निर्णय नं. १८९३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८९३ - अंश भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/०५ ३१६५ निर्णय नं. १८९३ ने.का.प. २०४१ अङ्क २ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको दे.फु.नं. ३४ मुद्दा : अंश निवेदिका/वादी : का.जि. का.न.पं. वा.नं. २२ बस्ने देवकुमारी पाण्डे विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने काशिराम पाण्डे ऐ ऐ घर भै हाल का.जि. लाजिम्पाट बस्ने प्रयागराज पाण्डे मिन राज पाण्डेको मु. स. गर्ने ताराकुमारी पाण्डेको मु. स. गर्ने का.जि. का.न.पं. वा.नं. १ ज्ञानेश्वर बस्ने विश्वराज पाण्डे फैसला भएको मिति : २०४१।२।५।६ मा § प्रतिवादीबाट जाहेर भएको स्थितिमा वादीबाट दिइएको तायदातीमा उल्लेख नहुँदैमा प्रतिवादीको उजूरबाट देखिएको सम्पत्ति बण्डा नहुने भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. २५) § मानो छुट्टिएको मितिभन्दा अघिको सगोलको पैतृक सम्पत्ति बण्डा नहुने भन्न मिलेन । (प्रकरण नं. २७) निवेदिका वादी तर्फबाट : विद्वान अधिवक्ताद्वय श्री गणेशराज शर्मा र श्री गुरूप्रसाद बराल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री हीराप्रसाद जोशी र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ट अधिबक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिबक्ता श्री सुधानाथ पन्त फैसला न्या. पृथ्वीबहादुर सिंह : सर्वोच्च अदालत फुल बेञ्चको ०३७।९।५ को निर्णय उपर निवेदिकाको श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्र त्यस अदालतको फुल बेञ्चबाट निर्णय भएको अंश मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने मौसुफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमांगी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. शसुरा पद्मराजको छोरा जेठा टिकाराज, माहिला मिनराज, साहिला सुब्बा लिलाराज, काइला मि.सु.काशिराज र कान्छा प्रयागराज समेत ५ भाइ भएकोमा जेठा टिकाराजका दुई श्रीमती मध्ये जेठी ओमकुमारी र कान्छी म देवकुमारी हुँ । पतिदेव ८९ सालमा ससुरा ०७ सालमा देवर लिलाराज ०८ साल चैत्रमा परलोक भई निज देवरको घरको मुख्य भई व्यवहार गर्ने फणिन्देश्वरी खिचापोखरी घर मै छन् । छोरा ज्वालाराज अध्ययनमा गई रहेका र ०१८ सालमा सौता दिदी पनि परलोक भई कोही देवर अड्डा अड्डामा जागिरे र कोही मधेश मौजामा आ–आफ्नो जहान परिवारको संरक्षण गरिरहे बसेबाट मलाई खान लाउन दान पुण्य गर्न समेत नदिई हेला गरेकोले जो भएको जग्गा जमीन चल अचल समेत रीतपूर्वक बण्डा गरी दिनुहोस् भनी काठमाडौंमा रहनुभएका देवर प्रयागराजसँग भन्दा सल्लाह गरी जो गर्नुपर्ने गरौंला भनेको र विराटनगर रहेका देवरले पनि त्यसै भनी पठाउनु भएकोले छुट्टै खाने बस्ने गरी आएकोमा छोराको बिहे गर्न माहिला देवर मिनराज यही साल आषाढमा काठमाडौं आउनुभएको बखत अब बण्डा गरीदनोस् भन्दा नदिएकोले हैसियत र इज्जत अनुसार मुद्दा किनारा नभएसम्म नोकर समेत राखी खान लाउन र दान पुण्य गर्न समेत मुद्दा दर्ता भएको मितिदेखि मासिक रु.५००।– का दरले दिलाउने बन्दोवस्त गरी निजहरूबाट २०२१।३।३ गते मानो छुट्टिएको हुँदा सो को अघिल्ला दिनसम्मको चल अचलको तायदाती लिई ५ खण्डको १ खण्ड अंश