हुन र अनुवा अहिर, रूदल सहनी, सुरेशसिंह राजपूतलाई सोही ऐनको १६ नं. अनुसार सजाय हुन मिसिल पेश गरेका छौ भन्ने समेतको प्रहरी प्रतिवेदन दावी । ८. मृतक नागेश्वरसँग मैले जग्गा लिने कुरा गरेको छैन । वारदातका दिन रामचन्द्र बाहेक अरूसँग भेट भएको छैन । नागेश्वरललाई मैले कर्तव्य गरी मारेको होइन । कसले मार्यो थाहा छैन सकार नगरे फस्छौ भनी प्रहरीले भन्दा मारेको ह