निर्णय नं. १८९६ - उत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८९६ - उत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०२/१९ २१३१ निर्णय नं. १८९६ ने.का.प. २०४१ अङ्क २ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रि.फू.नं. ३४ विषय : उत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : का.जि. बागबजार का.न.पं. वडा नं. ३१ बस्ने भक्त खड्गी विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय काठमाडौंका का.मु.भूमिसुधार अधिकारी का.जि. बागबजार का.न.पं. वडा न ३१ बस्ने चम्पा नकर्मी आदेश भएको मिति : २०४१।२।१९।६ मा § सृजित विवादकै आधारबाट कसैको कुनै हकमा आघात पर्ने रहेछ भने सबूत प्रमाणको मूल्याङ्कन गरी निरोपण गर्ने विषय हो भनी पीडित पक्षलाई अदालतले उपचार प्रदान नगर्ने भन्न पनि उचित नहुने । (प्रकरण नं. २५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधार र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदन डिभिजन बेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरूमा मतैक्य नभई “सर्वोच्च अदालत नियमावली, २०२१” को नियम ३३(क) अनुसार फुल बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. परापूर्वकालदेखि गुठीको मोहियानी मैले प्राप्त गरी आएको मेरो नाउँ मोहीमा दर्ता हुनु पर्नेमा नापी हुँदा विपक्षीको नाउँमा नापी गराएकोले मेरो साविक नापीको कि.नं. ३८३ को हाल नापीमा कि.नं. ८४० भएको छ । सो कित्ता विपक्षीको नाउँबाट बदर गरी मेरो नाउँमा मोहियामा दर्ता गरिपाउँ भनी निवेदक भक्त खड्गीले विपक्षी चम्पा नकर्मी उपर दिएको जोत कायम गरिपाउँ भन्ने मुद्दामा वादीले २०३६ साल मार्ग १७ गतेको तारेख गुजारी बसी थमाउने म्याद समेत नभएकोले अ.बं.१८५(क) नं. बमोजिम वादीको दावी प्रतिवादीले पूरा तवरले स्वीकार नगरेको र सो जग्गाको हक पुगेको भनी ०१६।६।२ गते पारित गरी लिएको लिखत र नापी हुँदा सो जग्गा गुठी संस्थान अधिनस्थ तिरो तिरेको रसिद लगत नं. ६१२ को मोहियानीबाट समेत कि.नं. ८४० मा भिड्ने भनी दरपीठ गरेको रसिद पेश गरेकोले वादीको दावी डिसमिस हुने ठहर्छ भनी विपक्षी भू.सु.कार्यालय काठमाडौंबाट मिति ०३६।९।८ मा निर्णय भएको रहेछ । हाल कि.नं. ८४० मा विवाद उठाउने चम्पा नकर्मीको नाउँमा दर्ता गरेको ३ नं. नापी गोश्वाराको निर्णय पर्चा र दर्ता समेत बदर गरिपाउँ भन्ने मेरो दावी भएकोमा मेरो वा.शम्भुप्रसादलाई कारणी नै हाजिर गराउनु भनी तारेख तोकिदिएको । सो तारेख तोक्न मिल्ने थिएन तापनि निवेदक बिरामी परेबाट गुज्रेको तारेख थामी पाउँ भनी बिन्तिपत्र चढाएकोमा म्याद तारेख थामी दिनु भन्ने हुकुम प्रमांगी भूमिसुधार विभागको पत्रसाथ विपक्षी भू.सु.कार्यालयमा दाखिल भएको । १५ दिनभित्र हाजिर हुन जाँदा मुद्दा छिनियो भनी सुनाइयो । नक्कल सारी हेर्दा डिसमिस फैसला भएको रहेछ । कारणीलाई स्वयं उपस्थित हुनु भनी वारेसलाई तारेख तोक्नु अ.बं..६५(क) नं. को प्रतिकूल छ । तारेख थामी पाउँ भनी बिन्तिपत्र चढाएको विपक्षी भू.सु.का.लाई ०३६।८।२३ मा निवेदन दिइरहेको । तारेख थामिने हु