निर्णय नं. १८९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/३० २१८५ निर्णय नं. १८९४ ने.का.प. २०४१ अङ्क २ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा आदेश भएको मिति : २०४१।२।३०।३ मा विषय : उत्प्रेषण निवेदक : सुनवल गा.पं. वा.नं. १ बस्ने डिल्ली कुँवर जोगी विरूद्ध विपक्षी : ऐ ऐ सुनवल गा.पं. वा.नं. १ बस्ने धर्मकुमारी उपाध्याय सम्वत् २०३९ सालको रि.फु.नं. ३० § ऐनले निर्दिष्ट गरेको अवस्था बाहेक मोहीको हक समाप्त गर्न पाउने अधिकार ऐनले जग्गाधनीलाई कतै प्रदान गरेको नदेखिने । (प्रकरण नं. १४) निवेदिका तर्फबाट : विद्वान अ.श्री जगन्नाथ पौडेल र विद्वान सरकारी अ.श्री बलिराम कुमार विपक्षी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री दमन ढुंगाना र श्री प्रकाशमान सिंह राउत उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भू.सु.का.नवलपरासीको मोहियानी नामसारी गरी दिएको निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ भनी सर्वोच्च अदालतले मिति ०३८।११।५ मा गरेको आदेशबाट चित्त नबुझेकोले निवेदिका डल्ली कुँवर जोगीले विशेष जाहेरी विभाग राजदरवार मार्फत श्री ५ महाराजाधिराज सरकारको जुनाफमा निवेदन पत्र चढाउँदा व्यहोरा साँचो भए डिभिजन बेञ्चबाट मिति ०३८।११।५ मा छिनिएको उत्प्रेषणको मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने हु.प्र.बक्स भई आए अनुसार यस फुल बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिटको निवेदन संक्षिप्त विवरण निम्न प्रकारको छ : २. जि. नवलपरासी सुनवल गा.पं. वार्ड नं. १क.अन्तर्गत कि.नं. ४९ को क्षेत्रफल २–१३–५ जग्गाको म निवेदिका जग्गाधनी हुँ । शुरूमा उक्त जग्गा विपक्षी डल्ली कुँवर जोगीका पती श्यामलाल कुँवर जोगीले कमाई आएकोमा निज २०२६ सालमा परलोक भएपछि जग्गा कसैले नकमाई बाँझो रही तत्कालीन प्रधानपञ्च र गण्यमान्य व्यक्तिको सल्लाह अनुसार त्यसपछि गत १२ वर्षदेखि अटूट नै म निवेदिकाले नै जोत कमोद गरी आएको छु । विपक्षीसँग एकै वर्षको रसिद नभएको र रसिद नदिएको भनी उजूर नपरेको समेतबाट जग्गामा विपक्षीले खेती नगरेको समर्थित छ । यसरी गत १२ वर्षदेखि मेरो अटूट जोत परिश्रममा रहेको जग्गामा मोही लगत कट्टा नभएको चाल पाई अन्य खाने दाउ भएका मानिसहरूले उचालेको भरमा मौका छोपी विपक्षीले सम्बन्धित कार्यालयबाट स्वर्गीय लोग्नेको नाउँबाट मोहियानी हक नामसारी गरिपाउँ भनी निवेदन दिनुभएको रहेछ । उक्त निवेदनको व्यहोराबाट समेत निजले जग्गा नजोतेको स्वीकार गरेको निर्विवाद छ । विपक्षीको निवेदन परेपछि विपक्षी कार्यालयले मलाई बुझ्दा जग्गा जोत्न छोडेको १२ वर्ष पछि नामसारी गराउन पाउने हैनन् मञ्जूर छैन प्रमाण बुझी पाउँ भनी मेरो तर्फबाट बयान भएकोमा तदनुरूप आदेशानुसार सरजमीन गराउँदा सरजमीनका अत्याधिक व्यक्तिले मेरै जिकिर समर्थन गरेकोमा बुझी सकेको प्रमाणलाई न्यायिक दृष्टिमा नै नलिई प्रमाण छाडी मोहियानी हक भूमिसम्बन्धी ऐनको दफा २६(१) बमोजिम नामसारी गरी दिने ठहर्छ भनी मिति २०३७।१०।१५।४ मा विपक्षी भूमिसुधार कार्यालय सुनसरीबाट निर्णय भएको रहेछ । ३. जिकिर : भूमिसम्बन्धी ऐन, २०२१ को नियमावली अन्तर्गत नियम ३, ६, ७, ९ को सम्पूर्ण पूर्वास्था पूरा भएमा मात्र मोही हुने हो । विपक्षी मोही होइन भन्ने जग्गाधनीतर्फबाट आपत्ति गरिएकोमा त्यसको प्रमाण नखुलाइकनै निर्णय भएको छ जुन उल्लिखित ऐनका अतिरिक्त अ.बं.१८