निर्णय नं. ८८८७ - लिखत बदर दर्ता बदर, दर्ता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८८७ - लिखत बदर दर्ता बदर, दर्ता कायम भाग: ५४ साल: २०६९ महिना: पौस अंक: ९ फैसला मिति :२०६९/०४/१६ ५७४० ने.का.प. २०६९, अङ्क ९ निर्णय नं. ८८८७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री भरतराज उप्रेती २०६१ सालको दे.पु.नं. ८५९४ फैसला मितिः २०६९।४।१६।३ मुद्दाः लिखत बदर दर्ता बदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः सप्तरी जिल्ला हरिहरपुर गा.वि.स. वडा न. ३ बस्ने चन्दीदेवी यादव समेत विरुद्ध प्रत्यर्थी वादीः सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ९ बस्ने गोविन्दराम रुंगटा समेत शुरू फैसला गर्नेः– मा.न्या.श्री चण्डिराज ढकाल पुनरावेदन फैसला गर्नेः– मा.न्या. श्री लक्ष्मणमणि रिसाल मा.न्या. श्री मोहनप्रसाद घिमिरे § एउटै जग्गाको विषयमा लिखत बदर मुद्दा र जालसाजी मुद्दा दायर भई लगाउमा रहेको अवस्थामा दुवै मुद्दाहरूलाई निरपेक्षरूपमा छुट्याएर बिलकुलै भिन्नभिन्न रूपमा हेर्न मिल्ने हुँदैन । लिखत बदर मुद्दा र जालसाजी मुद्दाको प्रकृति र प्रयोजन केही हदसम्म छुट्टाछुट्टै हुने भए तापनि दुवै मुद्दाहरू एउटै कार्य कारण वा जरियाबाट खडा भएका हुँदा दुवै मुद्दाहरू परस्पर सम्बन्धित र अन्तरप्रभावी हुने । § लगाउमा रहेको कुनै मुद्दामा मुद्दाको तथ्यको आधारमा लिखत बदर हुनु र जालसाजी नठहर्नु स्वाभाविक र अर्थपूर्ण नै हुनसक्ने हुन्छ । तर कुनै मुद्दामा जालसाजी ठहर्नु तर लिखत चाहिँ बदर नहुनु प्रयोजनहीन र निरर्थक हुनजाने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रामकृष्ण गौतम प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामचन्द्र सुवेदी अवलम्बित नजीरः सम्बद्ध कानूनः § लेनदेन व्यवहारको १० नं. फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत राजविराजको मिति २०६०।८।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः– मूलपुर्खा म गोविन्दराम रुगटा भई गोविन्दरामको एक मात्र श्रीमती म भागीरथीदेवी हुँ । गोविन्दराम रुगँटाको तीन छोरा जेठा प्रतिवादी रमेशकुमार, माहिला म वादी आनन्दकुमार, कान्छा म वादी राजेन्द्रकुमार भै रमेशकुमारको एक मात्र भार्या म वादी परमिलादेवी भै एकमात्र छोरा म वादी मनिषकुमार रुँगटा हुँ । यसरी हामीहरू बीच पिता माता दाजु पति, पिताको नाता सम्बन्ध छ । हामी वादी प्रतिवादीहरू साझा सगोलमा रहँदा बस्दा रमेशकुमारसँग मिति २०५४।१०।१५ देखि हाम्रो वैमनश्यता भइरहेको र घरको मुख्य म वादी गोविन्दराम र भागीरथी देवी हुँ । हामीहरूको अंश हक मेट्ने तथा व्यक्तिगत खर्चको लागि विपक्षीहरूसँग कीर्ते जालसाज गरी हामीलाई थाहा जानकारी नदिई रमेशकुमार रुगटा नाउँ दर्ताको जिल्ला सप्तरी गा.वि.स. हरिहरपुर वार्ड नं. ३(ग) कि.नं. ४१ को ०–१२–१४ मध्ये पश्चिमतर्फबाट ०–६–७ जग्गा मिति २०५४।११।१२ मा थैली रु. २०,०००।– देखाई प्रतिवादी सीयावतीलाई र सो कि.नं. ४१ मध्येको पूर्वतर्फबाट ०–६–७ प्रतिवादी चन्दी र रामकुमारलाई राजीनामा लिखत रजिष्ट्रेशन गरी दिएकोमा सो कुरा तत्काल थाहा नभै मिति २०५६।८।१९ मा थाहा भएकोले जालसाजतर्फ नालेस गरिसकेका छौं । साक्षी प्रमाण बुझी दिने रमेशकुमार लिने चन्दीदेवी र रामकुमार भएको र.नं. ४०८९ मिति २०५४।११।१२ मा पारीत भएको जालसाजीपूर्ण लिखत बदर गरी सो लिखतको आधारमा विपक्षी चन्दीदेवी र रामकुमारले गराएको हरिहरपुर वार्ड नं. ३(ग) कि.नं. १५५ को ०–६–७