निर्णय नं. १८९७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८९७ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/०१/११ २३२७ निर्णय नं. १८९७ ने.का.प. २०४१ अङ्क २ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको फौ.पु.नं. ३२६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : नरमाया राईको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि. झापा तोपगाछी गा.पं. वा.नं. ५ बस्ने शेरबहादुर लिम्बु समेत फैसला भएको मिति : २०४१।१।११।२ मा § कसूर गरेको भनी भरपर्दो एवं शंकारहित तवरबाट प्रमाणित हुनसकेको पाइँदैन, यस स्थितिमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार बनाउन मिल्ने नदेखिने । (प्रकरण नं. ३५) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शुभाष नेम्वाङ उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादुर खत्री : पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।१०।१२ को निर्णय उपर श्री ५ को सरकारको पुनरावेदन परी यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३५।८।२३ गते हरिप्रसाद दाहाल १, उपमणी १, नाम नजानेको कान्छो तामाङ १, दलबहादुर गुरूङ १, धनबहादुर १, लक्ष्मीकान्त कोइराला १, नाम नजानेको डाँडे लिम्बु १, पहलमान गुरूङको कान्छो छोरा १, उपमणी खनालको हली २, बमप्रसाद थेवे १, कुलमान गिरी १, नाम नजानेको पुछारे लिम्बु १, अर्जुन खड्का १, गजेन्द्र श्रेष्ठ १, चुडामणी बराल १, इन्द्रबहादुर लिम्बु १, भक्तबहादुर १, शेरबहादुर राई १, पुछारे लिम्बुको हली समेत भई हुल बाँधी आई मेरो श्रीमानलाई बेलुका ५.३० बजे केरखा बजार गोसलाइनमा घेरा गर्दा शुरेस सिटौला भागी गएछन् मेरो श्रीमान भाग्न नपाउँदै कुटपिट गरे भन्ने कुरा मैले थाहा पाई गई हेर्दा कुटी वेहोस पारेको देखी उपचार निमित्त अस्पताल लिई जाँदाजाँदै दमक पुग्दा मृत्यु भएकोले दरखास्त दिन आएको छु भन्ने समेत व्यहोराको नरमायाको जाहेरी । ३. ०३५।८।२३ गते केरखा बजारमा शेरबहादुर राई समेत ११ जना भई अम्बरबहादुर र शुरेस सिटौलाले नचाहिँदो मुद्दा लगाई दुःख दिए आज यिनीहरूलाई कुट्नुपर्छ भन्ने सल्लाह भई शेरबहादुरले निउँ झिकी गोसलाइनको छेउमा घेरा हाली शेरबहादुर, कर्णबहादुर, बमप्रसादको हली नाम नजानेको तामाङ ३ जनाले खुकुरीले मर्ने अम्बरबहादुर राईलाई हाने काटे कसले हानेको चोट कहाँ कहाँ लाग्यो यकीन भन्न सक्तिन उक्त चित्रबहादुर, अर्जुन, लक्ष्मीकान्त, धनबहादुर, खगेन्द्र समेत ५ जनाको हातमा लाठी थियो । गजेन्द्रको साथमा खुकुरी थियो । दलबहादुरको हातमा केही थिएन । दलबहादुरले लातले हान्यो मैले सर्वप्रथम एक लात हानेको थिएँ गजेन्द्र श्रेष्ठले चोट छोडेन अम्बरबहादुर राईलाई शेरबहादुर, कर्णबहादुर बमप्रसादको हलीले खुकुरीले चोट छोडेपछि अम्बरबहादुर बेहोस भई लडे त्यसै बेला गाडी आएकोले हामी भाग्यौ भन्ने समेत व्यहोराको हरिप्रसादको प्रहरीमा बयान । ४. ०३५।८।२३ गते बेलुका अं.१७.३० बजेको समयमा म चित्रबहादुरको घरमा भात खान भनी जाँदा केरखा बजारको गोसलाइनमा शेरबहादुर, कर्णबहादुर, दलबहादुर समेत बसी कुरा गरिरहेका थिए भात खाई आउँदा शेरबहादुरले अम्बरबहादुरलाई मार्न आँटेको छ । तिमीहरू भाग भनेकोले अबाटोबाट गई अफिसमा सुत्यौं भन्ने समेत व्यहोराको अर्जुन खड्काको प्रहरीमा बयान। ५. अम्बरबहादुर राई कर्तव्यबाटै मरेको हो कर्तव्य गरी मार्न म संलग्न छैन । ०३५।८।२३ गते बेलु